१५ चैत्र २०८०, बिहीबार

सबै कम्युनिस्ट पार्टीहरु एक भएर साम्रज्यवादका विरुद्धमा लडौं : अध्यक्ष बर्देवा

0

काठमाडौं – श्रमिक मोर्चा नेपालका अध्यक्ष लक्ष्मण बर्देवाले नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको बताएका छन् । नेकपाले पार्टी स्थापना दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्दै बर्देवाले रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बेला आएको बताए ।

उनले नेपालमा सामन्तवादको निर्मुल पार्न, देशमा राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सबै कम्युनिस्ट पार्टीएहरु एक एकता बद्ध हुन पर्ने बताए ।

दलाल तथा साम्रज्यवादीहरुले कम्युनिस्टहरुमाथि हमला गरेको भन्दै सबैलाई एकजुट हुन अपिल गरे । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।