८ बैशाख २०८१, शनिबार

कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा नेकपा रुपन्देहीद्वारा अग्रजहरुको सम्मान

0

रुपन्देही-नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ अौं बर्ष पुगेको अवसरमा अग्रजहरुलाई सम्मान गरेको छ। सोमबार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय योजना अनुसार बुटवलमा एक कार्यक्रम गरि उहाँहरुलाई सम्मान गरेको हो । अाज सम्मानित हुनेमा बरिस्ठ लेखक ,साहित्यकार तथा अधिवक्ता दिल साहनी , बामपंथी नेता तथा पुर्ब सांसद रामचन्द्र भट्टराई ,पुर्ण बहादुर थापा तथा ज्योतिलाल बि क हुनुहुन्छ ।

उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुदै नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज वसन्त सी ( प्रज्वलन ) ले कम्युनिस्ट पार्टी स्थापना गरि अगाडि बढाउने पुष्पलाल लगाएत सबै नेताहरू प्रती उच्च सम्मान प्रकट गर्नुभयो ।

उक्त कम्युनिस्ट आन्दोलन हुदै जनयुद्धसम्म अाइपुग्दा र अहिलेसम्म निरन्तर रुपमा कम्युनिस्ट पार्टी , आन्दोलन र विचारको रक्षा गर्न हाम्रा अग्रजहरुले पुराएको योगदानलाई कहिल्यै पनि बिर्सने छैनौं भन्दै क्रान्तिकारी शक्तिहरु अहिलेको आवश्यकता र परिस्थिति अनुसार अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।

 सम्मानित दिल सहानी , रामचन्द्र भट्टराई ,ज्योतीलाल बि क , पुर्ण बहादुर थापा लगाएतले कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र योगदानको बारे प्रकाश पार्नु भयो ।

यसैगरी उक्त सम्मान कार्यक्रम साहित्यकार तथा अधिवक्ता दिल सहानी ,पुर्ब सांसद रामचन्द्र भट्टराई , सल्लाहकार ज्योतिलाल बि क , थारु मुक्तिमोर्चा अध्यक्ष नवीन थारु , जया पौडेल लगाएतले सम्बोधन गर्नुभएको थियोे ।

उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीको अध्यक्ष्ातामा सम्पन्न भएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।