१५ चैत्र २०८०, बिहीबार

परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कपिलवस्तुमा सम्पन्न

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय केन्द्रीय विभागले कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायित्व विषयक अन्तरक्रिया कपिलवस्तु नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यलयमा भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी पार्टीका केन्द्रीय सल्लाहकार तथा श्रमिक समुदाय विभागको प्रमुख सन्ध्या सीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका पाेलिट ब्युरो सदस्य तथा कार्यलय सचिव विजय सी रहेका थिए । विशेष अतिथि श्रमिक समुदायको केन्द्रीय अध्यक्ष रामलाल सी, अतिथिहरु पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी, पार्टीका केन्द्रीय सदस्य ध्रुव सी, पूर्व कपिलवस्तु जिल्ला इन्चार्ज सुनिल सी, पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, मंगल सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य क्रान्ति, सहिद परिवारबाट भेग बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष सन्ध्याले अवधारणापत्र वाचन गरेकी थिइन् भने स्वागत मन्तव्य केन्द्रीय प्रतिनिधि सदस्य सुस्मा सीले राखेकी थिइन् ।

श्रमिक समुदायका अध्यक्ष रामलाल सीले श्रमिक समुदाय मोर्चा श्रमजीवी वर्ग भएको बताएका छन् । त्यसैले नेपाल कम्युनिस्ट पार्टीले श्रमिक समुदाय भनेर ब्याख्या गरेको बताएका छन् । नेपालमा जातियता अझै रहेको र भेटभाव भइराखेकाे बताउदै जातीय छुवाछूतको अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले ९ औं महाधिवेशनबाट सी जातिलाई रुपान्तरण गरेको बताए । सी जाति भनेको एक मात्रै कम्युनिस्टहरुको जात रहने गरि सी जाती साम्यवादी जाती बनाएको दाबी गरे ।

यसैगरी पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले पनि जातिय विभेदको विषयमा नेपाल कम्युनिस्ट पार्टीले पहिलो सी जातीलाई विकास गरेको बताए । विश्वमा धेरै जातीय विभेदले अकालमा ज्यान फालिरहेको भन्दै यसको विषयमा नेपाल कम्युनिस्ट पार्टीले गम्भीरतापूर्वक जातिय विभेदको अन्यको लागि सी जातिको विकास गरेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।