६ बैशाख २०८१, बिहीबार

नेकपाले गुल्मीमा मनायो जनआन्दोलन दिवस

0

२५चैत, गुल्मी । नेकपा गुल्मीले ३४ औं जनआन्दोलन दिवस मनाएको छ । गुल्मीको धुर्कोट स्थित हाडहाडेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय प्रतिनिधि सदस्य एवं जिल्ला इन्चार्ज सुमन सीले जनआन्दोलनको सपना पुरा नभएको बताएका छन् । उनले चैत २४ अर्थात् पञ्चायत विरोधी जनआन्दोलनको चर्चा गर्दै जनआन्दोलन दिवस श्रमजीवी जनता जागेर विद्रोह गरेको र पञ्चहरुले हारेको दिन भएको बताए । 

उनले जनआन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै महान सहिदहरुको सपना र जनआन्दोलनको क्रान्तिकारी परम्परालाई पार्टीले एकीकृत जनक्रान्तिमार्फत् निरन्तरता दिने बताए । पार्टीका जिल्ला सचिवालय सदस्य भीषण सीले जनआन्दोलन दिवस मनाउनुको अर्थ क्रान्तिको बाँकी सपनाहरुलाई पुरा गर्नु रहेको बताए । उनले सहिदको सपना नयाँ क्रान्तिमार्फत् गरिने बताए । 

नेकपाले केन्द्रीय कार्यक्रम अन्तर्गत जिल्लाको धुर्कोटमा ३४ औं जनआन्दोलन दिवस मनाएको हो । नेकपाले हरेक बर्ष जनआन्दोलन दिवस मनाउदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।