१७ बैशाख २०८१, सोमबार

नेकपा प्रवक्ता प्रकाण्डद्वारा राजनीतिक भेटघाट

समसामयिक स्थिति र वाम आन्दोलनको ध्रुवीकरणबारे छलफल

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले बिभिन्न राजनीतिक दल र नेतासंगको भेटलाई तिब्रता दिएको छ । देश राजनीतिक , आर्थिक ,सास्कृतिक , सामाजिक र बिकासका दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक भेटघाट र छलफललाई तिब्रता दिएको हो ।

यसैक्रमा सो पार्टीका प्रवक्ता प्रकाण्ड सी ले आज (सोमबार )नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसंग भेटवार्ता गरेका छन् भने हिजो आइतबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहसंग भेटवार्ता गरेका छन।

उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकट र त्यसको दीर्घकालीन र अग्रगामी समाधानको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।

त्यसैगरी , उक्त भेटवार्तामा आगामी बैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस कसरी साझारुपमा मनाउने भन्ने बिषयमा समेत छलफल भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।