१५ बैशाख २०८१, शनिबार

समाजवाद ल्याउने हो भने हामी एकताबद्ध हुन आवश्यक छ : प्रवक्ता पुरी

0

काठमाडौं: नेकपा मशालका प्रवक्ता रामप्रसाद पुरीले एक्ला एक्लै बसेर कम्यनिस्टहरुको उद्येश्य पूरा नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यसे बताएका हुन् ।

‘हामी अलग अलग भएर समाजवाद सम्भव छैन । साम्यवाद पनि सम्झव छैन । सबै एक हुन आवश्यक छ ।’, उनले भने, हामी किन अलग अलग भइरहेका छौं । हामीमा नमिलेको के हो । उद्येश्य एउटै हुने तर बाटो फरक फरक हुने । यो अलि मिलेको छैन ।’

उनले फरक फरक पार्टीका फरक फरक सिद्धान्त र विचार हुँदा समस्या आएको भन्दै यसलाई एउटै कार्यक्रम बनाउन पर्ने बताए । ‘विप्लवले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद भन्नु हुन्छ, हामी नौलो जनवाद भन्छौं, एमालेले अर्कै के भन्छ ।’, सबैका आ-आफ्नै कुरा छन् । यसलाई एकै ठाउँमा मिलाऔं ।’

प्रतिक्रियावादीहरुले कम्युनिस्टहरुलाई कहिल्यौं राम्रो नमान्ने भन्दै उनीहरुका विरुद्धमा एजुट भएर मात्र जित हासिल गर्न सकिने उनको भनाई थियो । ‘हाम्रो कार्यनीति के हुन्, कार्यदिशा के हुन् ? हामी यसमा छलफल गरौंला । अहिले हतार नगराैँ। बृहत छलफल गरौं ।’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी संगठनात्मक सिद्धान्त मान्छौं । तपाईहरु पनि त्यही मान्नुहुन्छ जस्तो लाग्छ । सबै कम्युनिस्टले लगभग गर्ने त्यही हो ।’

नेपालमा अवसरवादीहरुले कम्युनिस्ट बदनाम गरिरहेकाे भन्दै एमाले र माओवादी केन्द्रले भनेको जस्तै संसदिय व्यवस्थाबाट समाजवाद सम्भव नभएको बताए । ‘एमालेले २०५२ सालबाट अल्पमतको सरकारको नेतृत्व गर्दै आएको छ । आजसम्म उहाँहरुले के गर्नुभयो ।’, उनले भने, ‘यो बाटोबाट समाजवाद सम्भव छैन । यसमा केही पनि गर्न सकिने सम्भावना छैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।