१२ बैशाख २०८१, बुधबार

जातीय विभेद अन्त्यका लागि श्रमिक समुदाय विभागद्वारा कास्कीमा अन्तरक्रिया सम्पन्न

0

कास्की: नेपाल कम्युनिस्ट पार्टीको श्रमिक समुदाय केन्द्रीय विभागले, कास्कीमा जातीय विभेद अन्त्यका लागि अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
बुधबार कास्कीको पोखरामा सन्तोषी सीको अध्यक्षतामा सम्पन्न परिवर्तित सन्दर्भमा श्रमिक समुदायकाे अवस्था र दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा  प्रमुख अतिथि नेकपाका पोलिट ब्युरो सदस्य ध्रुव सीले मान्छे मान्छे बिचमा विभेद नहुने वैज्ञानिक समाजवादी व्यवस्था भएकोले आफुहरु त्यहाँ पुग्न संघर्ष गरिरहेकाे बताए । देशमा जातीय छुवाछुत तथा भेदभावका घटना बढ्दै गएको अवस्थामा त्यसलाई अन्त्य गर्न सरोकारवाला पक्षसँग वैचारिक मन्थन आवश्यक रहेको भन्दै कम्युनिस्ट व्यवस्था वा समाजवादी व्यवस्थाले मात्र यस समस्याको निकास दिन सक्ने धारणा राखे ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम केश बहादुर परियारले कार्यपत्रले दलित आन्दोलनमा नयाँ बहसको थालनी भएको विचार राखे ।
यसैगरी उक्त कार्यक्रममा प्राध्यापक पर्शुराम कोइरालाले श्रम गर्नेलाई सम्मान गर्ने चेतका साथ श्रमिक समुदाय शब्द राख्नुले समुदायप्रति न्याय भएको धारणा राखे । कार्यक्रममा अधिवक्ता शिव सुनार, इन्सेक गण्डक प्रदेश प्रमुख शिव खकुरेल, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिव उमेश सी, मुक्ति समाजका किसन सेवा र नेपाल दलित मुक्ति मोर्चाका कास्की जिल्ला संयोजक भिम नेपाली, यम बहादुर वि.क लगाएतले बोलेका थिए । सोममायाँ सीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा कास्कीका जिल्ला इन्चार्ज उभार सी, सेक्रेटरी काजी सी, किरण सी लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा विभागका सदस्य डिल्ली सीले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने सञ्चालन हरि सीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।