७ बैशाख २०८१, शुक्रबार

देशको जिम्मा हामी लिन्छौं- शिलु सी

0

झापा: नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा सम्पन्न जनसभामा बोल्दै नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिती सदस्य उमा भुजेल शिलुले देशको जिम्मा लिन आफ्नो पार्टी तयार भएको बताइन् । बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिले जनता माथि लादिएका सबै संकटको समाधान वैज्ञानिक समाजवादी सत्ताले मात्र दिने र यसको निम्ती आफ्नो पार्टी निरन्तर लडिरहेको बताइन् । उनले अहिले देशलाई संकटबाट पार लगाउने शक्ति आफ्नो पार्टी मात्र भएको र देशको सम्पूर्ण जिम्मा लिन आंफुहरु तयार रहेको उनको भनाइ थियो ।

बित्तिय गुण्डाराज विरुद्ध संघर्षको उद्घोष गर्ने उदेश्यले आयोजित जनसभामा शिलुले झापा बिद्रोहका शहिद, जनयुद्ध र एकिक्रित जनक्रान्तिका शहिदहरुलाई स्मरण गर्दै आफ्नो मन्तब्य शुरु गरेको थिइन् । झापाली जनताले जहिले पनि अग्रगमनलाई साथ दिएको स्मरण गरांउदैं उनले अहिले विभिन्न तत्वले भ्रमित गर्न प्रयत्न गरिरहेको प्रति सचेत रहंदै नेपाल कम्युनिस्ट पार्टिको नेतृत्वमा संचालित संघर्षमा जुट्न अपिल गरिन् ।

कार्यक्रमको कममा ५० जना बढी युवाहरु विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेश गरेका थिए ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीले जनताको समस्या र संकटलाई मध्यनजर गर्दै संघर्सका कार्यक्रमहरु सार्वजानिक गरेको छ । बैंक, लघुबित्त, मिटरब्याजी, भ्रस्टाचारी, कमिशनखोरीका बिरुद्ध निर्ममतापुर्वक संघर्स गर्ने बताएको छ । जनसभामा नेकपाका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले पनि संबोधन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।