१३ बैशाख २०८१, बिहीबार

सिलुका बुबा कमानसिंह भुजेलप्रति नेता आदर्शद्वारा श्रद्धाञ्जली व्यक्त

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनवर्गीय संगठनका इञ्चार्ज सिलु सीका बुवा कमानसिंह भुजेलको निधनप्रति नेकपा पोलिटब्युरो सदस्य तथा पूर्वी गण्डक ब्युरो इन्चार्ज आदर्श सीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आदर्श सीले शाेक वक्तव्य जारी गर्दै बुवाप्रति पूर्वी गण्डक ब्युरोका तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन । २०८० वैशााख ७ गते बेलुका ७ :३० बजे ९० बर्षको उमेरमा भुजेलको  निधन भएको हो । साथै  नेता आदर्शले यस शोकको घडीमा सिलु सीसहित सम्पूर्ण परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरेका छन् ।

वक्तव्य भनिएको छ, ‘ऐतिहासिक जिल्ला गोर्खाको अजिरकोट गाउँपालिका ३ काफल डांडामा किसान परिवारमा जन्मिनु भएका बुबाले लामो समयदेखि कम्युनिस्ट पार्टीको सदस्यमा काम गर्नु भयो । सम्पूर्ण परिवार नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा संगठित हुनु भयो । उहाँका सात सन्तान मध्य कमरेड सिलु जो हाम्रा पार्टीको स्थायी समिति सदस्य तथा चर्चित गोरखा जेल ब्रेक(जेल तोड्ने) का योजनाकार एवं कमाण्डर हुनुहुन्छ ।’

परिवारमा सिलु सी लगाएत ५ छोरीहरु कुमारी भुजेल, वेल कुमारी भुजेल, फुलमाया भुजेल, चिनी कुमारी भुजेल, २ छोराहरु गंगा बहादुर भुजेल र बिर्ष बहादुर भुजेल रहेका छन् ।

कमानसिंह भुजेलको बैशाख १५ गते शोकसभा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।