१२ बैशाख २०८१, बुधबार

हत्या आरोपित कोइरीलाई पक्राउ गर्ने विषय किन हरायो ?:सांसद डाँगी

0

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हत्या आरोपित एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएकी छन्।

संविधानको धारा ८९ (घ)अनुसार सदनलाई जानकारी नदिई १० भन्दा बढी बैठकमा अनुपस्थित रहे उक्त व्यक्तिको सांसद पद रिक्त हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले कोइरीले अनुपस्थितिबारे सदनलाई जानकारी गराएको वा नगराएको विषयबारे स्पष्ट पार्न सभामुखसँग माग समेत गरेकी छन ।

‘रवि लामिछाने गृहमन्त्री हुँदा लक्ष्मी महतोबारे बारम्बार प्रश्नह उठे। त्यसपछि यो विषय एकाएक हरायो। हत्या आरोपका अभियुक्त लक्ष्मी महतो अहिले कता छन् ? उनलाई पक्राउ किन नगरिएको भनी सभामुखमार्फत गृहमन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु,’ सांसद डाँगीले भनिन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।