१३ बैशाख २०८१, बिहीबार

नेकपा पश्चिम लुम्बिनीब्युरोद्वारा यूवामार्च अभियानको उध्घाटन

0

लुम्बिनी /नेपाल कम्युनिष्ट पार्टी पश्चिम लुम्विनी ब्यूराेले ऐतिहासिक जनआन्दाेलन दिवसकाे अवसर पारी जनभेटघाट तथा यूवा मार्च अभियान उद्घाटन गरेकाे छ।
शुक्रबार पुर्वी कपिलवस्तुकाे काेइली बनगाई बजारमा नारा जुलुस र बृहत् जनसभा सहित ३४ औं जनआन्दाेलन दिवसकाे अवसरमा जनभेटघाट तथा युवा मार्च अभियान उद्घाटन गरिएकाे नेपाल कम्युनिष्ट पार्टी पाेलिट व्युराे सदस्य तथा पश्चिम लुम्विनी व्यूराे इन्चार्ज सञ्जिब सीले बताएका छन् ।

जनभेटघाट तथा युवा मार्च अभियानकाे क्रममा व्युराे अन्तरगतका पाँच वटा जिल्लामा पुर्वी कपिलवस्तु , पश्चिम कपिलवस्तु, दाङ, प्यूठान र अर्घाखाँची लगायतका जिल्लाहरुमा सहिद परिवार , वेपत्ता परिवार , र घाइते अपाङ्ग याेद्वाहरुसंग सहकार्य , भेटघाट, र जनश्रममा जाेडिदै सहयाेग गर्ने , त्यस्तै लघुवितकाे ज्यादती र मिटर ब्याजेहरुकाे अवैध धन्दाकाे मारमा परेका पिडितहरुलाई गाेलवन्द गर्दै लघुवित र मिटर ब्याजेहरुलाई सामाजिक बहिष्कार अभियानकाे प्रमुख उद्वेश्य रहेकाे सम्व्त उनले बताए ।

त्यस्तै २०४६ साल चैत्र २४ काे ऐतिहासिक जनआन्दाेलन तथा जनताकाे तागतद्वारा कथित पञ्च्याती व्यवस्थाकाे अन्त्य गरिएकाे दिनलाई स्मरण गर्दै जनताले चाहेकाे नयाँ जनवादी व्यवस्था अझैं नआएकाे भन्दै नेता सञ्जीवले एकीकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटाेमा एकताबद्व हुन आम जनसमुदायलाई अनुराेध गरे ।

अभियान उद्घाटन कार्यक्रममा नेकपा बहुमतका कपिलवस्तु जिल्ला सदस्य गाैचरण यादव लगायत आधा दर्जन नेकपा बहुमतका जिल्ला तहका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेसी नेता कार्यकर्तालाई टीका लगाई व्युराे ईन्चार्ज सन्जिव सीले पार्टीमा स्वागत गरेका थिए ।

त्यस्तै कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय सचिव विश्लेषण सीले अभियानमा लामवद्व युवाहरुलाई लघुवित र मिटर ब्याजेहरुप्रति निर्मम हुन निर्देशन दिए । कार्यक्रमकाे सन्चालन नेकपा केन्द्रीय सदस्य हेमन्त सी र स्वागत मन्तव्य नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज सुनिल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।