१२ बैशाख २०८१, बुधबार

वेपत्ता योद्धा पुर्ण पौडेलको स्मृतिमा प्रतिष्ठान घोषणा

0

कास्की/ जनयुद्धको क्रममा राज्यद्वारा बेपत्ता पारीएका योद्धा तथा तत्कालीन अखिल (क्रान्तिकारी) का नेता पूर्ण पौडेलको स्मरणमा पुर्ण पौडेल प्रतिष्ठान” घोषणा गरिएको छ। बुधबार पोखरामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवमं कार्यक्रमका मुख्य वक्ता विप्लव सी ले परिवर्तन, आन्दोलन, विज्ञान, खोज, क्रान्तिको मुल्य हुन्छ र यो मुल्य चुकाउदाको पिडा हामीमा सबैभन्दा बढी छ भन्दै लडाई नसकिएको बताए। मन्तव्यको क्रममा महासचिव विप्लवले सहिद तथा बेपत्ताहरु कुनै पार्टीको लागी भएका थिएनन् उनीहरु त जनताका लागी सहिद बनेका थिए , बेपत्ता भएका थिए भन्दै जबसम्म सहिद -बेपत्तका सपना पूरा हुदैन तबसम्म क्रान्तिको हुरी चलिरहने आफुहरु उनीहरुको सपना पुरा गर्न निरन्तर क्रान्तिको दिशामा अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा माओवादी केन्द्रका महासचिव एवमं पूर्व मन्त्री . देव गुरुङले “सबै प्रकारका त्याग बलिदानले नै क्रान्ति भएको बताए

त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले “शान्तिप्रकृया अनुसार सत्यनिरूपण तथा छानविन आयोगले आफ्नो काम पुरा गर्न सकिरहेको छैन। विभिन्न बहाना बनाएर आजसम्म टुंगो लगाएको छैन भन्दै सत्यनिरूपण आयोग मार्फत यी काम पुरा गर्न जरुरी रहेको बताए।

कार्यक्रममा उपस्थित सहिद सन्तति प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष प्रकाश बास्तोल , नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्व मन्त्री यज्ञ बहादुर थापा , ने क पा बहुमत का केन्द्रिय सदस्य गोकुल पराजुली , माओवादी (क्रान्तिकारी ) का केन्द्रिय सदस्य नारायण अधिकारी लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए भने बेपत्ता योद्धाका पौडेलका दाजु केदार पौडेललाई प्रतिस्ठानको अध्यक्ष र जीवनसङिनी आस्था सीलाई सचिव घोषणा गर्दै कार्यक्रम समापन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।