११ बैशाख २०८१, मंगलवार

देशको अस्तित्व रहन्छ कि रहँदैन भन्ने अवस्था छ : प्रकाण्ड

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले देशको अस्तित्व संकटमा पर्न लागेको बताएका छन्।

बिहीबार नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश असाध्यै संकटपूर्ण अवस्थामा रहेको जिकिर गरे। देशको अहिलेकोजस्तो संकट विगतमा कहिल्यै नभएको उनको भनाइ छ।

‘देश असाध्यै संकटपूर्ण घडीमा छ। यति धेरै संकट देशको जीवनमा कहिल्यै पनि आएको थिएन। पञ्चायती व्यवस्थामा पनि यति संकट आएको थिएन। त्यसका आफ्नै प्रकृतिका संकट थिए। ०४६ देखि ०६३ सम्म आउँदा पनि यति संकट आएको थिएन। यद्यपि, संसदीय प्रतिक्रियावादी व्यवस्था थियो त्यो,’ उनले भने।

एमसिसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरूले सिमाना मिचिरहेको भन्दै प्रवक्ता प्रकाण्डले देशको स्वाधीनतामाथि नै प्रश्न उठेको उल्लेख गरे। अमेरिका र चीनबीचको अन्तरविरोधलाई नेपालले ठीक ढंगले विश्लेषण गर्न नसके युक्रेनको अवस्थामा पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

एमसिसी प्रोजेक्ट देशको विरुद्धमा केन्द्रित रहेको र भारतीयहरूले सिमाना मिचिरहेको भन्दै प्रवक्ता प्रकान्डले देशको स्वाधीनतामाथि नै प्रश्न उठेको उल्लेख गरे। अमेरिका र चीनबीचको अन्तरविरोधलाई नेपालले ठीक ढंगले विश्लेषण गर्न नसके युक्रेनको अवस्थामा पुग्ने भन्दै उनले चिन्ता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।