चैत २६, कालिकोट । माल्काेटकाे विथलडाँडाकाे ऐतिहासिक शाहसीक महिला विद्रोहकाे सपना अझै पूरा नभएको विद्रोहमा प्रत्यक्ष सहभागी एक महिलाले बताएकी छन ।
विथलडाँडामा घर भएकी हाल ७० वर्षीय पुना बिकले आफू ४५ वर्षको हुदा २५ वर्ष अघि २०५४ चैत २६ गते विद्रोह भएको र त्यसको सपना अझै पुरा नभएको बताएकी हुन ।
उनले तत्कालीन सरकारका सुरक्षाकर्मी कुमालगाँउ इलाका प्रहरी कार्यालयबाट माओवादी खोज्न विथलडाँडा पुगेकाे र महिलामाथि गोलि हान्दा भीषण लडाइँ भएको स्मरण गरिन ।
हामिसङ्गको कुराकानीमा शाहसीक महिला योद्धा पुनाले जनदमन गर्न गाउँमा पुगेकाे प्रहरीले प्याउकला बिकको घर खानतलासी गर्दा उनलाई गोलि हाने पछि सबै गाउँका महिलाहरु जम्मा भएर जनदमन विरुद्ध विद्रोह गरेको बताइन् ।
उनले भनिन् “म धेरै कुरा त अहिले सम्झिन सक्दैनन् तर एउटा कुरा म कहिल्यै पनि बिर्सिन सक्दैन, त्यो भनेको मेरो शरीरमा प्रहरीले गोलि हानि रगतका धारा बगिरहेको थियो, मैले प्रहरीको हतियार सँग ढुंगामुढाले लखेट्दै उसको हतियार तानिरहेकाे थिए, त्यो बेला मेरो कुनै शरिरकाे प्रवाह थिएन ।”
घाइते पुनाले आफ्नो शरीरमा गोलीका छर्राहरू शरिरभरि अहिले पनि भएको र नेपाल कम्युनिस्ट पार्टीले उपचार गरिरहेको बताइन् ।
उनको बुझाइमा गोली लाग्दा पनि नदुखेको आफ्नो शरीर र मन क्रान्ति अलपत्र भएपछि दुखेको छ ।
घाइते पुनाले भनिन् “विथलडाँडाकाे महिला विद्रोह जनयुद्धको सामान्य घटना होइन, त्यो त महिलाको अधिकार सँग श्रमजीवी जनताको अधिकारको विद्रोह थियो, त्यो विद्रोहको सपना कुनै पनि मूल्यमा पूरा गर्नुपर्छ ।”
घाइते पुनाले घटनालाई थप स्मरण गर्दै महिलाहरू सबै मिलेर विथाेलडाँडा जनदमनमा उत्रिएका प्रहरीलाई लखेट्दै गर्दा श्रमजीवि जनताको अधिकार छिट्टै प्राप्त हुने साेचे पनि त्यो पुरा भएन, त्यो दुःखद कुरा हो भनिन् ।
उनले सशस्त्र प्रहरीसँग निशस्त्र महिलाहरूको लडाईमा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा एकजना पुरुष राईले बिक पाँचजना महिला गोरिकला बिक, पुना बिक, बिजया बिक, मन्सरा बिक र प्याउकला बिक गम्भीर घाइते भएको बताइन् ।
हाल घटनमा घाइतेहरू मध्य पुना बिक, मन्सरा बिक र बिजया बिक मात्र जीवित छन ।
घाइते पुनाले अहिले घर बाहिर भित्र सजिलै हिँडडुल गर्न नसक्ने अशक्त अवस्था भएको बताउँदै राज्यले विथलडाँडा विद्रोहका घाइते महिलाहरुलाई कुनै सम्मान नगरेको गुनासो गरिन ।
२५ वर्षसम्म घाउ दुखीरहेकाे छ, राज्यको मन दुखेको छैन, पुनाले भनिन् “अहिले जनयुद्धलाई नै अपराधिकरण युद्ध बनाउन खाेजिदैछ ।”
घाइते पुनाले जनयुद्धमा देखेको सपनाले महिलाहरुले ज्यानको बाजी राखेर आफ्नो अधिकार प्राप्तिको लागि विद्रोह गरेको सुनाउँदै यही विद्रोहको परिमाण नेपालमा अहिलेको परिवर्तन सम्भव भएको बताइन् ।
उनले याे परिवर्तनले सबै सपना पूरा नभएको भन्दै फेरि पनि सपना पूरा गर्न संघर्षमा लाग्ने पर्ने बताइन् ।