१३ बैशाख २०८१, बिहीबार

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

0

 

 बागलुङ /गुल्मी जिल्लाको मालिका गाउँपालिका -२ दर्लिङ्ग बाट बाग्लुङको बडिगाड भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याप जिप दर्लिङ्गको दुनाममा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि सह -चालक बाग्लुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 

 

त्यस्तै सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन केसीको अवस्था मध्यम रहेको र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।

 

गए राती ११:४० बजेको समयमा जिपको एक्कासि ब्रेक फेल भएर सडक भन्दा करिब १५० मिटर तल खसेको स्थानीयले बताए । घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।