१२ बैशाख २०८१, बुधबार

नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस साताव्यापी मनाउने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन अर्थात २२ अप्रिलको अवसरमा साताव्यापी कार्यक्रम सहित दिवस मनाउने निर्णय गरेको छ।काठमाडौँको बुद्दनगरस्थित कार्यालयमा सोमबार सम्पन्न नेकपाको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो।

साेभियत संघ रुसको समाजवादी क्रान्तिका एकजना सुत्रधार तथा मार्क्सवादी सिद्धान्तको प्रयोगकर्ता महान लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपालमा पुष्पलाल श्रेष्ठले नेकपाको स्थापना गरेका थिए ।

विगतमा लेनिन जयन्तीको अवसरमा मनाइदै आएको कार्यक्रमलाई साताव्यापी रुपमा मनाइने निर्णय भएको स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले बताए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।