७ बैशाख २०८१, शुक्रबार

केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रशिद्धका बुवा जिवलाल घिमिरेको निधनप्रति नेकपाद्वारा शोक व्यक्त

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय प्रतिनिधि समिति सदस्य प्रसिद्धका ७९ बर्षिय बुवा जिवलाल घिमिरेको निधनप्रति शोक व्यक्त गरेको छ।मङ्गलबार महासचिव विप्लव सीले शोक बक्तब्य जारी गर्दै निधन हुनु भएका गिरीको निधनप्रति श्रद्धाञ्जली सहित आन्दोलनमा उहाँले पुर्‍याएको योगदानको सम्मान र स्मरण गर्ने बताएका हुन।

शोक बक्तव्यमा महासचिव विप्लवले नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य प्रसिद्ध र उहाँको परिवार एवम् आफन्तहरुप्रति समवेदना सहित जिवलाल घिमिरेको निधनले पार्टीलाई दुखित र मर्माहत बनाएको उल्लेख गरेका छन।

यस्तो छ शोक बक्तव्यको पुर्णपाठ:

हाम्रो पार्टीका केन्द्रिय प्रतिनिधि समिति सदस्य कमरेड प्रसिद्ध का बुवा जिवलाल घिमिरेको यही बैशाख ५ गते नवलपुर स्थित निवासमा निधन हुन गएको छ।उहाँको निधनको खबरले हामीलाई दुखित र मर्माहत बनाएको छ। बाग्लुङको मिसिखोला-१, हुल्दीमा २००१ सालमा जन्मिएका बुवा जिवलालको ७९ बर्षको उमेरमा भएको निधनप्रति सर्वप्रथम हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध लगाएत परिवर्तन र मुक्तिको आन्दोलनमा उहाँले पुर्‍याएको योगदानको स्मरण र सम्मान गर्दछौं ।

४ भाई र ५ बहिनी मध्यका जिवलाल घिमिरेको निधनले शोकसन्तप्त कमरेड प्रसिद्ध , उहाँको परिवार र आफन्तहरुमा
हार्दिक समवेदना व्यक्त गर्दछौं


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।