१४ बैशाख २०८१, शुक्रबार

मार्क्सवादी लेखक शोभा दुलाल सम्मानित

0

काठमाडौ / मार्क्सवादी लेखक तथा अखिल नेपाल लेखक संघकी अध्यक्ष शोभा दुलाललाई पुष्प-पराग साहित्य प्रतिष्ठानले पुरस्कृत तथा सम्मान गरेको छ । काठमाण्डौको बागबजार स्थित पद्मकन्या क्याम्पसको डेनिस सभाकक्षमा आयोजित एक कार्यक्रममा उनलाई तिलकुमारी खड्‌का’स्मृति पुरस्कारद्वारा सम्मान गरिएको हो ।

शनिवार अपरान्ह कार्यक्रमका प्रमुख अतिथि कृष्ण हरी बरालले सो सम्मान तथा पुरस्कार प्रदान गरेका हुन।

कार्यक्रममा वरिष्ठ गायकी हरिदेवी कोइराला, सत्यकला राई, शरदचन्द्र वस्ती सहित ६ जना विभिन्न विधाका स्रष्टाहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको हो ।

लेखक दुलालले यसघि इच्छुक स्मृति पुरस्कार र अभ्युत्थान स्मृति पुरस्कार पाइसकेकी छन्।

पदम दाहालसहितको तीन सदस्यीय छनौट समितिको सिफारिसमा सो पुरस्कार प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

सो कार्यक्रमको अध्यक्षता डा प्रदीप कुमार मैनाली र उद्‌घोषण भुवन सिवाकोटीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।