१४ बैशाख २०८१, शुक्रबार

श्रमिक समुदाय क्रान्तिकाे हिरा हाे, समाजवादमा टल्किन्छ : विकल्प सी

0

काठमाडौं; परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्वबारे अन्तरक्रिया कार्यक्रम देशकै पर्यटकीय केन्द्र काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्पले श्रमिक समुदाय क्रान्तिको हीरा भएको बताएका छन् । उनले श्रमिक समुदाय समाजवाद आएपछि टल्किने र टल्काउनु पर्ने बताए । उनले भने, ‘श्रमिक समुदायको सबै अधिकार समाजवादी व्यवस्था नभई पाउदैन, उसको राजनीति, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य र रोजगारको पूर्ण अधिकार प्राप्त गर्ने भनेकै समाजवादी व्यवस्था हो । त्यसकारण समाजवादी व्यवस्था ल्याउने प्रमुख दायित्व पुरा गर्न एकीकृत जन क्रान्तिमा निस्सर्त संगठित हुनु हो र संघर्षमा हाम फाल्नु हो ।’
अहिलेसम्मको मानव विकास र विश्व ईतिहासलाई वैज्ञानिक दृष्टिकोणमा आधारमा बुझ्न र यसको गतिशील नियमलाई प्रयोग गर्नुपर्नेमा जोड दिए ।
प्रकृति विज्ञान र समाज विज्ञानमा यो लगातार रुपमा प्रयोग हुँदै आएको छ । उदाहरणको रुपमा जीव विज्ञान र भौतिक विज्ञानका आविष्कारहरू एवं प्रकृति विज्ञानमा भइरहेका नयाँ नयाँ खोज र अनुसन्धानहरु यसैको उपज भएको बताए । त्यसकारण वैज्ञानिक दृष्टिकोण र सिद्धान्तलाई आत्मसात गर्नुपर्ने बताउँदै ब्रम्हाण्डको उत्पत्ति र मानव विकास क्रमका प्रशस्तै उदाहरण सहित वैज्ञानिक व्याख्या गरेर आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
नेता विकल्प सी ले सामन्तवादले विशेषगरी दक्षिण एसियामा राज्यसत्ताकै बलद्वारा श्रमिक समुदायका सम्पूर्ण अधिकारहरु छिनेर समाजको सबैभन्दा पिँधमा पुर्याएको बताए । श्रमिक समुदाय नै इतिहासको रक्षाकबज भएतापनि अन्य उत्पीडितहरु जस्तै सामन्तवाद र पुँजीवादमा उनीहरुले आफ्नो पूर्ण अधिकार कहिल्यै नपाउने समेत बताए । उनले भने, ‘हाम्रो उदेश्य भनेको समाजवादी क्रान्ति पूरा गर्नु हो । सत्ता बाहेक सबै कुरा भ्रम हो भने जस्तै श्रमिक समुदायलाई सत्ताको मालिक बनाउनु भनेको दलाल सत्ताको विरुद्धमा संघर्ष गरेर समाजवादी व्यवस्था ल्याउनु हो । त्यसैले अब हामी नयाँ शिराबाट जानुपर्दछ, पुरानो तरिकाबाट हुँदैन र पुगेन नयाँ तरिका भनेको लड्ने मात्र होइन, हाम्रो दृष्टिकोण, विचार, कार्यक्रम, योजना र संघर्षमा पनि नयाँ चाहियो । पुरानो तरिकाले भएन, मौलिक र वैज्ञानिक तरिकाले गर्नु पर्यो अनि मात्र नयाँ समाज बनाउन सक्छौँ । त्यसको लागि नयाँ अनुसन्धान र प्रयोग गर्नु पर्यो ।’
उनले थपे, ‘आज जति पनि पुराना र रुढीवादी विचारधारा छन् ती सबैले श्रमिक समुदायको पूर्ण मुक्तिको बाटो छेक्यो । त्यसलाई सही विचार र दृष्टिकोणले तोड्नु पर्दछ । आज व्यापक गुलियो विषादी भ्रमले श्रमिक समुदायलाई लपेट्न खोजिरहेको छ, त्यसबाट बचाउनु पर्छ । त्यो संघर्षमा श्रमिकहरूलाई अपराजेय शस्त्र मालेमावाद र आम जनताको एकतामा एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादमा पुर्यारउनुपर्छ । आज श्रमिक समुदाय व्यवहारिक रुपले बाच्न नसक्ने अवस्थामा पुगेको छ, राजनीतिरुपले सबै अधिकारबाट बञ्चित छ । सांस्कृतिक रुपले पुरै वेदनामा डुबेको छ र संघर्षको रुपमा पुरै दबाइएको अवस्था छ । अब हाम्रो दायित्व भनेको नेपालका श्रमिकहरुलाई एउटा नयाँ चेतनामा, जागरणमा उठाएर सबै समस्याहरुलाई मिचेर एक पटक एउटा मिसाइलको रुपमा आन्दोलन उठान गर्नु पर्ने दायित्व छ, हामी गर्न सक्छौँ ।’
उनले भने, निकै मेहनतका साथ तयार गरेर अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको अवधारणापत्र राजनैतिक, आर्थिक, सामाजिक एवं पर्यावरणीय र सांस्कृतिक सिद्धान्त र व्यवहारको दुबै आखाँले नयाँ अनुसन्धान सुरु भएको छ । श्रमिक समुदायको आजको यथार्थपरक व्यवहारिक स्थितिलाई अवधारणामा जीवन्त उतारेर अग्रगामी एवम् सही निष्कर्ष निकालेको बताए । र, केन्द्रीय श्रमिक विभागलाई धन्यवाद प्रदान गरिएको थियो ।

श्रमिक समुदाय केन्द्रीय विभागका सदस्य तथा पार्टीका केन्द्रिय सदस्य सन्जीब सी ले संचालन गरेको उक्त कार्यक्रम विभागका इन्चार्ज सन्तोषी सी को अध्यक्षतामा भएको हो । सो अन्तरक्रियामा विभागका सदस्य डिल्ली सी ले अवधारणापत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम संचालक सन्जीव सी ले उक्त कार्यक्रमको उद्देश्य, लक्ष्य र योजनाका बारेमा प्रष्ट पारेका थिए । विभागले ऐतिहासिक रुपमा पछि परेको श्रमिक समुदायलाई राज्यसत्ताको मालिक बनाउने तहसम्मका कार्यक्रमहरूलाई नयाँ ढंगले अनुसन्धान गरिरहेको बताए । यो नयाँ मानवजाति बनाउने तर्फ अघि बढेको छु, उनले भने । अर्का सदस्य डिल्ली सी ले अवधारणा पत्र प्रस्तुतिको अतिरिक्त कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए ।

यसका अतिरिक्त देश र जनताको स्थिति अत्यन्तै संकटग्रस्त भएकोले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका निम्ति श्रमिक समुदायले खेल्नु पर्ने भूमिकालाई सहभागी अतिथिहरुले गहन ढंगले चर्चा गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज बिन्दु सीले श्रमिक समुदाय र उत्पीडित महिलाहरूको वैज्ञानिक समाजवादबाट प्राप्त हुने पूर्ण अधिकारको बारेमा चर्चा गरेकी थिइन् । उनले भनिन्,सी जातिको सुरुवात परिवर्तनकारी आन्दोलनमा एउटा ऐतिहासिक निर्णय हो ।त्यसैगरी अर्का अतिथि तामाङ मुक्ति मार्चा नेपालका केन्द्रीय संयोजक प्रेरकले सी जातिले नयाँ मानवजाति निर्माण गर्न अत्यन्तै महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने,यसलाई सच्चा कम्युनिस्टहरुले अत्यन्तै साहसका साथ प्रयोग गरेर अघि बढ्नुपर्नेु बताए । पूर्वी ताम्सालिङ ब्युरोका जवस इन्चार्ज युगीनले समाजवादी क्रान्तिले परिवर्तनका सम्पूर्ण क्षेत्रहरुलाई अनिवार्यरूपमा समेट्ने भएकोले श्रमिक समुदायको नामाकरण र सी जाति निर्माणको अभियानका बारेमा चर्चा गरे । अर्का अतिथि काभ्रे जिल्ला सेक्रेटरी कमरेड सुरेन्द्र सी ले ब्राह्मणवाद र रुढीवाका विरुद्ध लड्नुपर्ने बताए उनले भने,अहिलेपनि ब्राह्मणहरुले कुनै खोलाबाट जलविद्युत् उत्पादन गरिसकेपछि फेरि बगेको पानीमा पहिलाको शक्ति सकिएको हुने भनेर कुतर्क गर्ने ब्राह्मणहरूलाई सही र गलतका आधारमा वैज्ञानिक दृष्टिकोण सहित बहस छेड्नुपर्ने बताए । अन्य अतिथिहरु तथा जबस नेताहरू श्रमिक समुदायका ब्युरो संयोजक नविन सी ले श्रमिक समुदायको आन्दोलनमा आफ्नो लामो अनुभव र अनुभूति सहित क्रान्तिकारी धार र सही विचार तथा पार्टीले मात्र श्रमिक समुदायको मुक्तिको सुनिश्चित हुने कुरामा जोड दिए । अखिल क्रान्तिकारीका ब्युरो इन्चार्ज दयाराम सी ले समाज रुपान्तरणको वैज्ञानिक विचारलाई पाठ्यक्रममा समावेश गरी नयाँ शिक्षा प्रणाली शुरुवात गर्नु पर्नेमा जोड दिए । अखिल नेपाल महिला संघ क्रान्तिकारीका पवित्रा सी ले अन्तरक्रिया कार्यक्रमले आफू अत्यन्तै खुसी भएको र यस्ता किसिमका अन्तरक्रियात्मक कार्यक्रमहरु सबै क्षेत्रमा पुर्याएर आम जनतामा जागरण पैदा गरी क्रान्तिमा जोड्न आवश्यक रहेको बताइन् । उद्योग वणिज्य महासंघका केन्द्रीय नेता सीताराम सी ले पनि अत्यन्तै विचार उत्तेजक बहस गरेका थिए । उनले विभिन्न तर्क र तथ्य अघि सारेर समाज रूपान्तरणको बारेमा चर्चा गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा श्रमिक समुदायको केन्द्रीय विभागका ईन्चार्ज एवम् केन्द्रीय सल्लाहकार सन्तोषी सी ले उक्त कार्यक्रममा विचारको व्यापक मन्थन भएको र प्रशस्तै सुझाव र सहयोग प्राप्त भएको बताइन् । देशैभरी भइरहेका अन्तरक्रियात्मक कार्यक्रमहरुका आ-आफ्नै विशेषताहरु भएको तर यसपटकको कार्यक्रमले आफूलाई विशिष्ट एवं फरक अनुभूति गराएको पनि बताइन् । यस्तै उत्कृष्ट स्तरका अन्तरक्रियात्मक बहस र छलफलहरु भइरहनुपर्ने लागेको बताईन । बहसमा सबैले सही र अग्रगामी विचारलाई जोड दिएकोमा र विभिन्न तर्क र तथ्य सहित त्यसलाई पुष्टि गर्ने कोसिस गरेकोमा खुसी लागेको व्यक्त गरिन् । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई बिशेष आभार एबम् धन्यबाद व्यक्त गर्नुको साथै कार्यक्रमलाई समापन गरिन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।