१४ बैशाख २०८१, शुक्रबार

शक्ति राष्ट्रहरूको चपेटामा प्रचण्ड

0

३० फाल्गुन , काठमाडौ /शक्ति केन्द्रहरूको उक्साहटमा प्रचण्डलाई केपी ओलीद्वारा किनारमा धकेलिएको महसुस गरेका थिए। प्रचण्ड ओलीसँग बदला लिन चाहन्थे। एकथरी विदेशी शक्ति केन्द्रलाई बामपन्थी गठबन्धन जसरी पनि भत्काउनु थियो । त्यही क्रममा गएको निर्वाचनको संघारमा दिल्ली पुगे । कांग्रेस सभापति शेर बहादुर देउवा पत्नीको चाँजोपाँजोमा “र अ” प्रतिनिधिसँग वार्तालाप भएको र प्रचण्डलाई प्रधानमन्त्रीमा सहमत गराईएको चर्चा उसैबेला थियो ।

दिल्लीबाट प्रचण्ड सिधै हङकङ यात्रामा फड्को मारे । जहाँ प्रचण्डको भेटघाट ‘सिआईए` सँग भएको एकथरी बामपन्थीको बुझाई थियो । यी शक्ति केन्द्रलाई धुप-दीप नौवेद चढाएर प्रचण्ड स्वदेश फर्किए । प्रचण्डको ‘ बडील्याङवेज ` बुझ्नेहरुले उसैबेला प्रचण्ड प्रधानमन्त्री बन्छन् भन्ने आकलन गरेका थिए । तर देउवा तयार भएनन् । त्यसपछि प्रचण्ड ओली गठबन्धन भयो । चर्को दबाबमा परेका प्रचण्ड राष्ट्रपति निर्वाचनमा एक सय असी डिग्री फन्को मार्दै कांग्रेसको नियन्त्रणमा पुगे । ‘प्रचण्डले चीनलाई धोका दिए’ भन्दै पूर्व प्रम समेत रहेका एमाले अध्यक्ष ओलीले गठबन्धन भत्काउनुमा विदेशी शक्ति केन्द्रको हात रहेको जनाउ दिए।

रविलाई गृहमन्त्री नबनाएकोमा शक्ति केन्द्रहरूको असन्तुष्टि रहेको र बामगठबन्धनले सजाय भोग्नुपर्ने चर्चा भइरहेको बेला मुस्ताङमा प्रस्तावित बौद्ध विश्वविद्यालय काण्ड सार्वजनिक भएको छ । २०२६ सालमा नेपालबाट हट्नु परेको भारतीय सेना निवृत्तीभरण शिविरको नाममा सादा पोशाकमा फैलिरहेको धेरैको अनुमान छ ।

तर यो ‘पेन्सन क्याम्प` सीमा क्षेत्रमा छैन । त्यसैले एमसिसीसँगै मुस्ताङमा बौद्ध धार्मिक विश्वविद्यालय स्थापना गर्ने र शैक्षिक संस्थाको आडमा भारतीय सेना सादा पोशाकमा तैनाथ गर्ने भारत – अमेरिका सहमती भएको ठानिन्छ । यो विषयमा प्रचण्डले ‘अहिले सकिने स्थिति छैन` भन्ने जवाफ दिएपछि उनको विरुद्दमा अदालतमा मुद्दा दायर गरिएको माओवादी केन्द्रका एकजना पोलिटब्युरो सदस्यले बताएका छन् । जनयुद्ध दिवस र जनयुद्धका शहीदहरूको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णयले पनि पश्चिमा शक्ति केन्द्रहरु चिढिएको बताइन्छ ।

कांग्रेसले के गर्ला ?

प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन पश्चिमाहरूको दवाव रहेको चर्चा भइरहेको बेला अमेरिकाप्रस्त ठानिने गगन थापा समुहले प्रचण्ड नेतृत्वको सरकारलाई धम्क्याउन थालेको छ । दुई वर्ष पछि आफ्नो स्वतः पालो आउने स्थितिमा देउवा समुह हतारिन चाहन्छ भन्ने एकथरीको बुझाई छ । राष्ट्रपति पौडेल खुलेर प्रचण्डको गुण तिर्ने मानसिकतामा रहेको देखिन्छ ।

माओवादी केन्द्रको रहस्यमय मौनता

विस्तृत शान्ति सम्झौताको कार्यक्षेत्र भित्रको मुद्दालाई सर्वोच्च अदालतले कार्यक्षेत्र अतिक्रमण गरेर प्रवेश गर्दा पनि माओवादी केन्द्रका दोश्रो र तेश्रो तहका नेताहरु मौन बस्नुलाई रहस्यमय ठानिएको छ । सरकार गठनको समयमा अनन्त र प्रभाकरले आ-आफ्नो गुटको मन्त्री सिफारिस गर्नुपर्ने तालिका लिएर प्रचण्ड समक्ष गएका तर प्रम प्रचण्डले रेखा शर्मा, सुदन किराँतीजस्ता अनन्त-प्रभाकर इतरलाई मन्त्री बनाएपछि माओवादी केन्द्रका शक्तिशली गुटहरु प्रचण्डसँग चिडियका छन् ।जसको कारण प्रचण्डमाथि प्रहार हुँदा पनि गुटहरु काखी बजाएर बसेको सुनिएको छ ।

विप्लवसहितको मोर्चाबन्दी गरेर राहत महसुस गरेका प्रचण्ड ९ दलको पत्रकार सम्मेलन लगत्तै फागुन ३० गते गोष्ठिबाट बाहिर निस्केका छन् । रमणीय के छ भने ९ दलको बैठकमा नै प्रचण्डले अदालत विरुद्ध लक्षित गोष्ठि पार्टीले गर्न नहुने बरु सहिद परिवारको नाममा गर्न सकिने बताएका थिए ।

अन्तत : प्रभाकर हावि भएका छन् र प्रचण्ड ९ दलिय मोर्चाबाट पछाडि हटेको छन् । ९ दलिय विज्ञप्तिमा समावेश गरिएको राज्य पुनरसंरचनाको विषयमा पश्चिमाहरुको सबैभन्दा धेरै आपत्ति रहेको सूत्रको दावी छ ।

ओलीको छटपटी

बामपन्थी हावि भएको सत्तासंरचना भत्काउनमा शक्तिकेन्द्रहरु उत्रिएपछि के. पी. ओलीको छटपटी सतहमा आएको छ । चीनलाई प्रचण्डले धोका दिएको गैरकुटनीतिक आरोप सार्वजनिक गरेर ओलीले अमेरिका, भारत र प्रचण्ड तिनैतिर औला उठाएका छन् । सभामुख र राष्ट्रपति दुबै कब्जा गर्न खोज्दा ओली राजनीतिक मंचमा फेरि पनि पछारिएका छन् भने उता प्रचण्ड पार्टी र सरकार दुवैतिरबाट चेपुवामा परेका देखिन्छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।