१६ चैत्र २०८०, शुक्रबार

सबै कम्युनिस्टहरु एक हुन आवश्यक छ, तर सिंहदरबार फर्केर होइन, जनतातिर फर्केर एकता गर्नुहोस् : एकराज भण्डारी

0

काठमाडौं: जनयुद्धका बेपत्ता यौद्धा विपिन भण्डारीका बुवा बरिष्ठ अधिवक्ता एकराज भण्डारीले सहिद तथा बेपत्ता यौद्धाहरुको उद्येश्य पूरा गर्न नसकेकोमा बाक्क दिक्क लागेको बताए । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले जनयुद्ध लडेर आएकाहरु सिंहदरबार पुगेर हराएकोमा दुःख लागेको बताए ।

२०७२ सालमा बनेको संविधानले जनताको अपेक्षा पूरा नगरेको भन्दै यसले दलालहरुको सेवा गरेको बताए । ‘पहिला राजाहरुले निमुखा, निहत्या जनताको निर्ममतापूर्वक हत्या गर्ने गरेको थियो । जनतामाथिको थिचोमिचो अन्त्य गर्ने उद्येश्यसाथ सुरु भएको जनयुद्ध लडेकाहरु सिंहदरबारमा पुगे ।’, सभालाई सैबोधन गर्दै उनले भने, ‘उनीहरुले बनाएको संविधान पनि उनीहरुको भएन । जनताको भएन । यो दलालहरुका संविधान भयो ।’

सबै कम्युनिस्ट पार्टीहरु एक हुन आवश्कता औंल्याउँदै उनले त्यो एकता जनताको लागि हुनपर्ने बताए । ‘हामी एकताको कुरा गछौं । एकता आवश्यक छ । तर त्यो एकता सिंहदरबार तिर फर्केर होइन, त्यो एकता जनताको पक्षमा, जनतातीर फर्केर एकता गराैँ।’, उनले भने, ‘सिंहदरबारका लागि भएको एकता स्वार्थको एकता हो । त्यसले जनताका लागि केही पनि गर्न सक्दैन ।’

जनयसद्धको मुख्य नेता टाउकाको मूल्य ताेक्नेसँग सहकार्य गरिरहेकोप्रति आपत्ती जनाए । ‘तपाईंले हामीले जनयुद्धको समयमा सिकाएर माक्सवाद यही हो र, तपाईं हामीले पढाएको सिद्धान्त यही हो र ?’, उनले भने, ‘सिद्धान्तमा च्युत हुनु भनेको जनतालाई धोका दिनु हो । तपाईंले जनतालाई ठूलो धोका दिनु भएको छ ।’ 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।