१९ बैशाख २०८१, बुधबार

जनतामाथि शोषण गर्ने बित्तीय संस्थाहरु विरुद्ध प्रतिबन्ध लगाउने नेकपा पुर्वी अछामको निर्णय

0

 

  अछाम /नेपाल कम्युनिस्ट पूर्वी अछामले जनतामाथि वित्तियरूपमा चरम शोषण गर्ने वित्तीय संस्थाहरु लाई प्रतिबन्ध लगाएको छ। पूर्वी अछाममा सञ्चालनमा रहेका विभिन्न वित्तीय संस्थाहरुले जनतामाथि सहिनसक्नु दमन, आतंक र उत्पीडन गरेकोले जनता आत्मदाह गर्नु पर्ने स्थिति आएको भन्दै प्रतिबन्ध लगाएको हो। बुधवर नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा पूर्वी अछामका जिल्ला इन्चार्ज मिना सी र नेकपा पूर्वी अछामका सचिव लोकेन्द्र सीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा सो प्रतिबन्धको घोषणा गरिएको छ।

  विज्ञप्तिमा “लघुवित्तिय संस्थाहरुले चक्रिय न्याज असुल्ने गरी साँवाको योग र जरीवाना, फेरी म्याज र जरीवानाको समेत व्याज लाग्ने गरी असुल उपर गरी कतिपयको ऋण नवीकरण गर्ने सम्मको हद पार गरी रहेका छन् । यतिसम्मको ऋणीले पैसा तिर्ने कबुल गर्दा पनि पिडितलाई विभिन्न बहानामा धम्की दिने र अमानविय व्यवहार देखायर चर्को दबाब दिने सम्मको हर्कत गर्नुले जनतालाई थप मर्कामा पारेको छ। यो संगै नेपाल बायो कृषि बहुउदेश्यीय लघुवित्त संस्थाले कमलबजार नगरपालिका लगायतका गाउँ तथा नगरपालिकाहरूमा विभिन्न समुह गठन गरेर जनताबाट चर्को मात्रामा पैसा संकलन गरी जिल्लाबाट फरार भएको घटना प्रती हाम्रो पार्टीको गम्भीर ध्यानार्कषण भएको छ । उक्त संस्थाको कर्मचारीलाई समयमै जनताको विचमा हाजिर भएर जनताबाट प्राप्त रकम फिर्ता गर्न अपिल गर्दछ । अन्यथा त्यसबाट हुन आउने परिणामको जिम्मेवार स्वयम् संस्थाने रहने कुरा पनि अवगत गरिन्छ ।” भन्नेकुरा उल्लेख गरिएको छ।

विज्ञप्तिमाको पूर्ण पाठ…


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।