१६ चैत्र २०८०, शुक्रबार

प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्याम पोख्रेल

0

रुपन्देही । प्रगतिशील पत्रकार संघको केन्द्रीय समिति अध्यक्षमा श्यामलाल पोख्रेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न संघको अधिवेशनले प्युठान घर भई हाल रुपन्देही निवासी पोखरेल अध्यक्ष बनेका हुन् ।

त्यसैगरी प्रकाश थापामगर महासचिव, विनोद पौडेल उपाध्यक्ष, ताराप्रसाद शर्मा सचिव, गोपाल प्रसाद भट्टराई सचिव, प्रज्ज्वल पहाडी कोषाध्यक्ष, महेश रिजाल सचिवालय सदस्य, नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरि किशोर महतो, टंक अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्कोटा सदस्यमा निर्वाचित भएका छन् ।

संघको वैकल्पिक सदस्यमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुल दीप न्यौपाने, ४ सदस्य रिक्त रहेका छन् ।

त्यसैगरी सल्लाहकारमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, वैरागी जेठा, शशि सापकोटा, ईश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य चयन भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।