१६ चैत्र २०८०, शुक्रबार

नेकपा उदयपुरले गर्यो कम्युनिष्ट नेताहरुलाई सम्मान तथा अभिनन्दन 

0

उदयपुर -नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा पार्टीको केन्द्रिय घोषित कार्यक्रम अनुसार सोमबार उदयपुर जिल्ला समितिले जिल्लाका पुराना कम्युनिष्ट नेताहरु लाई सम्मान तथा अभिनन्दन गरेकाे छ। सम्मानित हुनेमा पुराना नेता मीन प्रसाद सी, रामलाल तामाङ ,किसान चौधरी ,रामप्रसाद चौधरी ,रत्न प्रसाद ढुङ्गा ,राम कृष्ण सी लाई कार्यक्रमका प्रमुख अतिथि तथा अतिथीहरुले अबिर तथा खाँदा ओढाएर सम्मान गरेका थिए। 

उक्त कार्यक्रमका प्रमुख अतिथि अमृत सी ले अभिनन्दन कार्यक्रममा बोल्दै २००६ सालमा कम्युनिस्ट पार्टीको को स्थापना भएको जानकारी गराउदै उहाँले नेपालमा दलाल पूँजीवादी राज्यव्यवस्था को सरकार भएको कारण नेपाली जनताले दुख पाएको कुरा राख्दै, देशमा भएको बेरोजगार ,भ्रष्टाचार ,कालो बजारी लघुवितको ज्यादतीले जनताको दैनिकीमा समस्या आएको ठोकुवा गर्दै देशमा संकटपुर्ण अवस्था आएकोले यसको विकल्पमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिए। उनले आफ्नो पार्टीले कम्युनिस्ट पार्टीमा लामो समय सम्म लागेका नेताहरुको जिबनलाई ब्याबस्थापन गरिरहेको भन्दै उदयपुरमा पनि कम्युनिस्ट आन्दोलनका जेष्ठ नागरिक पुर्ण बहादुर खत्री को निवास बनाई दिएको र अरु पनि त्यस्ता आन्दोलनमा लामो समय सम्म लागि परेका नेतृत्वहरुलाई नेपाल कम्युनिस्ट पार्टीले ब्यबस्थापन गर्ने नीति लिएको कुरा जानकारी गराएका छन्।

कार्यक्रमका अतिथि तथा प्रतिनिधि समिति सदस्य मीन प्रसाद सी ले स्वागत मन्तव्य राख्दै, देशमा अझै क्रान्ति पूरा भएको छैन, यो दलाल राज्य ब्यस्थाको कारण जनताले दुख भोग्नु पारेको छ भन्दै नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वम सम्पूर्ण क्रान्तिकारी कम्यूनिष्ट हरुलाई गोलबन्द गर्दै एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादको यात्रा पूरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन जनपत्रकार संगठनको केन्द्रिय सचिवालय सदस्य अनिता सीले गरेको थियो भने कार्यक्रमको अध्यक्षता उदयपुर जिल्ला सचिव जीत बहादुर सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।