१६ चैत्र २०८०, शुक्रबार

राज्यसत्ताको दोहन गर्नेहरुले जनयुद्धलाई बदनाम गर्न खोजेका छन: विप्लव

0

काठमाडौ / नेकपा महासचिव विप्लवले अहिलेसम्म राज्यसत्तामा बसेर अर्थतन्त्र दोहन गर्ने दलालहरुले दशबर्षे जनयुद्धलाई बदनाम र अपमान गरेक बताएका छन् । महासचिव विप्लवले एपी वान टेलिभिजनको एक अन्तर्वार्तामा बोल्दै संक्रमणकालीन न्यायका मुद्धाहरुलाई एकपक्षीय माओवादी विरुद्ध उचालेर राज्यको अर्थतन्त्र दोहन गरी मोजमस्ती गरेको बताएका छन् । 

महासचिव विप्लवले देशमा ठूला ठूला भ्रष्टाचारका मुद्धाहरुलाई लुकाउने र त्यसलाई ओझेलमा पार्ने कुत्सित उद्देश्यका साथ संक्रमणकालीन न्यायका मुद्धालाई उठाएर आफु चोखिन खोजेको बताएका छन् ।

उनले अहिले संक्रमणकालीन न्यायका लागी दर्ता भएका मुद्दा एक प्रतिशत मात्रै भएको भन्दै राज्यले निर्धन जनतामाथि गरेका क्रुर दमन र विभत्स हत्याहरुबारे मुद्दा लाखौं भएको बताए । उनले राज्यले यसबारेमा निहुँ खोजेर दमन गर्ने उद्देश्य लिएको बताउदै यी सबै खेल साम्राज्यवादी डिजाइनमा भएको बताएका छन् । 

महासचिव विप्लवले राज्यले हेपेर क्रान्तिकारीहरुलाई दमन गरे विद्रोह गर्ने बताउदै देशलाई कंगाल बनाउने भ्रष्टहरुबारे छानविन गरी उनीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।