१३ बैशाख २०८१, बिहीबार

जनताको आदेश अनुसार हामीले पार्टी एकता गरेका छौं – अध्यक्ष सुशिल

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले जनताको आदेश पालना गरेर नेपाल कम्युनिस्ट पार्टीसँग आफूहरुले पार्टी एकता गरेको बताए ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधनन गर्दै सुशिलले जनताको आदेश नमान्ने पार्टी पार्टी नहुने भन्दै जनताको आदेश अनुसार पार्टी एकता गरेको बताए ।

जनताको सहभागिता, जनताको भूमिका र जनताको अधिकार स्थापित गर्न नसकेको खण्डमा कम्युनिस्टहरुको औचित्व नहुने उनको भनाई छ । ‘हामी जनयुद्धमा ८० प्रतिशत भूभाग कब्जा गर्दा पनि जनताको सहभागिता थियो ।’, उनले भने ‘त्यो आन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । हामीले पार्टी एकता गर्दा जनतालाई केन्द्रमा राखेर एकता गरेका छौं । यसले वैज्ञानिक समाजवाद ल्याउन भूमिका खेल्ने छ ।’

उनले यो एकता सबै कम्यस्निस्टहरुलाई एकतामा आउनका लागि सन्देश दिएको भन्दै सबैलाई एकतामा आउन अपिल गरे । ‘हामीले सबैलाई एकीकृत गर्न आवश्यक छ । कुनै पनि पार्टी पूर्ण हुँदैन, कुनै पनि पार्टी एकीकृत हुँदैन ।’, उनले भने, ‘पानी ९९ डिग्री तापेको छ भनेर हुँदैन । पानी उम्लिन १०० प्रतिशत हुनैपर्छ । हामी ९९ प्रतिशतमा हामी उपलब्धि हासिल गर्न सक्दैनौं ।’

उनले आगामी दिनमा क्रान्तिकारी माओवादीसँग पनि एकताका लागि पहलकदमी लिने बताए । ‘हामीले अब कन्चन र किरणसँग पनि एकतालाई पहलकदमी लिनपर्छ ।’, उनले भने, ‘यसलाई छलफलमा ल्याउन पर्छ । र पार्टी एकता गरेर दलाल पुँजीवाद स्थापन गर्नेका लागि संघर्ष गर्न आवश्यक छ ।’

क्रान्तिका बाँकी कार्यभार पुरा गर्न आफ्नो भूमिका महत्वपूर्ण हुने बताए । ‘क्रान्तिको बाँकी कार्यभार पुरा गर्न मैले कति गर्न सक्छु म गर्छु । तपाईंहरुले आफ्नो तर्फबाट आफ्नो कार्यभार पुरा गर्नुहोस् ।’ 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।