८ बैशाख २०८१, शनिबार

नेकपामा ध्रुवीकृत भए पाँचथरका पुराना कम्युनिस्ट नेता

0

 पाँचथर। नेपाल कम्युनिस्ट पार्टीमा पाँचथरका पुराना बामपन्थी नेता मोहन कुमार तुम्बापो ध्रुवीकृत भएका छन । शनिवार ७५औं पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ध्रुवीकृत भएका हुन्।सदरमुकाम फिदिम स्थायी घर भएका तुम्बापो पुराना कम्युनिस्ट हुन ।  

 

 ७५औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान र अपरान्हमा दिप प्रज्वलन गर्दै पुराना पाका नेता मोहन कुमार तुम्बापोलाई जिल्ला इन्चार्ज सन्तोष सीले खादा अबिर लगाएर पार्टिमा ध्रुवीकृत गराएका थिए । 

 

नेकपा पाँचथरले आफ्नो जिल्ला सम्पर्क कार्यलयको समेत उद्घाट्न गरेको छ । पार्टिका जिल्ला इन्चार्ज सन्तोस सी, सेक्रेटरी हुकुम सी, जिल्ला सदस्य अर्जुन सी, नारायण सी , कविराज सी र स्थानिय जनताको सहभागितामा सम्पर्क कार्यलय उद्घाटन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।