१३ बैशाख २०८१, बिहीबार

तामाङ मुक्ति माेर्चा नेपाल, केन्द्रीय राष्ट्रिय भेला आयाेजक समितिकाे बैठक सम्पन्न

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी निकट तामाङ मुक्ति माेर्चा नेपालकाे केन्द्रीय राष्ट्रिय भेला आयाेजक समितिकाे बैठक काठमाडौँमा सम्पन्न भएको छ । बैठक माेर्चाका संयाेजक प्रेरककाे अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त बैठकका प्रमुख अतिथि नेकपा केन्द्रीय स्थायी कमिटी सदस्य एवं माेर्चाका फ्याक्स इन्चार्ज विषमले पार्टी नीति, कार्यक्रम, उदेश्य, पार्टीले लिएकाे लक्ष्य र तामाङ मुक्ति माेर्चाले खेल्नुपर्ने भूमिका, नक्कली कम्युनिस्ट र गणतन्त्र लगायतको विषयमा स्पष्ट पार्दै गतिमा अघि बढ्नु पर्नेमा जाेड दिए ।
अर्का विशेष अतिथि माइला लामा प्रज्ववलले तामाङ उत्पीडनकाे इतिहास, वर्तमान सरकार, राष्ट्रिय समस्या, सबैकाे अध्ययन र समिक्षा गरि संघर्षको रुप दिई अघि बढ्नु पर्ने धारणा राखे ।

माेर्चाकाे बैठकमा काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौँ, ललितपुर, रामेछाप, सिन्धुली, दाेलखा, धादिङ लगायतका जिल्लाहरुकाे उपस्थिति रहेकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।