१५ चैत्र २०८०, बिहीबार

नेकपा महासचिव विप्लव र डा बाबुराम भट्टराई बीच भेटवार्ता

देशको संकटको निकासबारे छ्लफल

0

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई बीच भेटबार्ता भएको छ।देशमा आर्थिक- राजनीतिक संकट गहिरिदै गएको ,बाह्य हस्ताक्षेप बढ्दै गएर मुलुकको सार्वभौमिकता खतरामा रहेको र १० बर्षको जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बेला बामपंथी , देशभक्त, कम्युनिस्टहरु र सच्चा लोकतान्त्रिक शक्तिहरु बिच सहाकार्य र धुर्बिकरणका बिषयमा छलफल गर्न दुई शीर्ष नेता बीच भेटवार्ता भएको महासचिव विप्लवको सचिवालयले पुष्टि गरेको छ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कपिलवस्तुमा भएको भेटघाट पछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेकपाको पार्टी कार्यालयमा रहेको पुस्तकालय ,तरकारी खेति, माछा पोखरी र अन्य निर्माणाधीन भौतिक संरचनाहरुको अवलोकन गरेका थिए भने महासचिव विप्लवले भट्टराईलाई कार्यालयमा स्वागत गरेका थिए।

नेपालको भु- राजनीतिक अवस्थिति , बिश्व शक्ति सन्तुलनको नयाँ हेरफेरको संभावना र नेपालमाथि एमसिसि लगाएतका सम्झौता लादिएको बेला देशको स्वाधीनता निकै खतरामा रहेको बिश्लेषणका बीच नेपाल कम्युनिस्ट पार्टीले झापा आन्दोलन देखि माओवादी जनयुद्ध सम्मका कम्युनिस्ट , एमसिसि बिरोधि देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुको बृहत मोर्चाको निर्माण वा सहकार्यको बाताबरण बनाएर रास्ट्रीय स्वाधीनताको रक्षाका लागि पहल गर्ने प्रयत्न गरिरहेको र महासचिव विप्लवका पछिल्ला अभिब्यक्ति र राजनीतिक भेटघाटलाई त्यसैको अंगको रूपमा  हेरिएको छ।

संसदीय व्यवस्था अन्तर्गत शान्ति र संविधानको लाइनमा प्रचण्ड बाबुराम सोझिएपछि कुनै बेला माओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादी केन्द्रसङ्ग मुख्य संघर्ष जस्तो स्थित रहेको नेकपा र यसका महासचिव विप्लव अब भने प्रचण्ड निकै कमजोर बन्दै गएको, बाह्य हस्तक्षेपबाट देशको रक्षा गर्नु मुख्य कार्यभार बन्दै गएको र दलाल पुँजिबादको दबदबा विरुद्ध देश भक्तहरुको सहकार्य अपरिहार्य रहेको निष्कर्ष सहित सबै माओवादी र कम्युनिस्टहरुको बीचमा एकता गर्ने, एकता हुन नसके संयुक्त मोर्चा र साझा मुद्दाहरूमा कार्यगत एकताको दिशामा अगाडि बढ्न खोजेको नेकपा सम्बद्ध नेताहरुको बिश्लेषण छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।