१६ चैत्र २०८०, शुक्रबार

स्टिफेन हकिङ: जीवनी र सिद्धान्त

0

गर्भावस्थाको अन्तिम क्षणमा पुगेकी रसोवेल हकिङ अक्सफोर्डका परिचित गल्लीहरूमा हिडिन् । जनवरीको जाडोले एक भिक्षुलाई गेरूले घेरे घेरेको थियो । केही दिन अगाडिमात्र उनी हाइगेटमा (Highgate) बमले लगभग ध्वस्त पारेको घर र श्रीमानलाई प्रयाङ्ग छोड़ी लन्डन हानिएकी थिइन् । वास्तवमा उनी बच्चा जन्माउन एउटा सुरक्षित स्थानको खोजीमा थिइन् । मान्छेहरू किन जर्मनीले अक्सफोर्ड र क्याम्ब्रिजमाथि बमबारी गरेन भनेर अचम्म मान्थे । के हिटलर यो ऐतिहासिक सहरलाई आफ्नो साम्राज्यको केन्द्रबिन्दु बनाउन चाहन्थे ? के चर्चिल र हिटलर बीच एकअर्काका विश्व विद्यालयमा आक्रमण नगर्ने भनेर गोप्य सहमति भएको थियो ?

कारण जे ने भए पनि अक्सफोर्ड इसोवेलको एउटा सुरक्षित शरण थियो । होटलमै बच्चा जन्म हने हो कि भन्ने डरले उनी हस्पिटलमै बस्न थालिन् । भएको केही समय प्रयोग गर्न उनी ब्ल्याकवेल्स (Blackwell’s) पुस्तक पसलमा पसिन् र केही समयपछाडि एउटा ज्योतिष विज्ञानसँग सम्बन्धित नक्सा काखीमा च्यापेर निस्किन् । उनलाई यो खरिद गर्दा ज्योतिषीय महत्वको बारेमा थाहा थिएन । उनको छोरो स्टिफेन सन् १९४२ को जनवरी ८ मा जन्मिए, ग्यालिलीको मृत्युको ठीक ३०० वर्ष पछाडि । ग्यालिलियोले हाम्रो खगोलसम्बन्धी बुझाइलाई परिवर्तित गरेजस्तै, स्टिफेन हकिङ पनि यो बुझाइलाई अझ फराकिलो पार्ने कर्म लिएर आएका थिए ।

इसोवेल हकिङ स्कटल्यान्डको ग्लसगोमा एउटा मध्यमवर्गीय डाक्टर र उनकी श्रीमतीको दोस्रो सन्तानको रूपमा जन्मिएकी थिइन् र त्यो परिवारमा उनीपछि अरू पाँच बच्चाहरू पनि जन्मिएका थिए ।

त्यस बेला महिलाले सामान्यतया उच्च शिक्षा नलिने चलन भए पनि उनको परिवारले इसोवेललाई अक्सफोर्ड विश्वविद्यालयमा भर्ना गरिदिए । अक्सफोर्डमा उनले अर्थशास्त्र, दर्शन र राजनीति पढिन् र स्नातकपछि उनले आयकर निरीक्षकको कामसहित थुप्रै असन्तोषजनक कामहरू गरिन । अन्त्यमा उनी डाक्टर अनुसन्धान
इन्स्टिच्युटको सचिव बनिन् । यो काम उनको योग्यताभन्दा कम स्तरको थियो । फ्राङ्क हकिङको योर्कसाइर (Yorkshire) को किसान परिवार एक समयमा निकै धनी थियो तर त्यो शताब्दीको सुरूका वर्षहरूमा त्यो सम्पन्नता हरायो ।

फ्राङ्कको हजुरबाले धेरै खेतहरू किनेका थिए । ती जग्गाहरू किन्दा लिएको ऋण तिर्न नसक्दा त्यो परिवारलाई कंगाल घोषित गरियो । त्यो जटिलतामा त्यो परिवारलाई
फ्राङ्ककी दूरदर्शी हजुरआमाले आफ्नो घरमा स्थापना गरेको स्कुलले धान्यो । फ्राङ्कका माता पिता वित्तिय रूपमा टाट थिए तर पनि छोराको शिक्षाको निम्ति भने पर्याप्त रकम छुट्याउन सकेका थिए । फ्राङकले अक्सफोर्डमा डाक्टरी पढे ।
स्वयंसेवीको भूमिका निर्वाह गर्ने उद्देश्यले फ्राङ्कले इंग्ल्याण्डसम्मको कठिन यात्रा पूरा १९३९ मा दोस्रो विश्वयुद्ध सुरू हुँदा उनी पूर्व अफ्रिकामा अनुसन्धानरत थिए । युद्धमा (Hampstead) को एक अनुसन्धान केन्द्रमा जागिर खाए । त्यहीं फ्राङ्क र गरे तर पनि उनलाई स्वयंसेवीको रूपमा नियुक्त गरिएन । त्यसैले उनले हाम्पस्टेड इसोबेलको भेट भयो र अन्त्यमा विवाह पनि ।

हकिङ परिवारको संख्या युद्धको दौरान बढ्यो । स्टिफेन जन्मिएको १७ महिनापछि मेरी र फिलिया (पाँच वर्षपछि) को जन्म भयो । मेरी स्टिफेनको उमेरको समीपताले यिनको बीच प्राकृतिक द्वन्द्व सिर्जना भयो । एउटा यस्तो द्वन्द्व जो वयस्क अवस्थामा जब दुवै जनाले फरक पेशा अंगाले तब मात्र खुकुलो भयो । स्टिफेन वैज्ञानिक बने र उनकी बहिनी मेरी डाक्टर । उनी आफ्नी बहिनीका राम्रा कुराहरूको प्रशंसा गर्थे । स्टिफेन एक साना, भद्दा केटा थिए । यिनले खेलकूद र हस्तलेखन (hand writing) मा कहिल्यै प्रगति गरेनन् । उनी आठ वर्षको नहुन्जेलसम्म पढ्न पनि जान्दैन थिए । उनलाई चाँडै स्कुल भर्ना गरिएकोले यस्तो भएको हो भन्ने गरिन्छ । स्कुलमा सिकाइने अभ्यास एवं स्मरण पद्धति जटिल भएको उनी गुनासो गर्थे ।

‘सनकी’ त्यो परिवारको नाम बनेको थिए । तर त्यो परिवार मान्छेहरूको वाचलतामा ध्यान दिँदैनथे । त्यो परिवारले एउटा सेकेन्ड हेन्ड कारमा यात्रा गरे, तल्लो तलामा मौरी पाले र जाडो मौसममा आगोको वरिपरि झुम्मिए । अग्ला र पृथक व्यक्तित्वका धनी फ्राङ्कको बोली भकभके थियो केटाकेटीहरूमा पनि बोलीको समस्या थियो, उनी कि त चाँच्चाँडो बोल्थे कि त बोल्दा बोल्दै अड्किन्थे । फ्राङ्कले केटाकेटीलाई अनुसन्धान गर्ने पद्धति र खगोल शास्त्रको सामान्य शिक्षा दिए र स्टिफेन यो ज्ञानलाई घरबाट भाग्ने र आउने काममा प्रयोग गर्थे । मेरी, जो उनकी मतियार थिइन्, ले स्टिफेन भाग्ने ११ वटा बाटोहरू मध्ये १० वटा बाटो मात्र फेला पारेको कुरा स्वीकारेकी थिइन् ।

स्टिफेनको एउटा काल्पनिक घर ड्रान नाम गरेको काल्पनिक ठाउँमा थियो । र, उनकी आमाले निरन्तर यसको खोजी गर्नबाट रोक्नुपर्थ्यो ।स्टिफेनले आफ्नो स्कुले जीवनको सुरूका केही महिना केटीहरूको एउटा विद्यालयमा बिताए । त्यस स्कुलमा अध्ययन गर्ने केटीहरूमध्ये एक थिइन् जेन वाइल्ड जसले निकै पछाडि स्टिफेनलाई, “सुनौलो कपाल भएको अर्को कोठामा बस्ने केटा,’ भनेर सम्झिएकी थिइन् । उनले स्कुले जीवनमा स्टिफेनलाई कहिल्यै नभेटे पनि उनले स्कुल पछिका दिनमा स्टिफेनको जीवनको अत्याधिक महत्वपूर्ण अंग हुनेवाला थिइन् । स्टिफेनलाई स्कुल भर्ना गरिएको जाडो मौसममा, फ्राङ्क अफ्रिका गएपछि, इसोबेलले केटाकेटीहरू लिएर मोजोरका टापुमा बस्ने आफ्नी साथीकोमा चार महिने छुट्टी मनाउने निधो गरिन् ।

छुट्टीबाट फर्किएपछि स्टिफेनले रेडलेट नाम गरेको एक निजी विद्यालयमा १ वर्ष अध्ययन गरेपछि उत्कृष्ट अंकमा १२ कक्षा पास गरे । यही परीक्षाको नतिजाले उनलाई सेन्ट अल्वान्स स्कुलमा पूर्णछात्रवृत्ति प्राप्त भयो । यतिन्जेलसम्म स्टिफेनले विज्ञानमा पेशा खोज्ने निर्णय गरिसकेका थिए । उनी घडी तथा रेडियो खोलेर अध्ययन गर्दथे तर बन्द गर्न जान्दैनथे । उनको उत्साह र जिज्ञासाकै कारण उनी वैज्ञानिक बनेका हुन् भन्न सकिन्छ । उनी भन्छन्, ‘म अझै पनि बालक छु र बढेको छैन । म अझै पनि किन र कसरी प्रश्नहरू सोध्ने गर्छु आफूलाई र प्रायः उत्तरहरू पनि पत्ता लगाउँछु ।” नयाँ स्कुलको एक वर्ष बितिसक्दा उनी पछाडिबाट तृतीय थिए तर पनि उनका साथी र शिक्षकहरूले उनको प्रखरतालाई पहिल्याइसकेका थिए ।

उनको स्तरमा सुधार हुँदै जाँदा साथीहरू उनलाई आइन्स्टाइन भन्थे । स्टिफेन छ / सात जनाको साथीको समूहले घेरिएर बस्थे, आफूलाई चाख भएका हुन्थे । यिनी र मित्र रोजरले एउटा अप्ठ्यारो प्रकारको खेलको निर्माणसम्म गरेका सम्पूर्ण विषयको बारेमा छलफल गर्थे । ती विषयहरू धर्मदेखि भौतिक विज्ञानसम्मका थिए । यिनीहरू घण्टौसम्म यही खेलमा मस्त रहन्थे । यो खेलको विशेषता के थियो भने उनको छुट्टै नियम एवं छुट्टै संसार थियो ।

उनका साथी माइकल चर्च भन्थे, “आफूले एउटा संसार निर्माण गर्नुका साथै त्यो संसार चलाउने नियम पनि बनाएका थिए । स्टिफेन १२ वर्षको हुँदा वासिल किङ नाम गरेको साथीले अर्को जोन नाम गरेको साथीसँग स्टिफेन मेधावी भएर निस्कन्छ भनेर एक झोला चकलेटको बाजी मारेका थिए । अवश्य पनि वासिलले बाजी जिते ।

फ्राङ्क हकिङ बेलायतको वर्ग संरचनाबारे पूर्णरूपमा सचेत थिए । यही वर्ग संरचनाको कारण आफू हेपिएको महसुस गर्थे उनी । उनी छोरा स्टिफेनलाई उत्कृष्ट शिक्षा दिन दृढ थिए ताकि स्टिफेन भविष्यका कठिनाइहरूलाई सामना गर्दै सफल बन्न सकून् । तर यसमा निकै चुनौतीहरू थिए । उच्च स्तरको शिक्षाको निम्ति रकम पनि उच्च तिर्नुपर्थ्यो । यसको अर्थ उनले चाहेको स्कुल (वेस्टमिनिस्टर) पठाउन छात्रवृत्तिबिना असम्भव थियो । त्यसैले १३ वर्षको उमेरमा स्टिफेन छात्रवृत्ति परीक्षाको निम्ति तयार भए ।

तर दुर्भाग्यवश बिरामी परेर त्यो परीक्षामा सामेल हुन सकेनन् र सेन्ट अल्वान्समा रहे । उनी सेन्ट अल्वान्समा रहनु परेको बाध्यताको बारेमा भन्छन्, “यहाँ बसेर मैले वेस्टमिनिस्टको भन्दा अब्बल शिक्षा प्राप्त गरे ।”
त्यो रोग जसले उनलाई छात्रवृत्तिको परीक्षामा सामेल हुनबाट रोक्यो रहस्यमय एवं निको नहुने प्रमाणित भयो । वास्तवमा यो रोग नै उनको शरीरलाई थला पार्ने डरलाग्दो रोगको शुरूवात थियो ।

जब स्टिफेन १४ वर्ष पुगे, फ्राङ्क र इसोबेलले इटवार्ड नाम गरेको एउटा केटोलाई धर्मपुत्र राखे । स्टिफेन र त्यो परिवारलाई चिन्ने सम्पूर्ण मान्छेले एडवर्ड त्यो परिवारका ठूला केटाकेटीहरूका निम्ति योग्य नभएको महसुस गरे पनि, स्टिफेन आफै स्वीकार्छन्, “सायद थप सदस्य (एडवर्ड) हाम्रा निम्ति राम्रो थियो । ऊ एकदमै अप्ठ्यारो केटो थियो, तैपनि उसलाई मन नपराइरहन सकिदैन थियो ।

कम्प्युटर र क्याम्पस

मित्रहरूको समूह जो स्टिफेन अत्याधिक मेधावी हुनसक्ने कुरामा विश्वास राख्थ्यो, किशोरावस्थामा दह्र थियो । जोनसँग मिलेर स्टिफेनले नमूना डुंगा र हवाईजहाज बनाएका थिए । स्टिफेन भन्छन्, मेरो उद्देश्य त्यस्ता नमूना बनाउनेमा हुन्थ्यो जसलाई म नियन्त्रण गर्न सक्थें । जब मैले विद्यावारिधी सुरू गरे, यो आवश्यकतालाई मेरो खगोलको अनुसन्धानले पूरा गर्यो । यदि तपाईं ब्रह्माण्ड कसरी चल्छ भन्ने कुराको भेउ पाउनुहुन्छ भने एक अर्थमा तपाईं यसलाई नियन्त्रण गर्नुहुन्छ ।’ उनीहरूले बुझन नसकिने (esoteric) विषयहरूको पनि खोजी गरे तर वैज्ञानिक दृष्टिले मात्र ।
|
सायद हकिङको समूहको सबैभन्दा ठूलो उपलब्धि भनेको उनीहरूले सन् १९५८ मा निर्माण गरेको आधारभूत कम्प्युटर थियो । यो कम्प्युटरको निर्माण घडी, रेडियो इत्यादिका सामानहरू निकालेर (scavenged) गरिएको थियो । यो कम्प्युटरको सहरभरि चर्चा भयो । उच्च शिक्षाको अन्त्यतिर यिनीहरूले त्यो कम्प्युटरलाई अझ परिस्कृत गरेका थिए । स्कुलमा आएको हिसाब विभागको प्रमुख शिक्षकले केहीवर्षपछि त्यसलाई रद्दीको टोकरीमा हुऱ्याइदियो ।

हाईस्कुल सकेपछि स्टिफेन हकिङ र उनका साथीहरू कुन कलेज पढ्ने र के विषय पढ्ने बारेमा विचारविमर्श गर्न थाले । यस बेलासम्म विज्ञान र गणित स्टिफेनको शौक बनिसकेको थियो । स्टिफेन पितालाई आदर्श मान्थे र पिताकै प्रयोगशालमा सूक्ष्मदर्शक यन्त्रको प्रयोग गर्थे । उनी वैज्ञानिक अनुसन्धानको क्षेत्रमा लाग्ने निश्चित थियो । तर विज्ञानको कुन हाँगो अगाल्ने भन्ने बारेमा दुविधा थियो उनको मनमा । उनी जीव विज्ञानलाई अति बेठीक, अति वर्णनात्मक ठान्थे भने भौतिक विज्ञानलाई सम्पूर्ण विज्ञानको आधार ठान्थे । त्यहाँ चेतनाको स्तरको पनि सवाल थियो, कम मेधावी विद्यार्थीले सामान्यतया जीव विज्ञान पढ्ने गर्थे भने उत्कृष्टहरूले भौतिक विज्ञान नै पढ्नुपर्छ भन्ने सामान्य मान्यता थियो ।

आफ्ना एक प्रेरणादायी शिक्षकको कारणले गणितमा उनको ठूलो लगाव बसिसकेको थियो । छोराले पहिल्याउन लागेको बाटो देखेर फ्राङ्क दुःखी भए किनकि त्यस बेला गणित पढ्नु भनेको बेरोजगारीको कठघरामा उभिनु हो भन्ने ठानिन्थ्यो । कुन क्याम्पस पढ्ने भन्ने अर्को जटिल सवाल त छँदै थियो । फ्राङ्कलाई छोरा अक्सफोर्डमा जाओस् भन्ने इच्छा थियो तर त्यहाँ गणितमा विशेष शिक्षाको व्यवस्था थिएन । अन्त्यमा स्टिफेन बाबुको इच्छा पूरा गर्न राजी भए । अक्सफोर्डमा भौतिक विज्ञान र रसायन विज्ञानको विशेष अध्ययन गर्नु पर्थ्यो र अलिअलि भए पनि गणितको अध्ययन । गणितको दक्षताको अभावले स्टिफेनलाई पछि निकै पिरोल्यो र उनले त्यो अभावलाई स्वाध्ययनले तीव्र रूपमा पूरा गरे
अक्सफोर्डको अध्ययन सस्तो थिएन त्यसैले स्टिफेनको भर्नाको लागि योग्य हुन मात्र होइन छात्रवृत्ति प्राप्त गर्न पनि गम्भीर भएर अध्ययन गरे ।

वास्तवमा उनको हाईस्कुलको ग्रेड औसत थियो (उनको वास्तविक क्षमताभन्दा निकै कम) । यस्तो अवस्थामा भर्ना तथा छात्रवृत्तिको सम्भावना अनिश्चित थियो । हाईस्कुलको अन्त्यतिर फ्राङ्क परिवारका अन्य सदस्यहरूलाई लिएर इण्डिया गएका थिए तर स्टिफेन नजिकिंदो परीक्षालाई मध्यनजर गरेर लन्डनमै बसे । छात्रवृत्तिको परीक्षाको बखत (सन् १९५९) मा उनी १७ वर्षका मात्र थिए र सेन्ट अल्वान्सका प्रधान अध्यापकले एक वर्ष कुर्न सल्लाह दिएका थिए । आफ्नो उद्देश्यमा दृढ स्टिफेनले परीक्षा दिए, आफ्ना स्कुलका दुईजना साथीहरूसँग र निकै राम्रो अंक पनि प्राप्त गरे । उनल अन्तरवार्ता पनि उत्कृष्ट तवरले दिए । परिणामस्वरूप उनको भर्ना मात्र भएन, छात्रावृत्ति पनि पाए उनले ।

अर्थात् सत्र वर्षको कलिलो उमेरमा सन् १९५९ को अक्टोबरदेखि स्टिफेनले आफ्नो वैज्ञानिक उडान सुरू गरे ।
सन् १९५९ मा भर्ना हुँदा स्टिफेन आफ्ना सहपाठीहरू भन्दा निकै कान्छा थिए । उनले १७ वर्षको कलिलो उमेरमा प्रवेश परीक्षा दिएका थिए । यो उमेरको फरकले सुरूदेखि नै उनलाई एकलकाँटे राख्यो । यसको अतिरिक्त अक्सफोर्डको संस्कृति पनि भिन्न थियो, त्यहाँ राम्रो अंक ल्याउनु परिश्रम गर्नुलाई महापाप ठानिन्थ्यो । यसको अर्थ अध्ययनको सीधा सम्बन्ध ज्ञानसँग हुन्थ्यो न कि राम्रो अंकसँग । आफ्ना पुराना मित्रहरूलाई पछाडि छोडेर, नयाँ तथा अपरिचित मान्छेहरूको माझमा अध्ययन गर्नुपर्दा एकलकाँटे हुनु पनि स्वाभाविक थियो । उनले अक्सफोर्डका सुरूका तीन
वर्षको दौरान आफूलाई एक्लो एवं दुःखी भएको महसुस गरे ।
वर्ष जम्मा ४ जना विद्यार्थीहरू मात्र फिजिक्स पढ्न भनो भएका थिए । थोरै • फिजिक्सको पाठ्यक्रम पनि अल्छीलाग्दो पाराले बनाइएको महसुस भयो । त्यो विद्यार्थीहरू भएकाले यिनको मित्रता पनि बन्यो । पहिलो वर्षको अन्त्यसम्ममा यीमित्रहरू स्टिफेनको जीवनको महत्वपूर्ण अंग भइसकेका थिए ।

उनका साथीहरू उनलाई चुलबुले, आत्माविश्वासी र घुलमिल हुने केटोको स लिन्छन् । उनको कपाल लामो थियो, उनी चलाख थिए र शास्त्रीय संगीत र विज्ञान
कथाहरू मन पराउँथे ।

कस्मोलोजी कल्स्

उनलाई फिजिक्सको पाठ्यक्रम अति सरल लाग्थ्यो । उनी भन्ने गर्थे, ‘फिजिक्स हाँस उठ्दो रूपले सजिलो छ । कक्षा नलिइकनै पास हुन सकिन्छ । धेरै तथ्यहरूको फिजिक्सले उनका मित्रहरूको तालुबाट तेल निकाल्थ्यो । डेरेक पाउने नाम गरेका मित्र सम्झिन्छन्, “एकदिन हामी चारजनालाई विद्युत र चुम्बकसम्बन्धी १३ वटा गृहकार्य दिइएको थियो । त्यो गृहकार्य एक हप्तामा सक्नु पर्ने थियो । हप्ताको अन्त्यमा मैले र रिचार्डले एउटा र आधा र गोर्डनले एउटा सकेका थियौं तर स्टिफेनले सुरू समेत गरेको थिएन ।

अर्को दिन उसले कक्षा पनि लिएन तर लञ्च समयभन्दा अगाडि दश ओटा सिध्याइसकेको थियो । मलाई त्यतिखेर ऊ अर्कै ग्रहको पो हो कि भन्ने शंका लागेको थियो ।”
शिक्षक रोबर्ट बरम्यान (Robert Berman) स्टिफेनलाई आफूले त्यस बेलासम्म पढाएको सबैभन्दा मेधावी विद्यार्थी भन्थे । स्टिफेन न किताब किन्थे न त नोट नै बनाउँथे । तर उनी कहिल्यै घमण्ड गर्दैनथे । त्यसैले उनी लोकप्रिय थिए ।

म प्रथम भएँ भने

उनी क्याम्ब्रिजको निम्ति योग्य ठानिए तर एउटा सर्तमा मात्र । सर्त उनले अन्तिम वर्षको पढाइमा प्रथम हुनुपर्ने थियो । यो त्यति सजिलो पनि थिएन । किनकि विगतका वर्षहरूमा हकिङले पढाइलाई त्यति महत्वका साथ हेरेका थिएनन् । उनले मात्र दिनको एक घण्टाको अध्ययन गरेर त्यति उपलब्धि हाँसिल गरेका थिए । ‘तर म घमण्ड गर्दिन, उनी भन्छन्, ‘म त्यति बेलाको लहडको मात्र कुरो उठाइरहेको छु ! सौभाग्यवश, परीक्षामा प्रश्नहरू छानेर उत्तर दिन सकिने व्यवस्था थियो । उनलाई सिद्धान्तगत प्रश्नहरू सजिलो लाग्थे । परिणाम निस्किएपछि उनका तीन जना साथी दुःखी थिए किनकि उनीहरूले सोचे जति अंक प्राप्त गर्न सकेका थिएनन् ।

प्रयोगात्मक परीक्षाको दौरान हकिङले कामको लागि पनि निवेदन दिएका थिए । हाँस उठ्दो कुरो के भयो भने उनी परीक्षाको दिनै निदाएको निदाएकै भए । जे हुन्छ राम्रो हुनुलाई हुन्छ । गोडेर्न प्रथम भए, स्टिफेन प्रथम र द्वितीयको बीचमा र अरू दुई जना सक्थ्यो । स्टिफेनलाई स्नातकपछि के गर्ने भनेर सोधियो । उनले भने, ‘म प्रथम भएँ भने द्वितीय भए । लडाइँ अझै जारी थियो अन्तर्वाताको, जसले मात्र अन्तिम नतिजा निकाल्न क्याम्ब्रिज जान्छु, द्वितीय भएँ भने यही बस्छ । त्यसैले मेरो विचारमा प्रथम नै हुन्छ सुरूमा हकिङलाई गणितको कमजोरीले राम्ररी सतायो । सियामाले उनलाई • विषय परिवर्तन गर्नेसम्म सल्लाह दिए तर हकिङ आफूमा भएको कमजोरीको बाबजुद • कस्मोलोजी र सामान्य सापेक्षताको सिद्धान्तमै काम गर्ने दृढ थिए । उनले सामान्य सापेक्षताको सिद्धान्तको स्वअध्ययन गरे । यति नै बेला ती रहस्यमय संकेत लक्षणहरू
अझ स्पष्ट हुन थाले ।

खतरनाक उपचार

क्रिस्मसको बखत स्टिफेनको स्वास्थ्यमा आएको पतन लुकाउन नसक्ने अवस्थामा आमाले नजिकैको क्याफेमा लगिन् र छोरालाई आफ्नो स्वास्थ्यको स्थिति भन्न पुग्यो । एक दिन उनी स्केटिङ खेलिरहेको बखत लडे तर उठ्न सकेनन् । आत्तिएर • लगाइन् । बुबाको ढिपीका कारण स्टिफेन पारिवारिक डाक्टरकोमा पुगे तर डाक्टरले केही गर्न नसक्ने बताउँदै अर्को ठूला डाक्टरकोमा रिफर गरे ।
स्वास्थ्यले पिरोले पनि उनी क्रिसमस बिदामा भरपूर मनोरञ्जन लिन चुकेनन् ।

नयाँ वर्षको दिन आफ्नो सबैभन्दा मिल्ने साथीले दिएको पार्टीमा सामेल भए । त्यस पार्टीमा लजालु जेन वाइल्ड पनि आएकी थिइन । यिनीहरू एकअर्काका मित्र बने । वास्तवमा जेनलाई हकिङको हाँसिमजाक गर्ने बानी र स्वतन्त्र व्यक्तित्वले निकै प्रभावित पार्यो । एकअर्काको नाम र ठेगाना साँटेर दुवैजना पार्टीबाट बिदा भए । यही ठेगानाको आधारमा जेनलाई जनवरी ८ मा हुने एक पार्टीको निम्तो आयो । यो पार्टी स्टिफेनको २१ औं जन्मदिनको निम्ति राखिएको भए पनि निम्तोपत्रमा यसको उल्लेख गरिएको थिएन । यस अवसरमा स्टिफेन आफ्ना कलेजका मित्रहरूद्वारा घेरिएका थिए र उनले त्यस दिन ती आफूभन्दा वयस्क मान्छेहरूबीच आफूलाई बिरानो भएको पाइन् । हुन पनि उनले भर्खर स्नातकको पढाइ सुरु गरेकी थिइन् ।

स्टिफेन अझ ठूलो चुनौतीको सामना गरिरहेका थिए । जन्मदिन सिद्धिनेबित्तिकै उनी सेन्ट बेन्टस् (St. Bent’s) हस्पिटलमा भर्ना भए, जहाँ उनकी बहिनी मेरी डाक्टरको तालिम लिँदै थिइन् । उनी त्यहाँ दुई हप्ता बसे । अन्त्यमा उनलाई विध्वंसात्मक खबर भनियो, उनी ALS (Amyyotrophic Lateral Sclerosis) रोगबाट सताइएका थिए । ALS एक उपचार नहुने रोग हो । यसले रोगीको इच्छाधीन अंगमाथिको नियन्त्रणलाई क्षीण पार्छ । यसको अर्थ, यो प्यारालाइसिस जस्तै हुन्छ । यो रोगमा मांसपेशीहरू काम नलाग्ने भई रोगी आफ्नो अंगहरू चलाउन नसक्ने बन्छ । यो रोगको लक्षणको रूपमा स्टिफेनको आवाज अस्पष्ट भएको, रिगटा लागेको र अल्छीपना बढेको थियो ।

यो रोग लागेको बिरामीको भविष्य अनिश्चित हुन्छ । रोगी हिड्न सक्दैन, पाखुरा र हातहरू यति कमजोर बन्छन् कि लेख्नु अनि खानु पनि चुनौतीपूर्ण हुन्छ । बोल्नु र निल्नु पनि उत्तिकै अप्ठ्यारो बन्छ र अन्त्यमा सास फेर्नु एउटा लडाइँ बन्छ । यो रोग लागेका बिरामी सामान्यतया निमोनियाबाट मर्छन् । तर इच्छाधीन अंगहरू सबल रहन्छन् । सबैभन्दा महत्वपूर्ण कुरो रोगीको दिमाग सबल नै रहन्छ । रोगीले बच्चा जन्माउन पनि सक्छ । तर रोगी सामान्यतया दुई वर्षमा मर्छ । तर कहिलेकाही यस्ता रोगीहरू दशकौँ बाँचेका पनि छन्, यसमा पनि जवान मान्छेहरू र पुरूषहरू ।

डाक्टरले उनको जीवनरेखा चाँडै नै सकिने घोषणा गरिदिए । यो घोषणा उनी र उनको परिवारको निम्ति ठूलो धक्का थियो । ‘मलाई नै किन यस्तो भएको ? म नै किन यस्तो डरलाग्दो मृत्यु मर्नुपर्ने ? उनी आफैलाई प्रश्न राख्थे
जेनलाई छुट्टी औधी मनपर्थ्यो किनकि त्यति बेला उनी आफ्नो समय मित्रहरू माझ बिताउन पाउँथिन् र आफ्नो बोझिलो अध्ययनलाई बिर्सन सक्थिन । हकिङ बिरामी परेका बेला उनी हकिङलाई भेट्न अस्पताल पुगेकी थिइन् । आफ्नो सपनाको पुरुषलाई त्यसरी धक्का लागेकोले उनी निकै दुःखी भएकी थिइन् । जेनकी आमा • आफ्नी छोरीको अजीवको ठिटोप्रतिको स्नेह देखेर उसको भलाइको प्रार्थना गर्न
उनलाई हौस्याएकी थिइन् ।

भविष्यको लागि आशा

लागि बदलिदियो । स्टिफेन जेन चढेकै रेलबाट क्याम्ब्रिज फर्कदै थिए । उनी यसको करिब एक हप्तापछि भएको स्टिफेनसँगको भेटले जेनको जीवन सदाको खुसीमात्र होइन पुलकित पनि थिइन् र स्टिफेनसँग उनको रोगको बारेमा गफ गर्न इच्छुक पनि थिइन् । रेलको यात्राभरि उनीहरू गफमा हराए र अन्त्यमा एउटा डेटको
योजना बनाए ।

त्यो प्रथम भेटले जेनलाई क्याम्ब्रिजमा हुने मे बल (नाच कार्यक्रम) को निम्तो जुरायो । यसको अर्थ जेन र स्टिफेनको भेट चार महिनासम्म हुनेवाला थिएन । यो समयमा उनी स्पेन भ्रमणका निम्ति रकम जुटाउन तल्लीन बनिन् । जब स्टिफेन •जेनलाई अचम्मित पार्यो । तैपनि यिनीहरूले सो अवसरको भरपुर आनन्द लिए । जेनलाई लिन (मे बलको निम्ति ) आए, स्टिफेनको स्वास्थ्य स्थितिमा आएको ह्रासले जेन यो मुना पलाउँदै गरेको सम्बन्धको आयु छोटो छ र यसले धेरै दुःखमा
डोयाउँदैछ भन्ने कुरामा सचेत थिइन् ।

यो कुराको बारेमा उनले स्पेन भ्रमणको दौरान झन् गहिरिएर सोचिन् । उनलाई कताकता बिछोडको बोध भयो । उनी भन्छिन्, ‘मैले मेरा अनुभवहरू साट्ने साथी खोजिरहें र मलाई के लागिरह्यो भने ती अनुभवहरू सुन्ने स्टिफेनबाहेक कोही थिएन । उनलाई एउटा शंकास्पद इच्छाले गाँज्यो, ‘के म स्टिफेनलाई छोटो खुशी प्राप्त गर्न सहयोग गर्न सक्छु ?” लन्डन फर्किदा स्टिफेन क्याम्ब्रिज फर्किइसकेका थिए र उनी शारीरिक रूपमा अस्वस्थ्य पनि थिए । दुःखी भएर उनी आफ्नो पढाइमा जुटिन् र नोभेम्बरसम्म स्टिफेनले जेनसँग सम्पर्क गरेनन् । नोभेम्बरमा उनले जेनलाई नाटक हेर्ने निम्तो दिए ।

त्यो बेला भेट्दा स्टिफेनमा स्पष्ट शारीरिक परिवर्तन आइसकेको थियो । उनी हिंड्न नसक्ने भएका थिए र उनको आवाज अस्पष्ट भएको थियो । पछि जेनलाई स्टिफेनको बारेमा जान्ने उत्सुकता पैदा भयो । तर यस कुरामा उनी असफल बनिन् । उनी भन्छिन्, ‘मैले उनलाई सहयोग गर्ने प्रयत्न गरें । उसमा भएका विश्वासको अभावले हामी दुवैलाई नष्ट पारिदिन सक्छ जस्तो लागेको थियो । म ससाना सम्भावनाहरू खोज्थे ।”

आफ्नो जीवन अनिश्चितताको बादलले घेरिएको बेला, स्टिफेनले १९६३ को वसन्तमा चाखको विषय फेला पारे । होइलेका भूपू विद्यार्थी जयन्ट नार्लिकारको अफिस स्टिफेनको बासस्थान नजिकै थियो । नार्लिकारले नै स्टिफेनमा कस्मोलोजीको चाख जागृत गराएका थिए । यिनीहरू स्वतन्त्र रूपमा भौतिक विज्ञानको बारेमा छलफल गर्थे । होइले र नार्लिकारले सामान्य सापेक्षवादको सिद्धान्तमा गर्न लागेको परिवर्तनको बारेमा थाहा पाउँदा स्टिफेन अत्याधिक हर्षित भए । यो परिवर्तन त्यतिबेला भेटिएका ब्रह्माण्डीय परिवतर्नलाई समेट्न ल्याइएको थियो ।

हकिङले नार्लिकारको तर्कहरूलाई उत्सुक भएर अध्ययन गर्नुका साथै आफ्ना पनि केही तर्कहरू प्रतिपादित गरे । जेन आफ्नो परिवारसँग युरोप घुम्न गइन् । उनी भेनिसमा स्टिफेनले पठाएको १९६३ को गर्मीको अन्त्यतिर उनी जर्मनी गए आफनी बहिनी फिलिपियासँग । पोष्टकार्ड पाउँदा खुसी भइन् । दुई परिवार फर्किएपछि स्टिफेन र जेनको सम्बन्ध बढ्न थाल्यो । स्टिफेनको शारीरिक अवस्था स्थिर भएको थियो भने उनी आउँदा दिनहरूमा आशाका किरणहरू देख्न थालेका थिए ।

स्टिफेनले जेनलाई विवाहको प्रस्ताव राखे अक्टोबरमा र जेनले त्यो प्रस्तावलाई निसर्त स्वीकारिन । समय बित्दै जाँदा स्टिफेनले जर्ज बाइल्डसँग उनकी छोरीको हात मागे र बाइल्डले विवाहपछि पनि छोरीलाई पढाउनुपर्ने सर्तमा सो प्रस्ताव स्वीकारे । स्टिफेनले यो सर्तलाई स्वीकार्नुका साथै जेनलाई अनावश्यक दुःख नदिने वचन पनि दिए । छोरीले जनाएको यो स्वीकारोक्तीको बारेमा जर्ज भन्छन्, ‘यदि मेरी छेरीले स्टिफेनजस्तो कुनै केटासँग विवाह गर्छु भनी भने म के भन्नेछु मलाई थाहा छैन । ससुराले स्टिफेनको उमेर छोटो भएकोले बच्चाबच्ची जन्माउन मन भए चाँडो गर्नुपर्ने सल्लाह दिए ।

सन १९१६ मा कार्ल सेवार्जचाइल्ड (Karl Schwarzschild) आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तलाई मिर्चलको अनुमानलाई व्याख्या गर्न प्रयोग गरेका थिए । कार्लकाअनुसार, कुनै कुनै वस्तुको गुरूत्वाकर्षण क्षमता यति बढी हुन्छ कि त्यो वस्तु नै खुम्चिएर एउटा बिन्दुमा परिणत हुन्छ र त्यो वस्तुमा अपरिमेय घनत्व हुन्छ । कार्लले यसलाई अद्वितीयता (Singularity) भने र त्यस्तो वस्तुबाट केही पनि (प्रकाश पनि) उम्कन नसक्ने कुराको उल्लेख गरे । यो नियमलाई सेवार्जचाइल्ड अर्धव्यास (Schewarzschild radius) नामकरण गरियो । प्रकाशलाई समेत पचाउन सक्ने यो वस्तुलाई पछाडि ब्ल्याक होल भन्न थालियो ।

सन् १९३० सम्म वैज्ञानिकहरू यस्तो सिद्धान्तलाई वाहियात ठान्थे तर जब सुब्रमण्यम चन्द्रशेखर, जे रबर्ट ओपनह्यामर र अन्य वैज्ञानिकहरूले यसमा खोज गरे, यो विषय विज्ञान जगतमा चर्चाको केन्द्रबिन्दु बन्यो । यी वैज्ञानिकहरूले ताराको पनि आयु हुने बताए । उनीहरूको अनुसार, ताराको उत्पति गुरूत्वाकर्षणको सहायताले ग्यास र धूलोबाट भयो र ती ताराहरूको केन्द्रमा नाभिकीय विखण्डन (nuclear fusion) भइरहन्छ । यस विखण्डनबाट शक्ति उत्पन्न हुन्छ जुन शक्ति बाहिर बहन्छ र ताराहरूको आयु गुरूत्वाकर्षण र नाभिकीय विखण्डनबाट उत्पन्न हुने शक्तिमा भर पर्छ । जब ताराले शक्ति उत्पन्न गर्न बन्द गर्छ, यसको गुरुत्व बल सकिन्छ र अन्त्यमा तारा मर्छ । यसको अर्थ तारा अद्वितीयतामा सीमित हुन्छ र यो क्रमलाई केही कुराले पनि रोक्न सक्दैन ।

१९६० को दर्शकमा वैज्ञानिकहरूले यी मृत ताराहरूको गम्भीर अध्ययन गरे । भौतिकशास्त्री र गणितीय दुवैलाई अद्वितीयताको प्रश्नले पिरोल्यो । के ताराको अन्त्य भए जस्तै प्रकृतिको पनि अन्त्य हुन्छ ? रोजर पेनरोज नाम गरेका वैज्ञानिकले प्रकृतिको अन्त्य हुने कुराको पुष्टि गरे ।
यति बेला स्टिफेनले आफ्नो शोधपत्रको विषयवस्तु पहिल्याए । सियामाको कार्यालयमा गएर उनले घोषणा गरे, ‘रोजरको तर्कलाई ब्रह्माण्डको विस्तारको अध्ययन गर्न पनि प्रयोग गर्न सकिन्छ । म समयको सुरूवात पनि यही अद्वितीयताहरूको माझमा भयो भनेर प्रमाणित गरिदिन सक्छु । अब उनी स्वअध्ययन गर्नुका साथै मित्र जर्ज इल्ससँग मिलेर काम गर्न थाले । परिणामस्वरूप, उनी रोजरको पद्धतिलाई धेरै नमूनाका ब्रह्माण्डहरूमा प्रयोग गर्न सक्षम बने । हकिङको प्रथम अद्वितीयताको साध्य नै उनको थेसिसको अन्तिम भाग र भविष्यमा गरिने वैज्ञानिक प्रकाशनको आधार बन्यो ।

यो नयाँ विषयमा काम गर्दा गर्दै उनी अध्ययन पनि रोजगारी प्राप्त गर्ने दिशामा पनि अग्रसर बने । फेब्रुअरीमा उनले अनुसन्धान फेलोसिपका (Research Felloship) निम्ति आवेदन दिए । उनलाई सियामा र बोण्डीसँग स्टिफेनको बारेमा सोध्यो, उनले स्टिफेनलाई बिर्सिए । तर सियामाले प्रष्टिकरण दिएपछि उनले त्यो पद प्राप्त गरे उनले १९६५ को अक्टोबरदेखि फेलोसिप सुरू गर्नुपर्ने थियो ।

त्यो वसन्तमा उनले ग्राभिटी पुरस्कारको निम्ति पनि आवेदन दिए तर उनकोआवेदन पुग्नुपर्ने समयभन्दा पछि पुग्यो । तैपनि उनले मेलन पाउन्डको सान्त्वना पुरस्नको प्राप्त गरे । त्यति बेलै उनले एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने अवसर फार गरे । लन्डनमा भएको यही सम्मेलनमा उनले क्यालिफोर्निया प्रविधि संस्था (California
institute of Technology) का वैज्ञानिक किप थोर्नसँग भेट गरे ।

त्यति बेला एकातिर ताराहरू मृत्यु ता-तातो बहसको विषय त छँदै थियो । अर्कोतिर विग ब्याङ्ग सिद्धान्त र स्थिर ब्रह्माण्डको सिद्धान्त बीचको लडाइँ निष्कर्षमा पुग्न लागेको थियो । मार्टिन राइल जस्ता वैज्ञानिकहरू स्थिर ब्रह्माण्डको सिद्धान्त विरूद्ध यथेष्ट प्रमाणहरू प्राप्त गर्दै थिए । यसको अतिरिक्त, जर्ज गाभोभले आंकलन गरेको बिग ब्याङ्गको अवशेषको पत्ता लगाएका थिए, दुई अमेरिकी वैज्ञानिक अर्नो पेन्जाइज (Arno Penzias) र रोर्बट विल्सनले (Robert Wilsen) यो आविस्कारको निम्ति उनीहरूले पछि नोबेल पुरस्कार पनि प्राप्त गरे । सन् १९६५ को गर्मीसम्ममा स्थिर ब्रह्माण्डको सिद्धान्त लगभग हराइसकेको थियो । यहाँसम्म कि सियामाले समेत स्थिर ब्रह्माण्ड सिद्धान्तलाई बचाव गरेनन् । विग ब्याङ्ग सिद्धान्त हकिङको उर्वर खेल मैदान भएको थियो ।

सन् १९६५ को जुलाई १४ मा स्टिफेन र जेनको विवाह भव्यताको साथ सम्पन्न भयो । छोटो हनीमुनपछि हकिङ परिवार नयाँ परिचयका साथ जिउन थाले । डा. स्टिफेन हकिङ, अन्तर्राष्ट्रिय भौतिक वैज्ञानिक र जेन हकिङ, स्नातक विद्यार्थी ।

हकिङ परिवारले एक सामान्य जीवन गुजारा गर्न चाहँदाचाहँदै स्टिफेनको अपाङ्गपना र अपाङ्ग व्यक्तिहरूका निम्ति सुविधाको अभाव चुनौतीपूर्ण थिए । अपाङ्गहरूका निम्ति छुट्टै विशेष सुविधाको व्यवस्था थिएन । यिनीहरूलाई सामान्य व्यक्ति सरह व्यवहार गरिन्थ्यो । तर यसको जेनले घोर विरोध गरिन् ।

बहिनी मेरीको सल्लाह मुताविक स्टिफेन परिवार मियामी (Miami) मा हुने एउटा सम्मेलनमा भाग लिन अमेरिका पुगे । त्यो बेला उनी टेक्सासमा बस्ने मित्र जर्ज इलिसकोमा पनि पुगे । रोग बढिरहेको भए पनि इंग्ल्यान्डको जाडोबाट भागेर न्यानो वातावरणमा समय बिताउँदा केही ठीक भएको महसुस गरे स्टिफेनले । यिनीहरू क्रिस्मस मनाउन फर्किए । फर्किएपछि तुरून्तै नयाँ घरमा सरे । यो घर स्टिफेनको अफिसभन्दा झन् नजिक थियो ।

त्यो वर्षको जाडोमा उनको निबन्ध अद्वितीयताहरू र अन्तरिक्ष समयको ज्यामिति (Singularation and Geometry of Space time) ले एडम्स पुरस्कार जित्यो । वरूण ग्रह पत्ता लगाउने वैज्ञानिक जोन कोच एडम्सको सम्मानमा स्थापना गरिएको यो पुरस्कार सेन्ट जोन कलेजले प्रदान गर्थ्यो । र, यो पुरस्कार नव वैज्ञानिकहरूलाई बताए । सन १९६६ को मार्चमा आधिकारिक रूपमा विद्यावारिधि प्राप्त गरेपछि प्रदान गरिन्थ्यो । सियामाले जेनलाई स्टिफेनको सम्भावना न्यूटन जतिकै छ भनेर खगोलशास्त्र सम्बन्धी एक इन्स्टिच्युटको सदस्य बने ।

परिवारिक कुरा

सुई दिने काम हप्ताको एकपल्ट स्थानीय नर्सबाट हुन्थ्यो । औंलाहरू बाङ्गिन जेन गर्भवती भएकी थिइन् । स्टिफेन भिटामिन ‘बी’ का सुईहरू लिन थाले । थालेकाले स्टिफेन लगभग लेख्न नसक्ने भएका थिए । सियामाको सिफारिसले
भौतिक विज्ञान विभागले उनको प्रत्येक हप्ता दुईपल्ट उपचार गराउँथ्यो । यो निःशुल्क उपचार रोग अझ बढ्न नदिने विषयमा केन्द्रित हुन्थ्यो ।

मार्चमा मेरी र जेन दुवैले लन्डन विश्वविद्यालयबाट डिप्लोमाको डिग्री प्राप्त गरे । मातृत्वका कारणले जेनको थेसिस रोकिएको थियो । सन १९६७ को मे २८ को दिन रोबर्ट जर्ज हकिङको जन्म भयो । जन्मिएको दुई महिनामा रोबर्ट एटलान्टिक महासागर कटेर अमेरिका पुग्ने दोस्रो हकिङ बने किनकि हकिङ दम्पत्ति नव आगन्तुकलाई च्यापेर सात हप्ते छुट्टी मनाउन अमेरिका हानिए । त्यहाँ यिनीहरू दुई दिन क्यालिफोर्निया विश्वविद्यालयमा बसे र मेरीलाई भेट्न गए र धेरै समय सिस्टलमा संचालन भएको अस्थायी स्कुलमा (Summer School) रहन्थे ।

चार महिनापछि क्याम्ब्रिज फर्किदा, एउटा राम्रो कुरो भएको थियो, उनको फेलोसिपको आयु दुई वर्ष लम्बिएको थियो । स्टिफेनको अनुसन्धानले महत्वपूर्ण उपलब्धिहरू प्राप्त गर्दै थियो र उनको ख्याति पनि बढ्दै थियो । हकिङ र उनका सहकर्मीहरूले बिग ब्याङको बारेमा भविष्यवाणी गर्नुका साथै यसको अस्तित्व र व्यवहारको बारेमा प्रमाणहरू प्रकाशित गर्न थालेका थिए ।

जेन आफ्नो थेसिसमा काम गरिरहेकी थिइन् । सन् १९७० मा उनी फेरि गर्भवती भइन् । उनीहरूले घरको चाँजोपाँजो मिलाउन केही रकम संकलन गरेका थिए । छोरी लोग्नेलाई लुसीको जन्म १९७० को नोभेम्बर २ मा नयाँ घरमै भयो । दुइटा बालक र अपाङ्ग सम्हाल्न निकै कठिन भएको थियो जेनलाई । स्टिफेन आफूलाई घिसार्न समेत नसक्ने भएकोले, उनलाई अन्त्यमा ह्विलचेयरको सहारा लिनुपर्ने भयो । तैपनि उनी लुगा लगाउने र फुकाल्ने काम आफैं गर्छु भनेर ढिपी गर्थे । जेन समय निकालेर राति अध्ययन गर्थिन् ।

ब्ल्याक होलको नयाँ अवधारणा

सन् १९७० पूर्व स्टिफेन पेनरोजको विचारलाई मृत ताराहरूको अद्वितीयतामा प्रयोग गर्न चाहन्थे ं । (यो अद्वितीयतालाई ब्ल्याक होल पनि भनिन्छ) । पेनरोजसँगको सहकार्यपछि काला छिद्र (Black Holes) को क्षेत्रको अध्ययन गर्न उत्साहित बने । एक वर्षभित्र उनले यो विषयमा तीनवटा चोटिला लेखहरू तयार गरे ।

हकिङले ब्ल्याक होलको बारेमा एक नयाँ प्रस्ताव राखे । उनका अनुसार, ब्ल्याकहोलहरू ताराहरूको पतनबाट नभई साना प्रोटोन जस्ता आकारका पहाडको समूहमात्र थिए । तिनीहरू अत्याधिक ठूलो चाप र शक्तिबाट निचोरिएर बनेको हुनसक्ने सम्भावनालाई स्टिफेनले प्रस्तुत गरे । उनको यो प्रस्ताव एकदम अद्वितीय थियो । उनका अनुसार यी ब्ल्याकहोलहरू सोचेभन्दा सरल हुन्छन् ।

उनको यो प्रस्तावमा प्रारम्भिक अवस्थामा जतिनै जटिल भए पनि वर्तमानमा कालो छिद्रलाई तीन विशेषताले वर्णन गर्न सकिने बताए- पिण्ड, विद्युतीय शक्ति र घुमाइ (rotation) सिद्धान्तगत रूपमा कालो छिद्रको उत्पत्ति कसरी भयो भन्ने बारेमा आंकलन गर्ने अवस्था थिएन । अथवा केबाट कालो छिद्रको उत्पत्ति भयो भन्ने परिस्थिति थिएन । हकिङको तेस्रो उपलब्धि कालो छिद्र र थर्मोोडाइनामिक्सको सम्बन्धमा केन्द्रित थियो । (थर्मोडाइनामिकले तापको अन्य शक्तिहरूसँगको सम्बन्धको बारेमा अध्ययन गर्छ ।) यसले त्यो चालको अध्ययन गर्छ जुन तापद्वारा अचानक सिर्जित
हुन्छ । अर्थात थर्मोडाइनामिकले (Thermodynamics) फरक तापक्रममा तापद्वारा सिर्जित हुने चाल र शक्तिको लेखा राख्छ ।

डेमोट्रिअस क्रिस्टोडोउलोउ नामक एक विद्यार्थीले ब्ल्याकहोलको (कालो छिद्र) व्याख्या गर्न प्रयोग गरिने कुनै समीकरण थर्मोडाइनामिक्सका समीकरणसँग मेल खाने कुरा बताए । उनले ब्ल्याक होल कहिल्यै अन्त्य नहुने कुराको जिकिर गरे । किनकि उनका अनुसार, ब्ल्याक होलको केही अंश कुनै प्रकारको प्रतिक्रियाबाट पनि नष्ट नहुने
प्रकारको हुन्छ ।

थर्मोडाइनामिक्सको दोस्रो नियम अनुसार, आफैँमा थुनिएको वस्तुको अदृश्य शक्ति ( entropy) बढ्छ । इन्ट्रोपी कुनै प्रक्रियामा थपिएको शक्ति र यसको
तापक्रमसँग सम्बन्धित छ र यसले त्यो
प्रक्रियाको लथालिङ्गपनाको
मापन गर्छ ।

यो दोस्रो नियमको तर्क के हो भने एउटा पद्धति जति पनि लथालिङ्ग बन्न सक्छ । इन्ट्रोपीको अर्को व्याख्या के हुनसक्छ भने यसले अदृश्य शक्ति र सूचनाको प्रतिनिधित्व गर्छ । ब्ल्याकहोल पनि यस्तै प्रवृत्तिको भएकाले के इन्ट्रोपी र ब्ल्याकहोल बीच सम्बन्ध स्थापित गर्न सकिन्थ्यो ?

साहसिक विचारक

यो प्रश्नको उत्तर दिन उनले पेनरोज समक्ष ब्ल्याकहोलको सीमाको बारेमा एक नयाँ परिभाषा प्रस्तुत गरे । उनको परिभाषा यस्तो थियो, ‘ती वस्तुहरू जो ब्रह्माण्डदेखि बाहिर सूचना फ्याँक्न सक्छ र ती वस्तुहरू जो यो गर्न सक्दैननको बीचको सीमा आवश्यक छ । ती क्षेत्रहरू जो ब्रह्माण्डभन्दा बाहिर सूचना दिन सक्दैनन् ब्ल्याक होलका भित्री भागहरू हुन् यसको विपरीत यसरी सूचना दिन सक्ने क्षेत्रहरू ब्ल्याकहोलका बाहिरी भागहरू हुन् ।” यो परिभाषाले अहिले पनि मान्यता प्राप्त गरेको छ ।

एक दिन सुत्न लागेको बेला एउटा नयाँ विचार आयो, ब्ल्याकहोलको क्षेत्र हल्का किरणले बनेको हुन्छ, जुन ब्ल्याकहोलको गुरूत्वले निल्न सक्दैन, जुन बाहिर निस्कन खोज्छन् तर सक्दैनन् । यी किरणहरू एक अर्कामा ठोकिदैनन्, यसको अर्थ यसको क्षेत्र (horizen, आकर्षण क्षेत्र) पनि हुँदैन र यसको भित्री अद्वितीयता देखिने खालको हुन्छ । तर यसको विपरीत पेनरोजले प्रत्येक अद्वितीयता अदृश्य हुन्छ भनेर भनेका थिए । पेनरोजलाई मान्ने हो भने यी किरणहरू समानान्तर यात्रा गर्छन् अथवा एक अर्काको विपरीत मात्र गर्छन् । यो तर्कलाई स्वीकार गर्दा ब्ल्याकहोलको क्षेत्र पनि बढिरहेको छ भन्ने तर्कलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ ।

हकिङको विचारमा यदि ब्ल्याकहोलले कुनै वस्तुलाई निल्छ वा अर्को ब्ल्याकहोलसँग ठोकिन्छ भने नयाँ ब्ल्याकहोलको क्षेत्र बढ्नुपर्छ । अगाडि नै भनियो, ब्ल्याकहोलको केही भाग कहिलै पनि नष्ट गर्न सकिदैन । यसले डेमोट्रिओसको तर्कलाई झन् ओजिलो बनायो । उनले आफ्नो विचार पेनरोजलाई सुनाए । वैज्ञानिक समुदायले नुनको यो उपलब्धिलाई चाँडै नै अँगाल्यो ।

हकिङले ब्ल्याक होल्स (Black Holes) नामक एउटा निबन्ध लेखे एउटा पुरस्कारको निम्ति र यसले उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भयो । त्यो पुरस्कारको रकम नयाँ कार किन्न पुग्ने थियो । उनको अनुसन्धानले निरन्तरता पायो । उनले जेम्स हार्टल (James Hartle) र सान्टा बार्बरा (Santa Barbara) जस्ता अमेरिकी वैज्ञानिकहरूसँग सहकार्य गरे । यी तीन जनाले हकिङको तर्कलाई पुष्टि गर्न एउटा समीकरण बनाए ।

ब्ल्याक होलहरू कालो छैनन्

Stephen’s Changed Everything: Black Holes are not Black स्टिफनको स्वास्थ्य स्थिति बिस्तारै बिग्रदै जाँदा, उनी र जेन शारीरिक र मानिसक समस्याहरूसँग लड्न थाले । ब्रिटिस सरकारले सन् १९७० मा लागू विधेयकले केही नयाँ बाटोहरू त खुला गर्यो नै तर पनि यो विधेयक पूर्णरूपले अपाङ्ग लागू गर्न ढिलाइ भइरहेको थियो । स्टिफेनको जीवन हरेक कदममा संघर्षपूर्ण लचुनौतीपूर्ण थियो । हकिङ परिवारको अपाङ्गको अधिकार र समाजको निम्तिको लडाइँले केही प्रतिफल त दियो नै । जस्तो कि, सिनेमाहल, नाटकघरमा अपाङ्गको निम्ति विशेष व्यवस्था भयो । यति नै बेला स्टिफेनको ख्याति बढिरहेको थियो । यो ख्यातिको कारणले पनि यिनीहरूको सामाजिक जीवन केही सजिलो भएको थियो ।

स्टिफेनको ब्ल्याकहोलको अध्ययनले जनमानसमा निश्चय नै एक प्रकारको कौतुहलता पैदा गन्यो । स्टिफेनको विचार पढ्नेहरूमा जोन विलरका विद्यार्थी ज्याकोव वेकेन्सटाइन पनि थिए । हुन पनि वस्तु निर्माण लागि आवश्यक भनिएका (पिण्ड, विद्युतीय शक्ति र घुमाइ बाहेक वस्तुहरू) हराइसकेका थिए । यसको अर्थ के हो भने पिण्ड, विद्युतीय शक्ति र घुमाइले वस्तु निर्माण र त्यो वस्तुको क्षेत्र निर्धारण गर्छ । यो नियम ब्ल्याकहोलले निल्ने निम्ति पनि लागू हुन्थ्यो । तर यदि एउटा इन्ट्रोपी ब्ल्याकहोलमा हालियो भने वस्तुहरूका कस्तो परिणाम आउँथ्यो ? यो प्रश्नको उत्तर निश्चितता साथ पत्ता लगाउन नसकेपछि त्यति बेला के भन्न सकिन्थ्यो भने ब्रह्माण्डको इन्ट्रोपी घट्छ र ब्ल्याकहोलको बढ्छ ।

बेकेन्स्टाइनले यो प्रश्नको सही उत्तर पत्ता लगाउन आइन्स्टाइनको तर्कमा आफ्नो थेसिस लेख्ने निर्णय गरे । यो थेसिसमा उनले एउटा यस्तो विवादास्पद तर्क प्रस्तुत गरे जसअनुसार ब्ल्याकहोलको क्षेत्रफल यसको इन्ट्रोपीको मापन हो । उनको यो तर्कमा एउटा गम्भीर कमजोरी देखापर्यो, यदि ब्ल्याकहोलमा इन्ट्रोपी हुन्छ भने, यसको तापक्रम पनि हुन आवश्यक हुन्थ्यो किनकि इन्ट्रोपी तापको कारणले पैदा हुन्छ । तर शून्यभन्दा माथिको तापक्रम भएको वस्तु चम्कनु आवश्यक हुन्छ । समस्या ब्ल्याकहोलको परिभाषामा थियो (यस्तो वस्तु जसको गुरुत्वबल प्रकाशलाई पनि निल्न सक्ने खालको हुन्छ) । यस्तो परिस्थितिमा कसरी ब्ल्याकहोल चम्कन सक्छ ?

हकिङ बेकेन्साटाइनको प्रस्तावसँग बेखुस बने । उनले भने, ‘यो प्रस्तावले मेरो आविष्कारको गलत प्रयोग गर्यो । यो बेखुसीलाई स्टिफेनले बेकेन्स्टाइन पनि सामेल भएको एउटा ब्ल्याक होल सम्बन्धी कार्यक्रममा व्यक्त गरे ।

ब्ल्याक होल विस्फोट हुन्छ ?

पुस्तक प्रकाशनपछि स्टिफेन अनुसन्धानको नयाँ मोडमा आइपुगे । अब उनी प्रमात्रा गुरूत्व (quantum gravity) को अध्ययनमा जुटे । त्यति बेला सामान्य सापेक्षताको सिद्धान्त र प्रमात्रा (quantum) सिद्धान्तको बीच एक प्रायोगिक सम्बन्ध स्थापित गरिएको थियो ।

सन् १९७१ मा प्रक्षेपण गरिएको उहुरू (Uhuru) नामक एउटा भूउपग्रहले सागनस एक्स-१ (Cygns X-1) नाम गरेको एउटा पिण्ड पत्ता लगायो । वि. लुइस वेवस्टर र पउल मरडिनले यसको अवलोकनपछि यसको पिण्ड सूर्यको भन्दा दुईदेखि ६ गुणा बढी भएको जिकिर गरे । उनीहरूले निष्कर्षमा त्यो पनि ब्ल्याकहोल हुनसक्ने कुराको जिकिर गरे ।
अन्य अवलोकनहरूले त्यो नयाँ ताराको पिण्डको बारेमा अन्य तथ्यहरू फेला पार्यो । सन् १९७० को दशकमा वैज्ञानिकहरू त्यो तारा निश्चिय नै ब्ल्याकहोल हो भनेर बाजी मार्न पनि हतासिए । थोर्न र हकिङले पनि बाजी राखे । बाजीको कागज बनाएर दुवैले हस्ताक्षर गरे । दुवैलाई यो नयाँ तारा ब्ल्याकहोल नै भएको कुरामा विश्वास लागेको भए पनि थोर्नले यसको विषयमा बाजी राखेका थिए । अतः यो मित्रवत बाजी थियो ।
क्यालटेकमा रहँदा हकिङले धेरै पुरस्कार पनि प्राप्त गरे ।

संघर्ष र चमत्कारहरू

उनलाई तीव्र गतिको ह्विलचियर दिइएको थियो, जसको सहायताले उनीभित्र बाहिर गर्न क्याम्ब्रिजमा स्टिफेनलाई अन्य प्रकारका समस्याहरू पर्खिइरहेका थिए । क्यालटेकमा सक्षम भएका थिए र यो उनको निम्ति एक स्वतन्त्रताको ठूलो सम्पत्ति जस्तो प्रतीत भएको थियो । उनले क्याम्ब्रिजलाई पनि यस्तै प्रकारको एउटा यन्त्रको व्यवस्थापन गरिदिन आग्रह अस्वीकार गरिदियो । बरू उनलाई तीन पांग्रे विद्युतीय कार दिने कुरामा सहमत भयो गरे । नयाँ घर आफ्नो अफिसबाट अलिक टाढा भए पनि उनको आग्रहलाई क्याम्ब्रिजले क्याम्ब्रिज । तर स्टिफेनको स्वास्थ्य स्थिति यति बिग्रिएको थियो कि उनी यस्तो प्रकारको कार चलाउनै सक्दैनथे ।

उनको एउटा मात्र विकल्प भनेको ह्विल चेयर नै थियो । अतः
आफ्नो वचतबाटै उनले एउटा विद्युतीय ह्विलचेयर खरीद गरे ।
यति बेलै उनको बढुवा भयो । उनी अब प्रोफेसर भएका थिए र उनको तलब पनि बढेको थियो । जेनलाई एउटा गीति कार्यक्रममा भाग लिन बोलाइएको थियो यसको निर्देशक जोनाथन हेलइए जोनस थिए । अठार महिना अघि श्रीमती गुमाएका जोनाथन जेनभन्दा निकै कान्छा थिए । उनी स्टिफेनको घर आउन थाले । उनी लुसीलाई पियानो सिकाउँथे भने स्टिफेनलाई सहयोग पनि गर्थे । यति खेरै जेन आफ्नो थेसिसको अन्तिम लेखनमा जुटेकी थिइन् ।

स्टिफेनलाई सम्मान प्राप्त भई नै रह्यो । उनलाई अल्बर्ट आइन्स्टाइन अवार्ड दिइयो । यो अवार्ड भौतिक वैज्ञानिकहरूलाई दिइने सबैभन्दा ठूलो अमेरिकी अवार्ड हो । उनलाई सन् १९७८ मा अक्सफोर्ड विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि पनि प्राप्त भयो । यस्ता पुरस्कारहरू प्राप्त भएपछि प्रेसले पिछा गर्नु सामान्य थियो । यस्ता शारीरिक व्यवधानहरू भएको व्यक्तिले त्यतिका उपलब्धिहरू प्राप्त गर्नु पक्कै पनि अनौठो कुरा थियो । न्यू साइन्टिस्ट नामक एउटा पत्रिकाले उनको बारेमा यस्तो लेख्यो, ‘हकिङको दिमाग शारीरिक असक्षमताको बाबजुद अन्तरिक्षदेखि बाहिर जान सक्छ । यस्तै टाइम्सले उनलाई भौतिक विज्ञानको सांगीतिज्ञको रूपमा व्याख्या गयो । ओम्नी पत्रिकाले उनलाई अन्तरिक्ष र समयको बोक्सो (The wizard of the space and time) भनेर उल्लेख गर्यो । अतः उनको ख्याति निकै नै बढ्यो ।

हकिङले आफ्ना सिद्धान्तहरूको बारेमा मेरो गोरुको बाह्रै टक्का भनेर कहिल्यै पनि भनेनन् । उनी नयाँ तरिका र नमूनाहरूलाई अध्ययन गर्थे र स्वीकार्थे । ती नयाँ सिद्धान्तहरू मध्ये उनले सम्भावना अधिगुरूत्व (Supergravity) मा देखेका थिए । यो सिद्धान्त अधिसंरचनाको सिद्धान्तबाट विकसित भएको थियो । अधिसंरचना सिद्धान्तले प्रकृतिमा भएका सबै आधारभूत तत्वहरूलाई एकअर्कामा मिलाउने काम गर्छ ।

हकिङ आफ्ना विद्यार्थीहरूलाई सहयोग गर्न कहिल्यै पछि पर्दैनथे । उनका भूतपूर्व विद्यार्थी निक वार्नरले हकिङप्रति कृतज्ञ हुँदै भने, ‘हकिङको प्रेरणाको कारणले विद्यार्थी भएकै अवस्थामा सामान्य सापेक्षतावादको सिद्धान्त, यूक्लिडियन क्वान्टम गुरूत्वदेखि सुपरग्ग्राभिटीको बारेमा समेत अध्ययन गर्न पाए । असोचनीय मौनताcollapse) सँग सम्बन्धित तीन वटा प्रवचन दिए हारभार्ड (Harvard) मा । यो सन् १९८२ को वसन्तमा हकिङले गुरूत्वाकर्षणीय क्षय (Gravitational प्रवचनपछि उनलाई एउटा किताब लेख्ने सोच आयो । उनी यस्तो विचार गर्थे ।

त्यति बेला, “लगभग सबै मान्छेहरू ब्रह्माण्ड कसरी संचालित हुन्छ भन्ने कुरा जान्न चाहन्थे तर उनीहरू गणितीय समीकरण बुझ्दैनथे । म आफैँ पनि समीकरणलाई त्यति महत्व दिन्न । सायद, म लेख्न नसक्ने भएकोले होला । यो किताब लेख्ने विचार पछाडि अर्को कारण पनि थियो । लुसी ११ वर्ष पुगेकी थिइन्।

उनले प्राथमिक तहको पढाइ सकेकी थिइन् । रोबर्टलाई निजी विद्यालयको अध्ययनले फाइदा पु-याएको थियो । लुसीलाई पनि निजी विद्यालय पढाउने सोच थियो स्टिफेनको । आफ्नो बचतलाई असर नगरीकन लुसीलाई निजी विद्यालय पठाउन, वैकल्पिक आय श्रोतको आवश्यकता थियो । यी दुई उत्प्रेरणाका साथ काममा जुटेका स्टिफेनले सन् १९८४ मा पाण्डुलिपीको ड्राफ्ट तयार गरिसके ।

हकिङका अघिल्ला सबै किताबहरू क्याम्ब्रिज युनिभर्सिटी प्रेसले छापेको थियो । अहिले लेखेको पुस्तकको प्राज्ञिक मूल्य त्यति बढी नभएकोले उनले ख्याति प्राप्त किताबको बजार व्यवस्थापन गर्न अभ्यस्त प्रकाशक खोज्न थाले । उनले अल जुकरम्यान (Al Zuckerman) नाम गरेका साहित्यिक अभिकर्ता (Literacy Agent) लाई सम्पर्क गरे । जुकरम्यानले धेरै प्रकाशकहरूलाई हकिङको पाण्डुलिपी पठाए र अन्त्यमा बान्टम डुक्स (Bantam Books) ले ल्याएको प्रस्तावलाई स्वीकार गरे स्टिफेनले । यतिबेला लाउरा जेन्ट्री (Laura Gentry) नाम गरेकी नयाँ महिलाले स्टिफेनको सेक्रेटरीको पद सम्हालेकी थिइन् ।

जोन वोसलउग (John Boslough) द्वारा लेखिएको हकिङको जीवनी सन् १९८५ मा छापिएपछि हकिङको यश झन् बढ्यो । उनलाई रोयल एस्ट्रोनोमिकल सोसाइटीबाट प्रदान गरिने सबैभन्दा ठूलो गोल्ड मेडल पनि प्राप्त भयो । यति नै बेला हकिङको व्यक्तिगत जीवनले अर्को मोड समात्दै थियो । जेनले हकिङलाई आफू र जोनाथनको बीचको सम्बन्ध मित्रवत मात्र नभई यौनिक भएको खुलासा गरिन् । तर परिवारलाई टुक्राइहाल्ने उनको इच्छा थिएन । पछि उनले त्यो दिनको बारेमा यसरी सम्झिइन्, मैले उनलाई प्रेम गरिरहेसम्म स्टिफेनले विरोध नगर्ने कुरा बताए र यस्तो विश्वास देखाएपछि मैले स्टिफेनलाई प्रेम नगर्न पनि सकिन ।

त्यति बेला मैले आफू अपराधी भएको महसुस गरे तर जोनाथन भगवान्‌ले पठाएका व्यक्ति थिए । हामी एकअर्काबाट छुटिन पनि चाहन्नथ्यौ । हामीले एकअर्काप्रतिको स्नेह स्टिफेन र केटाकेटीहरूको अगाडि दबायाँ । वास्तवमा परिवार र स्टिफेनको कल्याणभन्दा हाम्रो सम्बन्ध ठूलो थिएन । त्यो घरभित्र पलाएको यस्तो अनौठो परिस्थिति बारेमा कसैले केही थाहा पाएन ।

गर्मीमा स्टिफेन, लाउरा जेन्ट्री, धेरै विद्यार्थीहरू र केही नर्सहरू साथै परिवारका अन्य सदस्यहरू (छोरो रोबर्ट बाहेक) स्वीजरल्याण्ड गए । स्टिफेन जेन, जोनाथन र आफ्ना दुई सन्तानलाई छोडेर जर्मनीतिर गए । यो बेला जेनले स्टिफेनको स्वास्थ्य स्थिति कस्तो छ भनेर बुझ्न फोन गरिन् । स्टिफेन गम्भीर रूपमा बिरामी परेको थाहा पाएर उनी दुःखी भइन् ।
जेन आफ्नो समूहसहित स्टिफेनलाई भेट्न दगुरिन् । स्टिफेनलाई निमोनियाले समातेको थियो । स्टिफेन बेहोस थिए, रेस्पिरेटरको सहायताले सास फेर्दै थिए । जेन भन्छिन्, ‘मलाई चिन्ता, दुःख र पश्चातापको कालो खाडलमा खसेजस्तै भयो । मैले उनलाई एक्लै यात्रा गर्न दिनु हुँदैनथ्यो ।

डाक्टरले स्टिफेनको हालत देखेर रेस्पिरेटर झिक्ने सल्लाह दिए ताकि स्टिफेन धेरै कष्ट नसही मरून् । तर जेनले त्यसो गर्न मानिनन् । त्यसपछि डाक्टरले स्टिफेनको कालो भविष्यको बारेमा बताए । उनीहरूले रुद्रघण्टी तलको नलीमा स्थायी दुलो पार्नुपर्ने कुरा बताए । यसो गर्दा, स्टिफेनको खोकी रोकिने थियो । तर उनको भएको बोल्ने क्षमता पनि सदा सर्वदाको निम्ति गुम्ने थियो । स्टिफेनलाई केही सञ्चो भएपछि, उनलाई क्याम्ब्रिजमा ल्याएर एडनब्रोक्स अस्पतालमा भर्ना गरियो । उनको घाँटीको शल्यक्रिया सफल भयो, स्टिफेनको स्वास्थ्य स्थितिमा सुधार पनि आयो ।

फरक आवाजमा कम्प्युटरको मद्दत

वाल्ट वोल्टोज (Walts Woltors) ले आफूले आफ्नी बोल्न नसक्ने सासुको निम्ति बनाएको यन्त्र स्टिफेनलाई पठाए । यसमा डिक्सनरीको छानिएका शब्दका साथै कृत्रिम आवाज पनि समावेश थियो । यो यन्त्रलाई स्टिफेनका विद्यार्थीले परिमार्जित गरेर कम्प्युटरको माउसजस्तो बनाए । स्टिफेन केही बोल्नु परेमा वा लेख्नु परेमा उपयुक्त शब्दमा क्लिक गर्थे । धेरै वर्षपछि, यो यन्त्रको सहायताले स्टिफेन बोल्न तथा लेख्न सक्ने भए ।

भाषाको समस्या समाधान भए पनि अर्को ठूलो समस्या त बाँकी नै थियो । श्वास नलीमा स्थायी रूपमा दुलो पारेपछि उनको हेरचाहमा ठूलो ध्यान दिनुपर्थ्यो कारण उनको घाँटीमा एउटा पाइप हालेको थियो । यही पाइपको सहायताले उनी सास फेर्थे र यो पाइप बारम्बार सफा गरिरहनु पर्थ्यो । भ्याकुम क्लिनर जस्तो सानो यन्त्रको सहायताले यो सफा गरिन्थ्यो । यसरी सफा नगरिदा इन्फेक्सन हुने डर हुन्थ्यो यसको अर्थ तालिम प्राप्त नर्सहरूद्वारा उनको हेरचार गरिनुपर्थ्यो । त्यसको लागि मोटो रकम आवश्यक पर्थ्यो । मार्टिनरिज नाम गरेका एक दानवीरले सहयोग त गरेका थिए तर त्यो सहयोग अपर्याप्त थियो ।

जुडी फिल्लाले स्टिफेनको यो नाजुक अवस्थाको बारेमा उनका सहकर्मीहरूलाई अवगत गराइन् । किप योर्न नाम गरेका वैज्ञानिक सहयोग गर्न राजी भए । सहयोग माग्नुपर्ने सल्लाह दिए । यो संस्थाको सल्लाहकार समितिमा मुरी गेल म्यान नाम गरेका तत्व भौतिक वैज्ञानिक पनि कार्यरत थिए । यो संस्था पैसा दिन राजी पनि भयो । जुडी र जेन नर्सको खोजी गर्न थाले । अब स्टिफेन तीन महिनापछि घर फर्कदै थिए ।

सन् १९८६ को मार्चमा स्टिफेनको जीवनमा अर्को दुःख थपियो । स्टिफेनका पिता, फ्राङ्क जो धेरै समयदेखि बिरामी परेका थिए, बिते । इसोवेलले स्टिफेनको अवस्थाको बारेमा यसो भनिन्, ‘ऊ आफ्नो पिताको मृत्युको कारणले विक्षिप्त बन्यो । बाबुछोराको विगत केही समयदेखि प्रायः भेट नभएको भए पनि स्टिफेन बाबुलाई धेरै मन पराउँथ्यो ।”
स्टिफेन बिस्तारै यात्रामा जान थाले । सुरूमा एउटा सम्मेलनमा भाग लिन उनी स्वीडेन पुगे । त्यहाँ उनका भेट मुरी गल म्याननसँग भयो । यिनै मान्छेको सहयोगले स्टिफेन नर्स राख्न सक्ने भएका थिए । यो भेटपछि अमेरिकी संस्थाले सहयोगलाई निरन्तरता दिने घोषणा गर्यो ।

हकिङ र सिवी कोलिनले ब्रह्माण्डमा पदार्थहरूको वितरण सबै दिशामा समान हुन्छ भन्ने तर्क र घनत्व विचलन/ अशान्ति तर्क बीच सम्बन्ध स्थापित गरे । तर यी दुई तर्क बीचको समता (balance) पनि असम्भव छ भन्ने कुरो पत्ता लगाए । यिनीहरूको निष्कर्ष यस्तो थियो, ‘पदार्थहरू सबै दिशामा वितरित भएको कारणले हाम्रो (मानवको) अस्तित्व रहेको हो । यदि यसो नहुँदो हो त न त तारापुञ्जहरू अस्तित्वमा आउँथे न मानव नै ।

यी विचारहरूसँग खेलिरहँदा स्टिफेनले के निष्कर्ष निकाले भने मनोवैज्ञानिक र थर्मोडाइनामिक्स बाणहरू ब्रह्माण्डको खुम्चदो अवस्थामा पछाडि फर्किदैनन् र यदि ब्रह्माण्डको अन्त्य भइहाल्छ नै भने पनि अत्याधिक धेरै समयपछि हुन्छ । सम्पूर्ण ताराहरूको अन्त्य हुने अवस्थामा जीवन पनि असम्भव बन्छ । उनले भने, ‘हामीले ब्रह्माण्डको अवलोकन गर्न सकिरहनु भनेको हामी ब्रह्माण्ड विस्तारित भइरहेको अवस्थामा छौ । न कि खुम्चिरहेको अवस्थामा ।”

स्टिफेनको यो प्रस्तावलाई वैज्ञानिकहरूले जादूको रूपमा लिए । क्यालिफोर्निया युनिभर्सिटीका डेभिड ग्रसले यसलाई खतरनाक भने किनकि यसलाई कसैकसैले विज्ञानले ईश्वरको अस्तित्वलाई प्रमाणित गर्नसक्छ भन्ने बोधमा प्रयोग गर्दै थिए । यसले भनेका थिए, ‘यसले धर्मको गन्ध दिन्छ । धर्म जस्तै यसको विरोध पनि गर्न सकिदैन । तर अरूले यसलाई धार्मिक नभनेर प्राकृतिक नियम भने । मिचिगान विश्वविद्यालयका गोर्डन काने (Gorden Kane) ले यसलाई बाजीसँग तुलना गर्दै भने, ‘यदि तिमीले जित्यौ भने तिमी कृतज्ञ बन्छौ तर एक जनाले त जित्नुपर्छ र कसले जित्छ भनेर कसैले जानेको हुँदैन ।” यस्तै ब्रह्माण्डको अद्वितीय नियमहरू छन् भन्दा ती नियमहरू कसैले बनायो भन्नु जायज हुँदैन । वैज्ञानिक जगतमा मात्र सीमित यस्ता तर्कलाई अब हकिङ जनमानसमा पु-याउँदै थिए ।

कसैले नपढेको तर सबैभन्दा बढी बिकेको किताब

भौतिक शास्त्रको दुनियाँमा फर्किएपछि स्टिफेन कस्मोलोजीसँग सम्बन्धित एउटा लोकप्रिय किताब लेख्न तयार थिए । बेन्टम बुकले पान्डुलिपीको प्रथम ड्राफ्ट सन् १८८५ को गर्मीमै स्वीकारी सकेको थियो र उनका सम्पादक पिटर गुजार्रडीले उनको पुस्तकमा धेरै खोट औंल्याउनुका साथै सुझावहरू पनि दिएका थिए । रोगका कारणले स्टिफेनले यी सुझाव एवं आलोचनाहरूमा काम गर्न सकेका थिएनन् । नयाँ यन्त्र एवं विद्यार्थी ब्राइन विट (Brian Whitt) को सहायताले आवश्यक संशोधन गर्न थाले स्टिफेन । सुरूमा पिटरको परिमार्जनको सुझावप्रति बेखुस भए पनि पिटर सही भएकाले उनले परिमार्जन पनि गरे । स्टिफेनले किताब प्रकाशित भइसकेपछि यस्तो प्रतिक्रिया दिए, “पिटरकै कारणले किताब अझ राम्रो बन्न सक्यो । यो पुस्तकमा हकिङले E=mc2 को समीकरणबाहेक अरू समीकरण प्रयोग गरेका छैनन् कारण बढी समीकरणहरू भएको किताब बिक्री गर्न मुश्किल हुन्थ्यो ।

स्टिफेनको किताब अब वितरित हुँदै थियो । नेचर नामक पत्रिकामा एक समालोचकले उनको पुस्तक (A Brief History of time) मा अनगिन्ती कमजोरीहरू भएको औल्याए । यसको प्रतिक्रियामा पेन्टम बुक्सले हुँदै गरेको, प्रकाशन रोक्यो र पुस्तकमा भएका कमजोरीहरू हतारमा सुधार गर्यो ताकि अप्रिलमा यो किताब औपचारिक रूपमा रिलिज गर्न सकियोस् । जेनलाई दागले (Shingles) सताएको एक हप्तापछि किताब लन्डनको रोयल सोसाइटीमा जुन १६ का दिन विमोचित भयो । जेन आफ्नो श्रीमानको उपलब्धिप्रति गौरवान्वित भइन् । उनल भनिन्, ‘यो उपलब्धिमा हामी दुवैको हात थियो । यसले विगतका चुनौती र तिनीहरूमाथिको हाम्रो विजयको सम्झना गराउँथ्यो ।
किताब चाँडै नै अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय बन्यो जुन स्टिफेनले कल्पनासम्म गरेका थिएनन् ।

यो अमेरिकामा ५३ हप्तासम्म सबैभन्दा बढी बिक्री हुने पुस्तक बन्यो भने लन्डनमा (बेलायतमा) चार वर्षसम्म । यो पुस्तक संसारको सबैभन्दा बढी बिक्ने पुस्तकको सूचीमा वर्ल्ड रेकर्डमा पनि समावेश भयो । यो पुस्तक संसारका साठी भाषामा रूपान्तरित गरियो । समस्या के थियो भने यो किताब झन्डै पढ्न नसकिने खालको थियो । मान्छेहरूले यसको खरिद सजाउन वा गफको विषयवस्तु बनाउनमात्र गरेको भन्ने पनि सुनियो । हकिङ आफैँले पनि त्यो किताब अलिक अप्ठ्यारो भएको स्वीकारे । आफूले इतिहासको जोड पद्धति (Sum over history method) र काल्पनिक समयको बारेमा चाहिने जति व्याख्या नगरेकोले यस्तो परिस्थिति उत्पन्न भएको हो भन्ने तर्क थियो स्टिफेनको । उनले भनेका थिए, “काल्पनिक समयको बारेमा मान्छेलाई बुझ्न अप्ठ्यारो परेको हुनसक्छ । यद्यपि काल्पनकि समय के हो भनेर बुझ्नु उति आवश्यक हुँदैन, जति यो हामीले भन्ने गरेको वास्तविक समयभन्दा फरक छ भनेर बुझ्नु आवश्यक छ ।”

किन त्यो किताब त्यति सफल भयो ? मान्छेले सकारात्मक समीक्षा पढेर मात्र किने त त्यो किताब ? मान्छेले हकिङको अपाङ्गपनामा चाख दिएकाले पनि यो पुस्तक त्यति सफल भएको हुनसक्ने सम्भावना औल्याउँछन् उनी । हुन पनि पुस्तकको खोलमा छापिएको ह्विलचेयरमा बसेको उनको तस्वीर आँखा खिच्ने खालको थियो । कसैले के सम्म औल्याए भने प्रकाशकले एउटा मान्छेको अपाङ्गपनाको प्रयोग गरेर बजार बिस्तार गरिरहेको छ । जो मान्छेले त्यो पुस्तक जीवनी हो भन्ने भावले किने उनीहरू तुरून्तै दुखित भएको हुनुपर्छ । किनकि उनले किताबको सुरूमै ‘यो ब्रह्माण्डको इतिहास हो, मेरो होइन’ लेखेका थिए ।

त्यो फेब्रुअरीमा टाइम पत्रिकामा ब्ल्याकहोलको बारेमा छपाएका एउटा लेखको कारण मान्छेले उनलाई मन पराउन थालेका थिए । त्यो लेखमा उनलाई बास्केटबल खेलाडी माइकल जोर्डनसँग तुलना गर्दै लेखिएको थियो, ‘जोर्डनलाई कसैले कुन कदम चाल्नुपर्छ भनेर भन्नु नपरे जस्तै हकिङमा पनि त्यस्तो स्वविवेक छ । हकिङका अनुसार, पाठकहरूले सम्पूर्ण किताब नबुझे पनि, उनीहरू ठूला एवं महत्वपूर्ण प्रश्नको छेउछाउ रहेकाले त्यो पुस्तक त्यसरी बिक्री भएको हो । हामी कहाँबाट आयौं र यसको सुरूवात कसरी भयो भन्ने जान्न को उत्सुक हुँदैन र ?

अप्ठ्यारो पुस्तकको ख्याति कमाए पनि पाठकहरू यो पुस्तकको भूमिकाबाट पनि आकृष्ट भए । कार्ल स्यागन (Carl Sagan) नाम गरेका अमेरिकी वैज्ञानिकले यो किताबको भूमिकामा लेखेका थिए, ‘यो किताब ईश्वरको बारेमा लेखिएको छ अथवा सायद ईश्वरको अनुपस्थितिको बारेमा । अतः यो भूमिकाले हकिङको ईश्वरको दिमाग बुझ्ने वैज्ञानिक उद्देश्यको बारेमा प्रष्ट पायो । स्यागनले लेखे, ‘यो बुझाइले ब्रह्माण्डको किनारा छैन, न त सुरूवात न अन्त्य नै छ र ब्रह्माण्डको निर्माणमा निर्माता (ईश्वर) को कुनै हात छैन भन्ने प्रष्ट्याउँछ । जसजसले त्यो किताब पढे, उनीहरूले त्यो किताबको एउटा उक्ति विवादास्पद ठान्नुका साथै दोहोऱ्याएर पढे । त्यो उक्ति यस प्रकार छ ।

‘हामी सबैजना दार्शनिक, वैज्ञानिक एवं सामान्यभन्दा सामान्य मान्छे पनि ब्रह्माण्ड र हामी (मान्छे) किन अस्तित्वमा छौ भन्ने उत्तर पत्ता लगाउने छलफलमा भाग लिन सक्छौं । यदि हामीले उत्तर पत्ता लगाउन सक्यौं भने त्यो मानव विवेकको सबैभन्दा ठूलो विजय हुनेछ किनकि त्यति बेलामात्र हामी ईश्वरको दिमागलाई बुझ्न सक्नेछौं ।”

वर्म होल्स् र बेबी युनिभर्स

A Brief History of time को सफलतासँगै हकिङ परिवार पनि चलिरहेको थियो । लुसीले द हर्ट अफ अ डग (The Heart of a Dog) नामक पुरस्कार नाटकमा भाग लिएकी थिइन् । यही कारणले उनले अक्सफोर्डको प्रवेश परीक्षा दिन सकेकी थिइनन् । हकिङ छोरीको नाटकको पहिलो रात नाटक हेरेर आफ्ना नर्सहरूसित । एक महिनाको निम्ति अमेरिका गए । उनलाई क्यालिफोर्निया विश्वविद्यालयले हिचक प्राध्यापन पुरस्कार दिँदै थियो । त्यो पुरस्कार वितरण समारोहमा उनले ब्रह्माण्डको उत्पति, समयको दिशा, “ब्ल्याक होल, ह्वाइट होल र वार्महोल (worm hole)” का बारेमा प्रवचन दिए । वार्महोलको बारेमा उनी अनुसन्धान गर्दै थिए ।
ती तत्वहरू, जो ब्ल्याकहोलमा खस्छन्, लाई के हुन्छ ?

यो प्रश्नको उत्तरमा हकिङले सीमारहित प्रस्तावको सहायता लिएका थिए । कुनै अद्वितीयता वा किनारा नभएको ब्रह्माण्डको अध्ययन गरिरहेका हकिङको विचारमा ब्ल्याकहोलमा खसेका तत्वहरू हराउने केही ठाउँ त हुनैपर्छ भन्ने थियो । उनले यस सन्दर्भमा भने, “अन्तरिक्ष समयको अर्को क्षेत्रमा पुऱ्याउने वार्महोलको अस्तित्व हुनसक्छ भन्ने तथ्य नै सबैभन्दा विवेकशील सम्भावना हो । वार्महोललाई सुरूङको रूपमा कल्पना गर्न सकिन्छ । वार्महोलको प्रयोग विज्ञान कथामा पनि भएको पाइन्छ । स्टार ट्रिक (Star Trek) नामक चलचित्रमा पात्रहरू प्रकाशभन्दा चाँडो यात्रा गर्न सकेको पनि देखाइएको छ ।

हकिङको विचार स्टार ट्रिकमा प्रयोग गरेभन्दा अलिक पृथक थियो । उनका अनुसार, वार्महोलले अन्तरिक्ष समयको कुनै क्षेत्रलाई नजोडी एउटा स्वतन्त्र र बन्द (closed) ब्रह्माण्डलाई जोड्न सक्थ्यो । यो बन्द ब्रह्माण्डलाई हकिङले बच्चा ब्रह्माण्ड (Baby Universe) नामाकरण गरे । यस्ता कति बच्चा ब्रह्माण्ड हुन सक्थे ? स्टिफेन भन्थे, ‘यिनको आफ्नै क्षेत्र हुन्छ र यस्ता ब्रह्माण्डहरू धेरै हुन सक्छन् । हकिङको विचारमा ब्ल्याकहोलमा हुने सूचना पतन (information loss) त्यहाँ खसेका वस्तुहरू बेबी (बच्चा) ब्रह्माण्डमा पुग्ने भएकाले भएको हो ।

सेलिब्रिटीको रूपमा भौतिकशास्त्री

उनको पुस्तक अत्याधिक सफल भए पछि स्टिफेन एक “सेलिब्रिटी’ बने । सन् १९८८ को अक्टोबरमा जेन र टिमी (Timmy) स्टिफेनको पुस्तकको स्पेनिस संस्करणको विमोचनमा बार्सिलोना पुगे स्टिफेनसँग । वास्तवमा सबैले उनलाई चिन्न थालेका थए, उनी जहाँ जान्थे मान्छेहरू भेला भइहाल्थे । यो अचानकको ख्याति एक तरिकाले नराम्रो पनि सिद्ध भयो ।

भौतिक वैज्ञानिक बन्न चाहनेहरू स्टिफेनलाई बेला न कुबेला फोन गर्थे । एउटाले त स्टिफेनले आफ्नो थेसिस पढिदिए छोरी लुसीसँग विवाह गर्ने कुरासम्म गयो । हकिङ संसारका पच्चीस महान् व्यक्तिहरूको सूचीमा पनि परे । पिपुल पत्रिकाले निकालेको यो लिस्टमा सम्पादकले लेखेका थिए, ‘हकिङको के बाँकी छ र ! एउटा मान्छे बोल्न सक्दैन, ङिच्च दाँत देखाउँछ र काम नलाग्ने अंगहरूले सजिएको छ तर पनि उसको उपलब्धि उच्चस्तरको छ ।’

यो यहाँको हाँस उठ्दो पक्ष पनि छ । उनलाई पात्र बनाएर ‘ब्लुम कन्ट्री’ नामक कमिक्स पनि निस्कियो । सिकागोका दुई धनाढ्यले हकिङ फ्यान क्लबको आठ हजार टिसर्ट निःशुल्क बाँडे । प्लेब्वाई नामक म्यागेनिजले समेत उनको अन्तर्वार्ता छाप्यो । वास्तवमा, उनी वास्तविक हिरो भएका थिए ।
उनले थुप्रै पुरस्कार एवं सम्मान पनि पाए । उनले क्याम्ब्रिजबाट विज्ञानमा सम्मानार्थ विद्यावारिधि प्राप्त गरे । यो सम्मान इटेनवर्गका ड्यूक (Duke) आफैले दिएका थिए । बेलायतकी महारानीले स्टिफेनलाई च्याम्पियन अफ अनर (Champion of Honor) प्रदान गरिन् । यो पदक ब्रिटेनको सबैभन्दा ठूलो पदक मानिन्छ । उनले ब्रिटानिका अवार्ड समेत प्राप्त गरे ।

हकिङलाई अल्बर्ट आइन्स्टाइनसँग तुलना समेत गरे मिडियाले । तर त्यस्तो तुलनाको विरोध गर्दै उनी भन्थे, ‘तपाईंहरू न मेरो तर्क बुझनु हुन्छ न त
आइन्स्टाइनकै ।

दुःखद् सम्बन्धविच्छेद

जो मान्छेहरू हकिङ परिवार एक सफल एवं सुखद परिवार हो भन्ने सोच्थे, ती मान्छेहरू अचम्मित हुने बेला आएको थियो । स्टिफेन आफ्नी नर्स इलाइन म्यासनसँग नाजायज सम्बन्ध राख्न थालिसकेका थिए । जेन यो सम्बन्धलाई स्टिफेनले उनको र जोनाथनको सम्बन्धलाई स्वीकार गरे जस्तै गरेर स्वीकार गर्न तयार थिइन् । यद्यपि उनको मान्यता के थियो भने, यो सम्बन्धले परिवार र केटाकेटीमा असर हुनु हुँदैन । सन् १९८९ को अक्टोबरमा लुसी अक्सफोर्डमा फ्रेञ्च र रसियन भाषा पढ्न भर्ना भइन् भने रोबर्ट स्नाकोत्तर पढ्न ग्लासगो गए । यति नै बेला स्टिफेनले जेनलाई सम्बन्धविच्छेद स्वीकार्न अनुरोध गर्दै पत्र पठाए । तर वास्तविक सम्बन्धविच्छेद भने आउँदो वर्षको फेब्रुअरी महिनामा भयो ।

सबै सदस्यहरूको गोप्यताको कारणले प्रेसले यो विच्छेदको बारेमा गर्मीयामसम्म थाहा पाएको थिएन । जब प्रेसले सुइँको पाए तब बखेडा सिर्जना भयो । जेनले त्यतिखेरको अनुभव व्यक्त गर्दै पछाडि भनिन्, ‘पत्रकारहरू शिकारी कुकुर जस्तै हाम्रो घरको गेटमा उभिएका थिए । तिनीहरूले हामीलाई आक्रमण गरिरहेका थिए । यो घटनाले वैज्ञानिक जगतलाई पनि उत्तिकै चकित एवं दुःखी तुल्यायो । व्यभिचार र धोकाको हल्ला फैलियो । कसै कसैले धार्मिक आस्थाको पृथकताले त्यो विच्छेद भएको हो समेत भने ।

संसारै चकित हुनुको कारण मान्छेहरूले हकिङ परिवारलाई सही अर्थमा नबुझ्नु थियो । नत्र किन त मान्छेहरू त्यति चकित बन्थे ? सम्बन्धविच्छेद र धोकाले विवाहलाई असर गर्छ नै । अध्ययनले पनि सपाङ्गहरूमा भन्दा अपाङ्गहरूमा सम्बन्धविच्छेद दर बढी हुन्छ भन्ने देखाएको छ ।
र वास्तवमा, त्यो विवाहलाई असफल भन्न सकिदैन । यो विवाह २० वर्षभन्दा बढी टिकेको थियो, यसले तीन जना मेधावी केटाकेटीहरू पैदा गरेको थियो र अप्ठ्यारो परिस्थितिमा स्टिफेनलाई टिकाएको थियो । हकिङ आफैँ जीवनका धेरै पक्षमा आफू भाग्यमानी भएको ठान्छन् । उनले A Brief History of Time को परिचयमा लेखेका छन्, ‘मेरी श्रीमती जेन र छोराछोरीको सहयोगले नै मलाई सामान्य जीवन जिउन सहयोग मिलको छ ।

विवाहको असफलताले उनको प्राज्ञिक जीवनमा केही असर गरेन । उनले अपाङ्गहरूको अधिकारको पक्षमा वकालत गर्न पनि छाडेनन् ।

इतिहासकारका लागि ब्रह्माण्ड सुरक्षित बनाउँदै

सन् १९९१ मार्च ५ को झरिलो साँझ, स्टिफेन आफनो नर्ससँग घर फर्कदै थिए । उनी बाटो काट्न थाले । एउटा कार आउँदै थियो । स्टिफेनलाई कारले उनलाई नभेटुन्जेलमा बाटो काट्छु जस्तो लागेको थियो । तर सकेनन्, कारले उनलाई ठक्कर दियो र उनी उछिटिएर भुइँमा लडे । उनको हिवलचियर कच्याककुचुक टाउकोमा टाँका मार्नुपर्ने अवस्था पनि आयो । यति हुँदाहुँदै पनि उनी दुई दिनपछि भयो, बोल्नका निम्ति प्रयोग हुने यन्त्र टुक्राटुक्रा भयो । उनको हात भाँचियो र
काममा फर्किए । यो घटनालाई प्रेसले प्राथमिकताका साथ हेर्यो ।

विवादास्पद सिद्धान्तको अनुसन्धानकर्ताको रूपमा स्टिफेनको ख्याति बढिरह्यो । कार्ल स्यागनले आफूले लेखेको उपन्यास कन्ट्याक्ट (Contact) को पाण्डुलिपी स्टिफेनका मित्रकिप थोर्नलाई पठाए । कार्ल आफूले यो विज्ञानकथा (Contact) मा प्रयोग गरेको विज्ञान सिद्धान्त सही छ वा छैन जान्न चाहन्थे । स्यागनको यो उपन्यासकी महिला पात्र आँखा झिमिक्कको समयमा पृथ्वीदेखि भेगा (एक काल्पनिक तारा) सम्म यात्रा गर्न सक्छिन् । थोर्नले वार्महोलको माध्यमबाट ती पात्रले यात्रा गरे राम्रो हुने सुझाव दिए । यद्यपि थोर्नमा वार्महोलको अस्तित्वको बारेमा शंकाहरू थिए । केही समयपछि थोर्न र उनका विद्यार्थीहरू मिलेर वार्महोलको बारेमा गम्भीर अनुसन्धान गर्न थाले । वार्महोलको अस्तित्व भेटिएको खण्डमा, मान्छेहरू, समय र अन्तरिक्ष दुवैमा यात्रा गर्न सक्षम हुन्थे । यसको अर्थ एउटा यात्री विगतमा फर्किएर बिग्रेको संरचना बदल्न सक्ने थियो ।

प्रसिद्धिसँगै अवसरहरू पनि निकै आए । रेसा सिद्धान्त (String Theory) का वैज्ञानिक डेभिड ग्रस र स्टिफेनलाई एक जापानिज कम्पनीले जापान भ्रमण गर्न आमन्त्रण गयो । यात्राको सबै खर्च आमन्त्रण गर्ने कम्पनीले व्यहोरेको थियो । यो भ्रमणको अनुभव सुनाउँदै ग्रसले पछाडि भने, ‘स्टिफेनसँग यात्रा गर्दा आफूले भेट्छु भनेर कहिल्यै नचिताएका मान्छेहरूसँग भेट्न सकिन्छ, उनी तिम्रा निम्ति सबै प्रकारका ढोकाहरू खोलिदिन्छन् । आफ्नो यात्रा अवधिभर हकिङ साहसी बने । एक अवसरमा त उनी एउटा भट्टिपसलमा समेत छिरे । त्यो भट्टीमा गाएको विटल्सको एउटा गीत एल्लो सबमारिन (Yellow Submarine) मा आफ्नो कम्प्युटराइज्ड आवाजले सँगसँगै गाए पनि ।

हकिङको ख्यातिले क्याम्ब्रिज विश्वविद्यालयलाई भौतिक फाइदा प्राप्त हुँदै थियो । उनकै ख्यातिको कारण, व्यवहारिक गणित एवं सिद्धान्तगत भौतिक विज्ञान विभागले नयाँ भवन निर्माणको निम्ति १७७ मिलियन डलरको सहयोग प्राप्त गरेको थियो । इन्टेल कर्पोरेसनका सहसंस्थापक गोडोन मुरे र उनकी श्रीमती बेट्टीले पुस्तकालय निर्माणको निम्ति १२.५ मिलियन डलर अनुदान दिएको थियो । यो पुस्तकालयमा हकिङका सम्पूर्ण कृतिहरू राखिएको थियो । हकिङ र इन्टेलको सम्बन्ध त्यति बेलादेखि स्थापित भएको थियो । जति बेला हकिङ इन्टेलको सफ्टवेयर प्रयोग गरेर बोल्न सक्ने भएका थिए ।

हकिङ अपाङ्गहरूको सफलताको नमूना बनिरहे र त्यो ख्याति पनि उनले परहितमा लगाए । सन १९९९ मा मात्र उनले ११ वटा अन्तर्राष्ट्रिय संस्थाको मानार्थ सदस्यता प्राप्त गरे । सन् २००१ को फेब्रुअरीमा हकिङले क्याम्ब्रिजको लेडी मिचेल हलमा एउटा प्रवचन दिए । यस प्रवचनबाट प्राप्त हजारौं डलर न्यूनहयाम प्राथमिक विद्यालय (अपाङ्गको एक विद्यालय) को विस्तारमा लगाइयो ।

अनपेक्षित जन्मदिन

The universe in a Nutsheel प्रकाशन भएको केही महिनापछि हकिङले आफ्नो साठीऔं जन्मदिन मनाए । यो चमत्कारिक थियो । यस रोगका एक विशेषज्ञ ब्राइन डिकीका अनुसार, ‘उनले यति बाँच्नु चमत्कार हुनु हो । उनले त्यति बाँचेर बेलायतमा रेकर्ड कायम गरेका छन् । यो रोग लागेका मान्छेहरूका निम्ति उनी चमत्कारिक उदाहरण हुन् । उनले ALS रोगलाई जितेका मात्र थिएनन्, एउटा उत्पादनशील जीवन गुजारा गर्दै सपाङ्ग मान्छेहरूसँग प्रतिस्पर्धामात्र गरेनन्, जिते पनि ।”

उनको जन्मदिनको अवसरमा उनका सहकर्मी एवं मित्रहरूले एउटा भाषणको कार्यक्रम आयोजना गरे । क्याम्ब्रिजमा जनवरी ७, २००२ मा आयोजित यस कार्यक्रममा उनी आफैले पनि बोक्राभित्र साठी वर्ष (Sixty years in Nutsheel) विषयमा प्रवचन दिँदै आफ्नो चिहानमा ब्ल्याकहोल इन्ट्रोपीको सूत्र राखिदिन अनुरोध गरे । ग्यारी गिब्बन्स नामक मित्रले सो कार्यक्रमको औचित्यलाई पुष्टि गर्दै भने, ‘यो कार्यक्रमकोउद्देश्य हकिङले गुरुत्व भौतिक विज्ञान एवं कस्मोलोजीको क्षेत्रमा गरेको उल्लेख्य योगदानको कदर गर्ने हो ।’

त्यस्तै मित्र तथा वैज्ञानिक रोगर पेन रोजले भने, ‘हकिङ औपचारिक रूपमा बूढा भएका छन् । उनको साहस र योगदान कदरयोग्य छ । यी भाषणलाई सैद्धान्तिक भौतिक विज्ञान र कस्मोलोजी नामक पुस्तकमा समेट्ने काम पनि गरियो । केही समय पछाडि यी प्रवचनहरूलाई बीबीसीले प्रसारण गर्यो ।

हकिङ नाटकात्मक रूपले जनताको नजरमा प्रवेश गरे । बीबीसीले सन् २००४ को अप्रिलमा हकिङ नामक टेलिभिजन नाटक प्रसारण गयो । त्यस्तै फिलिप मार्टिनले निर्देशन गरेको चलचित्र स्टिफेन हकिङ्ज युनिभर्स (Stephen Hawkin’s Universe) ले ती पुराना दिनहरूको कथा देखायो जतिबेला हकिङलाई ALS ले समातेको थियो, जतिबेला उनको भेट जेनसँग भएको थियो । यो चलचित्र केही हदसम्म जेनको आत्मकथामा आधारित थियो ।

स्वास्थ्यस्थिति स्थिर रहेको मौकामा, सिलिकन ग्राफिक्ससँग सहकार्य गरेर एउटा चलचित्र निर्माणमा जुटे । स्टिफेन हकिङ्ज वियोन्ड हराइजन (Stephen Hawkin’s Beyond Horizon) रहेको यो चलचित्र आइन्स्टाइनको विशेष सापेक्षताको सिद्धान्तको सयौं वार्षिकी तथा विश्व भौतिक विज्ञान वर्षको अवसरमा सन् २००५ मा रिलिज गरिने लक्ष्य राखिएको थियो । हकिङका अनुसार यो चलचित्रको उद्देश्य ब्रह्माण्डलाई सबैले बुझ्ने बनाउने थियो ।

सन् २००४ को वसन्तमा हकिङले सूचना पतन विरोधाभाषको समस्या समाधान गरेको हुन भन्ने हल्ला फैलियो । अन्त्यमा, हकिङले आफ्नो नयाँ सिद्धान्तको बारेमा क्याम्ब्रिजमा एउटा सेमिनार आयोजना गरेर वैज्ञानिक कमिटीका सभापति कर्ट कटलरलाई आफ्नो नयाँ सिद्धान्त पढिदिन आग्रह गरे । मिडियाले हकिङले गरेको गल्तीको स्वीकारलाई विश्वव्यापी रूपमा छापे । जुलाई २१ मा भएको उनको भाषणमा ६ सय जना श्रोताका अतिरिक्त दर्जनौ संवाददाता पनि भेला भए । यो कन्फरेन्स आयोजक पेट्र्स प्लोरिडेसले ठट्यौली पारामा भने, ‘हकिङको तर्कको विश्वव्यापी प्रचारले प्रकाशभन्दा केही चीज पनि चाँडो हिंड्न सक्दैन भन्ने तथ्यलाई मात दिएको देखिन्छ ।

हकिङले एनटी डे सिटर, ब्रेन सिद्धान्त र काल्पनिक समय (यूक्लीडियन तरिका) को प्रयोग गरेर आफ्नो निष्कर्ष निकालेका थिए । उनको निष्कर्ष अनुसार, ब्ल्याकहोलको एकै समयमा एकभन्दा बढी ज्यामिति हुन सक्छ । यसको अर्थ, वास्तविक घटना क्षेत्र (event horizon) बन्नै सक्दैन र सूचना रोक्का हुनै सक्दैन । बेबी युनिभर्सको कल्पना गर्नु जायज हुँदैन किनकि सूचना कहाँ जान्छ भनेर वर्णन गरिरहनु आवश्यक छैन । हकिङले आफ्नो गल्ती स्वीकार गर्दै भने, ब्ल्याकहोलको प्रयोग गरेर अन्य ब्रह्माण्डमा यात्रा गर्नु सम्भव छैन ।

यदि कोही ब्ल्याकहोलमा हाम फाल्छ भने, उसको पिण्ड शक्ति फर्किन्छ तर लथालिङ्ग भएर चिन्न नसकिने भएर । यसपछि उनले प्रिकिललाई एउटा वेसबल बृहत् ज्ञानकोष टक्रयाए । तर थोर्नले भने हार मानेनन् । प्रिकिल जीतमा हर्षित त भए अब मित्रवत झगडा गर्ने मान्छे रहेनन्, भनी दुःखी पनि भए । उनले हकिङको नयाँ सिद्धान्तको बारेमा प्रश्न गर्दा भने, ‘मैले उनको तर्क बुझ्दै बुझिन ।” धेरै सहकर्मीहरूले थोर्न र प्रिकिलको मूल्यांकनलाई सही ठहर गरे । काल्पनिक समय र वास्तविक समयमा गरिएको आँकलनले एउटै परिणाम दिन्छ भन्ने कुरा प्रमाणित नभएको अवस्थामा, यूक्लिडियन पद्धतिको बारेमा शंका उठ्नु सामान्य थियो ।

हकिङ आफैले पनि ब्ल्याकहोलले कसरी सूचना फर्काउँछ भन्ने बारेमा केही बोलेनन् । जेरार्ड हफ्ट हकिङ यो अल्प वाक्यप्रति असन्तुष्ट भए भने ब्रिटिस कोलम्बिया विश्वविद्यालयका विलियम अनरूहले कुटनैतिक हुँदै भने, ‘यो समस्याको एउटा अंश के हो भने उसले (हकिङ) थोरै विवरणहरू दिएकोमा, हामी यो निष्कर्षलाई विश्वास गर्न सक्छौ / सक्दैनौ भन्न मुस्किल छ । हकिङ मूर्ख होइनन्, त्यसैले उनले गम्भीर भएर भनेका कुराहरूलाई हामी लिनेछौं .. । तर हामीले अहिले सुनेको सम्पूर्ण सिद्धान्त हचुवा जस्तो लाग्छ । हकिङका मित्रहरू र संसारले हकिङ ब्ल्याकहोल सिद्धान्तका गुरु हुन् / होइनन् भन्ने पत्ता लगाउन अर्को लेख प्रकाशित हुन्जेलसम्म पर्खनुपर्छ ।

स्टिफेन हकिङ मान्छे विरुद्ध मिथक

डा. स्टिफेन हकिङलाई हामी के भन्न सक्छौं, विश्व विख्यात भौतिक वैज्ञानिक अथवा सांस्कृतिक प्रतिमा ? विगत चार दशकमा उनले गम्भीर वैज्ञानिक छलफलहरू गर्नुका साथै महत्वपूर्ण आविष्कारहरू (आफ्ना तथा सहकर्मी) का निम्ति भ्रूण प्रदान गरेका छन् । उनले विज्ञानको राजदूत भएर काम गरेका छन्, ब्रह्माण्ड विज्ञानलाई सजिलो पारामा प्रस्तुत गरेका छन् । उनी शारीरिक समस्या भएका मान्छेहरूका निम्ति एक सकारात्मक नमूना पनि हुन् । वास्तवमा, उनी आधारभूत रूपमा एक सहकर्मी, मित्र, गुरू, पिता, हजुरबा र श्रीमान् हुन् ।

अब आउने दिनमा उनी निष्कृय बने भने पनि उनको बिंडो सदासर्वदाको निम्ति रहिरहनेछ । तर हकिङ कैयौं पुरस्कारको हकदार भएको भए पनि नोबेल पुरस्कारले उनलाई बारम्बार छक्याएको छ । हुन पनि यस्तो सम्मान प्राप्त गर्न हकिङका सिद्धान्तहरूको प्रयोगात्मक प्रमाणीकरण हुन आवश्यक छ । हकिङ आफैँ भन्छन्, `वर्षों अगाडि गरेका कामको निम्ति पुरस्कार खोज्नुभन्दा नयाँ आविष्कार गर्ने दिशामा निरन्तर काम गर्न जरूरी हुन्छ । त्यस्तै उनका पुराना मित्र एवं सहकर्मी जिम हार्टल भन्छन्, ‘हकिङमा भएको साहस, ज्ञान, दर्शनले उनलाई ती विचारहरू उत्पादन गर्न सहयोग गरेको छ जसले अन्तरिक्ष र समय, ब्ल्याकहोल र ब्रह्माण्डको उत्पत्तिसम्बन्धी धारणालाई परिवर्तन गरेको छ ।”

(विश्व हल्लाउने व्यक्तित्व पृ  -४७४-४९५ ,डिकुरा प्रकाशन २०७५)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।