२० बैशाख २०८१, बिहीबार

युवा मार्च तथा जनभेटघाट अभियान तीव्र पार्दै नेकपा कपिलवस्तु

0

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु पश्चिमले युवा मार्च तथा जनभेटघाट अभियानलाई तिब्रता दिएको छ । नेकपाले जिल्लाका विभिन्न पालिकाहरुमा कोणसभा गर्ने, भित्तेलेखन गर्ने, संगठन विस्तार गर्ने लगायतका गतिविधिलाई तिब्रता दिएको हो ।

पार्टीले तिरपाल नगर, जग्दिशपुर, रुद्रपुर, बहादुरगञ्ज, कृष्णनगर, झिंगापुर लगायतका क्षेत्रमा कोणसभा, भित्तेलेखन तथा संगठन विस्तार गरेको छ । अभियानमा नेकपा पोलिटब्युरो सदस्य तथा पश्चिम लुम्बिनी इन्चार्ज इन्चार्ज संजिव सी सहितको टिम खटिएको छ । 

कृष्णनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सन्जिवले दलाल पुँजीवादी सत्ताले जनताको शासन कायम गर्न नसक्ने बताए । जनताको शासन ल्याउन संघर्षरत रहेको भन्दै उनले वैज्ञानिक समाजवादमा जनताको बास्तविक सत्ता स्थापना हुने बताएका छन्। 

अभियानमा पश्चिम् लुम्बिनी ब्युरोका कलाकारको बेजोड प्रस्तुती समेत हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।