७ बैशाख २०८१, शुक्रबार

बसिखाने वर्गका विरुद्ध अन्तिम क्रान्ति गर्नुपर्छ : शिलु सी

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा जनवर्गिय सँगठन फ्याक्सन इन्चार्ज शिलु सीले बसिखाने वर्गका विरुद्ध मजदुरले अन्तिम र निर्णायक क्रान्ति  गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँको हात्तिसारमामा सम्पन्न अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघ अन्तर्गतको पेशागत सँगठन अखिल नेपाल सेकुरेटी सँघको केन्द्रीय कमिटी बैठकमा सँगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशिक्षणको क्रममा यस्तो बताएका हुन् ।
  नेपालमा विकसित मजदुर आन्दोलनलाई रोक्न मजदुर र मालिक बिचको सम्बन्धलाई टाढा राख्न मालिकहरुले आफ्नो भाषा बोल्न प्रयोग गरिएका दलालहरु नै अहिले श्रमिकहरुको सहायक  प्रमुख दुश्मन भएकोले पहिला बिचका दलालहरुलाई परास्त गरेर अनि मात्र प्रधान दुश्मनलाई जाई नलाग्दासम्म श्रमिकले न्याय नपाउने भन्दै अब सँगठित हमलाको खाँचो रहेको उनको भनाई थियो ।
बैठकमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघले  १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसलाई उत्सवको रुपमा मनाउन गरेको सर्कुलरका आधारमा एक महिने सँगठन निर्माण र परिचालन गर्ने जनाइएको छ । नारायण तोलाङगीको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटी  बैठकमा पार्टी स्थायी कमिटी सदस्य शिलु सीको प्रमुख आतिथ्यता, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघका केन्द्रीय अध्यक्ष श्याम सी महासँघका  केन्द्रीय मनोज सी र हरि सीको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।