१३ बैशाख २०८१, बिहीबार

विद्रोह गर्नु जनताको अधिकार हो :  डा. भट्टराई

0

काठमाडौं: नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले विद्राह गर्नु जनताको अधिकार भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले माओले विद्रोह गर्नु जनताको अधिकार भएको बताएका हुन् ।

सर्वप्रथम विप्लव सीलाई बधाई । कम्युनिस्ट आन्दोलन रक्षात्मक भइरहेका बेलामा तपाईंले आँट गर्नु भएको छ ।’, उनले भने, ‘जनयुद्धले ठूलो परिवर्तन ल्याएको छ । यो जनताको अधिकारबाट भएका विद्रोहले धेरै परिवर्तन भएको छ । जनयुद्धमा केही पनि भएन भन्नु गलत भएको बताए । राजालाई विष्णुको अवतारका रुपमा पुँजा गर्ने व्यवस्थाको अन्त्य सामान्य होइन । तर त्यतिले पुग्दैन ।’

विश्वमा पुँजीवादी युगको सुरु भइसकेको र नेपालमा समान्तवाद बाँकी भएको भन्दै माओवादी आन्दोलन सुरु भएको बताए । ‘हामीले नेपालमा विद्राह नगरेको भए केही हुने थिएन् । नेपालका सामान्तहरुले हामीसँग हारेका थिए ।’, उनले भने, ‘नेपालमा वैदेशिक हस्तक्षप नभएको भए नेपाली जनता पूर्ण मुक्त भइसक्नुहुन्थ्यो । सूचना प्रविधिको विकास, साम्राज्यवादको दवाव लगायतका कारणले हामीले सम्झौता गर्नु आवश्यकता थियो ।’

‘८० प्रतिशत भूभागहरु कब्जा गरेका थियौं । ८० प्रतिशत जनतालाई मुक्त बनाएका थियौं ।’, उनले भने, ‘विडम्बना हाम्रो पार्टी एक रहेन । साम्राज्यवाद नआउँदै हामीले नेपालको शान्तिप्रक्रिया पुरा गरिसकेका थियौं । त्यसले हामीलाई ठूलो क्षेति हुनबाट बचायो ।’

‘दक्षिणतिरबाट अतिवादहरु (चटकेहरु)ले नेपालमा हस्तक्षेप गर्न खोजिरहेको भन्दै त्यसका लागि पूर्वमाओवादी एक हुनपर्ने बताए । ‘दक्षिणपन्थि चटकेहरुले अहिले माओवादीहरुलाई गाली गरिरहेका छन् । उनीहरुले माओवादीलाई गाली गर्दा विदेशीएका गरिव निमुखाहरुले हो मा हो मिलाएर ताली बजाइरहेका छन् ।’, उनले भने, ‘उनीहरुले आफू आए देशलाई विकास गर्न सक्ने भएर हल्ला गरिरहेका छन् । हामी माओवादी एक भएनौं भने सबै उपलब्धीहरु गुम्ने खतरा छ ।’

नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गर्ने पर्ने उनको भनाई थियो । ‘हाम्रो देशमा पुँजीवाद आएको छैन । हामीले नेपाललाई पुँजीवादी विश्वका रुपमा विकास गरेर समाजवादमा जानपर्छ ।’, उनले भने, ‘पुँजीवाद पुरा भएपछि हामी समाजवादमा जान्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।