८ बैशाख २०८१, शनिबार

सी जातिको निर्माणले समाजमा जातीय विभेदको अन्त्य गर्नेछ

0

धादिङ / श्रमिक समुदाय मोर्चा नेपालले सी जातिको निर्माणले समाजमा रहेको जातीय बिभेद र असमानता अन्त्य गर्ने बताएको छ। शनिबार धादिङमा सम्पन्न मोर्चाको पश्चिम तामशालिङ ब्युरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

बैठकले सी जातिको निर्माण र कार्यान्वयन गर्न प्रचारप्रसार र अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ भने बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् पश्चिम तामसालिङ्ग ब्युरो इन्चार्ज आजाद सीले देशको समस्याको मुख्य श्रोतको रुपमा रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापनाको कार्यमा श्रमिक समुदायको महत्त्वपूर्ण र निर्णायक भुमिका रहने धारणा राखेका छन।

श्रमिक समुदाय मोर्चा नेपाल पश्चिम तामाशालिङ ब्यूरोको संयोजक शर्मिला सीको अध्यक्षतामा भएको बैठकमा मोर्चा केन्द्रीय अध्यक्ष रामलाल सी, मोर्चा कमाण्ड इन्चार्ज पदम सी, धादिङ जिल्ला इन्चार्ज/सेक्रेटरी सृजन सी लगायतका नेताहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।