१६ चैत्र २०८०, शुक्रबार

अन्तु ठेक्का बदर गर्न नेकपा इलामको माग

0

इलाम | जिल्लाको सुर्योदय नगरपालिकाले पर्यटकिय स्थल श्री अन्तुको प्रवेश शुल्क लगायतको आयश्रोत कब्जा गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी इलामले बिरोध जनाएको छ। नेकपा इलामका इन्चार्ज मौसम र सचिब नवराजले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकाको निर्णयको बिरोध जनाएको हो।

श्री अन्तु डांडा पर्यटन सामुदायिक बन उपभोक्ता समुहको बन क्षेत्र भित्र २०७२ मा मेची पहाडी पर्यटन प्रवर्द्धन समिती मार्फत लगानी भै निर्माण भएको भ्यु टावर बन उपभोक्ता समूहसंग कुनै समन्व नगरी एकलौटी रुपमा ठेक्का लगाएर आयश्रोत कब्जा गर्नु सामुदायिक बनको कार्ययोजना र नियमावली बिपरित रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । 

बिज्ञप्तिमा भनिएको छ- उपभोक्ता हरुको अधिकार कटौती गरि एकलौटी श्रोत कब्जा गरेको  सुर्योदय नगरपालिकाले तत्काल ठेक्का बदर गरि उपभोक्ता समितिलाइ नै फिर्ता गर्न अनुरोध गरिन्छ । यो अनुरोधलाई बेवास्ता गरे अबैधानिक तरिकाबाट उठाइंदै आएको अन्तु प्रवेश शुल्कमै रोक लगाउने नेकपा इलामले चेतावनी दिएको छ ।

यस्तो छ बिज्ञप्ती


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।