२१ बैशाख २०८१, शुक्रबार

पुँजीवादको सांस्कृतिक हस्तक्षेप

0

पुँजीवादले संस्कृतिलाई आफ्नो सत्ता र स्वार्थ कायम गर्नका लागि प्रयोग गर्दै आईरहेका छ । विश्वभरिका देशहरु जहाँ पूँजीवाद स्थापित भएका देशमा पूँजीवादलाई वलियो वनाउन र पूजीवाद स्थापित नभएका देशहरुमा पूँजीवाद आफ्नो नवउपनिवेश खडा गर्न मरिमेटी लागेको छ । पूँजीवादले आदर्शवादी दर्शनलाई विश्वभरि फैलाउने, नभएको स्वर्ग नर्गको कल्पनामा मानिसको जीवनलाई कैद गरिदिने काम गरिरहेकोछ । सिङ्गो मानव जातिलाई यथार्तको धरातलवाट अलगथलग पारेकोछ । मानिसलाई वास्तविक विज्ञान र सत्यवाट गलत र भ्रममा वाच्न विवस वनाएको छ । सम्पुर्ण मानवजातिलाई पूँजीनियत्रित एउटा वस्तुमा रुपान्तरण गरेको छ ।

महिलाहरुलाई मनोरञ्जनको साधनको रुपमा लगेको छ । आफ्नो वर्गको लागि संस्कारलाई भरपुर प्रयोग गरेको छ । आफ्नो सत्तास्वार्थको लागि अनैतिक, अमानविय कार्य गर्दै आईरहेको छ । पूँजीवाद र उसको राजनीति स्थापित गर्न मान्छेलाई जस्तोसुकै अनैतिक,छाडा,अस्लिल क्रुर र हिंस्रक वन्न तयार भएर आएको छ ।

मुलत यो सैन्य प्रविधि,आर्थिक,राजनितिक,भौगोलिक सवै हिसावमा आएको छ । हाम्रो देशमा पनि जवरजस्त धार्मिक र साँस्कृतिक रुपमा आएको छ । पूँजीवादीसँस्कारमासमानता,स्वतन्त्रता,सामुहिकता,मानवियता भन्ने विषयहरु वेकार र अर्थहिन छन । पूँजीवादले सारा सँस्कृतिलाई एक अम्खराको पानी जस्तै वनाएको छ । यी र यस्ता तमाम विषयमा हामीले यो लेखमा चर्चा गर्नेछौ ।

भूमण्डलीकृत पुँजीवादले आफ्नो सत्ता र प्रभूत्वलाई संस्कृतिमा बदल्ने कार्य गर्दै आएकोछ । उसले आफ्नो संमृद्धि र हैकमका लागि गरीब देशहरुमा धर्म, अन्धविश्वास, रुढिवादलाई पुँजीको बलमा फिजाइ रहेको छ । यसका पछाडि केही गंभीर षड्यन्त्र छिपेका छन् । पूँजीवादले धर्मसँस्कृतिद्धारा विश्वका साना देश र त्यहाँका जनताहरुमा तल उल्लेखित स्वार्थहरु पुर्ति गर्दै आएकोछ ।

जनतालाई क्रान्तिकारी विचारवाट विमुख गराउँछ  

धर्म -सँस्कृतिको नाममा पूँजीपति वर्गले उत्पीडित वर्ग, जाति र समुदायलाई वर्ग संघर्षको क्रान्तिकारी विचार र मार्गबाट विमुख गरी उत्पीडित हुनुको कारण सत्ता हैन,आफ्नै भाग्य र पुर्वजुनिको पाप र दैवी कारण हो भन्छ । यो नै घोर प्रतिक्रियावादी सोच हो । जनतालाई यथार्त ज्ञानवाट परको संसारमा पूराउने र आफ्नो लुटको संसार वचाउने प्रपञ्च हो यसलाई जनताहरुमा स्पस्ट गर्नु पर्दछ । पूँजीवादले भारतिय सञ्चार च्यानलहरु खुल्ला गरेर  शिव पूजा कसरी गर्ने,कुन पूँजामा कुन फेसनका कपडा लगाउँने, कस्ता गहना लगाउँने,श्रीमानसँग के के माग गर्ने, श्रीमानको खूट्टामा ढोक्ने,पैतलाको पानी खान सिकाउछ ,यसरी नेपालको सँस्कृतिमा नाङ्गो हस्तक्षेप गरेको छ ।  

यो धर्म सँस्कारले महिलाहरुलाई वोक्सीको आरोपमा दिसा खुवाउने, हत्या गर्न प्रेरित गर्ने, उत्पिडित तथा श्रमिक समुदायलाई छुवाछुत गर्ने, तल्लो- माथिल्लो जात भनेर हेप्ने काम गरिरहेकोछ । महान गुरु माक्र्सले धर्म अफिम हो भन्नु भएको छ । जुनसुकै धर्म आदर्शवादी दृष्टिकोण र पूँजीवादले नेतृत्व गरेको हुन्छ । नेपालीहरुलाई हिन्दू धर्म छोड्न लगाएर कृश्चियन धर्ममा प्रवेशगर्न लगाईदै छ । त्यो भनेको गाँजाको सट्टा हिरोईन खान लगाए जस्तै हो । ठुलठुला चर्च,गुम्वा बनाईएका छन । ति धर्मालयहरु न त नेपालको कानुन अनुसार दर्ता भएका छन न त उनिहरु नेपाल सरकारसँग कुनै स्वीकृति लिन नै जरुरी ठान्दछन ।

यस्ता विदेशी धर्मसँस्कार र सँस्कृति वेरोकटोक साडेजस्तै मनपरि गरिरहेका छन । त्यो चर्च,गुम्वा,मन्दिर या मश्जिद मा के काम गर्छन भन्ने सरकारलाई कुनै जानकारी नै हुँदैन । यी सस्थाहरु नेपाल सरकारको कानुनसँग मेल खन्छन की  खादैनन या यो नेपालको आवश्यक्ता हो की होईन सरकार पुरै वेखवर छ । धर्मगुरुहरुले नेपाली जनताहरुलाई हेपीरहेका छन ।यी सवै उदारिकरण र पूँजीवादी व्यवस्थाको मलजल गर्न खोलिएका संस्थाहरु हुन । यसको रेखदेख गर्ने काम पूँजीवादले गरेको छ । यी सवै धर्मलयहरु नेपालवाट लखेट्नु पर्दछ । विहान वेलुका हरेराम,प्रमेश्वर,ओम मानेपेमे या अल्हा भन्न लगाउँने धनि गरिवहुनु वर्ग शोषणको कारण हो भन्ने चेतनावाट विमुख गराएर सवै जनताहरुलाई क्रान्तिकारी विचारवाट च्युत गर्न यो दलाल पूँजीवाद धर्मको नाममा आफ्नो काममा लागि परेकोछ । कम्युनिस्टहरुले यो सवै खारेज गर्नुपर्दछ ।

क्रान्तिकारीहरुलाई पार्टीबाट फर्काउने षड्यन्त्र गर्छ

पूँजीवादले वैधानिक /अवैधानिक व्यस्यालयहरु खोलेको छ । महिलाहरुलाई सुन्दरी प्रतियोगिता गर्न लगाउँदछ । महिलाहरुलाई विशाल वजारमा विक्रि गर्न राखिएको सामान जस्तो विज्ञापन वोर्डमा प्रयोग गरिरहेको छ । महिलाहरुलाई नङ्गयाएर सडकमा राखेको छ मोल तोल गरिरहेको छ । एउटा मानवलाई मनोरन्जनको साधन वनाएको छ । पैसा तिरेपछि मनोरन्जन लिन पाउने संस्कार वनाएको छ । ठाउँठाउँमा डिस्को डान्सवार,दोहोरी साँझ,मसाज सेन्टर,जुवातास पैसा हुनेले जे पनि गर्न पाउने सँस्कारले क्रान्तिमा लागेका नेताहरुसमेत पैसा हातमा परेपछि त्यतैतिर लम्कीने खतारा वढार्ईदिएको छ।

अहिले हिजो जनयुद्धमा लागेका साथिहरु समेत पैसा कमाउन मरिहत्य गरिरहेका छन । किन कि त्यो पूँजीवादी सँस्कारको लाभको भुतले उहाँहरुलाई समेत तानिरहेकोेछ । धेरै कम्युनिस्ट नेताहरु समेत यो सँस्कारवाट अछुतो छैनन । पुजीवादी सँस्कारको मुख्य उदेश्य नै यहि हो। सवै क्रान्तिकारी नेताहरुलाई समेत यो सँस्कारको लतमा डुुवायर लट्ठ वनाउने ,विचार राजनिति र आदर्शवाट च्युत वनाएर पूँजीवाद नै आदर्श व्यवस्था हो भन्न लगाउने गराउँछ ।  

अहिले नेपालमा पूँजीवादी धर्मसंस्कारको नाममा श्रमिक जनतालाई क्रान्तिकारी राजनीति र क्रान्तिकारी पार्टीबाट फर्काएर धर्मको अन्धतातिर धकेल्ने प्रयत्न गरिरहेको छ र सहिकुरामा पर्दा हालेर गलत सँस्कारले लपेटीरहेको छ । यो नै प्रतिक्रियावादी दलाल पूँजीवादी सत्ताको संरक्षण गर्ने खेल हो । नेपालमा धेरै कम्युनिस्ट नेताहरु जिवनभर वर्गसँघर्षमा भाग लिएर मर्नेवेलामा काँग्रेस भएर मर्न वाध्य भएकाछन । हुन त अरु कारण पनि होलान मुख्य गरि यो पनि पूँजीवादी धर्म सँस्कारको सिकार भएको मान्नु पर्छ  ।

धर्मबाट साम्राज्यवाद राजनीतिमा प्रवेश गर्छ ।

सम्राज्यवादले धर्मसँस्कार र सँस्कृतिको वाहनामा आफुभन्दा साना देशहरुमा राजनिति घुसाउने प्रयत्न गर्दछ । सकिए पूँजीवादलाई स्थापीत गर्ने नसकिए आफ्नो उपनिवेश कायम गर्ने, साना देशहरुमा साम्राज्यवादी राजनीति प्रवेश गराउने र धार्मिक राजनीतिद्वारा नियन्त्रण गर्ने अनि श्रमिक जनतालाई नै साम्राज्यवादीको दास बनाउने साम्राज्यवादीहरुको योजना  छ । त्यसका लागि देशको राजनीतिमा नै हस्तक्षेप गर्ने यो निकै खतरनाक खेल हो जुन अमेरिकाले साना देशहरुमा निरन्तर प्रयत्न गरिरहेकोछ ।

नेपालमा क्रिश्चियन धर्मको व्यापक विस्तार गरि नेपाल परिवार दल नै खेलेर साङ्सद नै बनाएको हामीले वुझेकै कुरा भयो, कहिले उज्वल थापा,कहिले रविन्द्र मिश्र यीनीहरुवाट पनि काम नभएपछि अहिले रविलामिछानेको पार्टी नै वनाएर अगाडि वढाएको छ । अमेरिकन गुप्तचर सँस्था सीआईए को निर्देशनमा साम्रज्यवादी देश अमेरिकाले नेपालको सुन भन्दा चार सय गुणा महंगो युरोनियम अणवीक धातु लिनका लागि यो सवै गरिरहेको छ । यो धर्मसँस्कार र संस्कृतिको नाममा साम्राज्यवादी देशले आफ्नो पूँजीवादी व्यवस्थालाई वलियो वनाउन,आफु भन्दा साना देशहरुको प्राकृतिक स्रोतसाधन कव्जा गर्न लागि पर्दछ यदि यो धर्मसस्कारवाट भएन भने प्रत्यक्ष सैन्य हस्तक्षेप गरेर कव्जा गर्दछ । यो इराक र अफगानिस्थानमा तेल कव्जा गर्न र कंगोमा हिरा कव्जा गर्न गरेको सैन्य आक्रमण हेर्दा सहजै वुझ्न सकिन्छ ।

निष्कर्ष
साम्राज्यवादी देशले पूँजीवादी व्यवस्थालाई विश्वभरि स्थापित गरि श्रमिक जनतालाई दास वनाउन र आफ्नो लुटको संसार वचाउन धर्म, सँस्कार र सँस्कृति मार्फत आईरहेको छ । महिलाहरुलाई मनोरन्जनको साधन वनाएको छ र चौवाटोमा नङ्ग्याएको छ । युवाहरुलाई नसा सेवन गरि डान्सवार,दोहोरीसाँझमा कैद गरिदिएकोछ । क्रान्तिकारी जनतालाई यथार्त   ज्ञानवाट च्युत गरि पुजापाठमा,धार्मीक अन्धविश्वासमा कैद गरेर विद्रोही चेताना मेटाई दिएको छ । धर्मको नामवाट राजनितिक हस्तक्षेप गरेको छ ।

जनतालाई भ्रमित वनाउने यो पूँजीवादी धर्म,सँस्कार सँस्कृति जमीन मुनि गाड्नु पर्छ त्यसका विरुद्ध हामीले अनुसन्धान गरेको सी समाजको संस्कार सँस्कृति लागु गर्नुपर्दछ । सी समाजले समाजमा भएका सवै पूँजीवादी सँस्कार सँस्कृति खारेज गर्नु पर्दछ र अहिले हामीले जन्म,विवाहा र मृत्यु सँस्कार तयार गरिसकेका छौ यसको ब्यापक प्रचार र हामी आफैले कडाई पुर्वक कार्यन्वयन गर्नु पर्दछ । थप सँस्कार र सँस्कृतिको हामीले विकास गरि लागु गर्न लगाउनु पर्दछ । त्यसपछि मात्र यो दलाल पूँजीवादी धर्म,सँस्कार,सँस्कृति सदाको लागि यो धर्तिवाट खारेज हुनेछ । तबमात्र दलाल पूँजीवादको अन्त्य गरि वैज्ञानिक समाजवाद लागु गर्न सक्ने छौं । धन्यवाद ।

२०८० वैशाख ३ गते आईतवार 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।