७ बैशाख २०८१, शुक्रबार

साँफेबगर वडा न३ का हेमराज कुँवरको निधनप्रति नेकपाद्वारा शोक व्यक्त

0

२५चैत्र, अछाम /नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले साफेबगर नगरपालिकाका हेमराज कुँवरको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो संवेदना प्रकट गरेको छ ।

सानपा ०३ शिद्धेश्वर बस्ने २६ बर्षिय हेमराज कुँवरको दुर्घटनामा परि काठमाडौंमा उपचारको क्रममा शनिबार बिहान दुखद निधन भएका कुवर प्रति एक शोकवक्तव्य जारी गर्दै शोक व्यक्त गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम सचिव निरक सीले शोक वक्तव्य जारी गर्दै चैत्र १९ गते जिल्लाको साफेबगर नगरपालिका वडा नं ०७ को रिडिकोटको वाड कार्यालय नजिकै अछामबाट कैलाली तर्फ जाँदै गरेको सु.प्र.प.००१ ख ३१५४ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुवँरको काठमाडौंमा उपचारको क्रममा शनिबार बिहान दुखद निधन भएको थियो ।

दुःखद निधन भएको खवरले निकै दुखित बनाएको भन्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोकसन्तप्त परिवारजनमा गहिरो संवेदना प्रकट गरेकोछ ।

यस्ता दुर्घटना दिनप्रतिदिन बढ्दै गैरहेकोप्रति सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दै उक्त दुर्घटनामा परि ज्यान गुमाएका पिडित परिवारलाई उचित राहत उपलब्ध गर्न गराउन समेत सम्बन्धित निकायलाई जोडदार माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।