१२ बैशाख २०८१, बुधबार

अर्जेन्टिनाले अब चिनियाँ आयातकाे भुक्तानी डलरको सट्टा युआनमा गर्ने

0

अर्जेन्टिनाले अब चीनबाट खरिद गर्ने सामानको भुक्तानी डलरको सट्टा चिनियाँ मुद्रा युआनमा गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अर्जेन्टिनाले देशको घट्दो डलर सञ्चितिलाई ध्यानमा राख्दै यो निर्णय गरेको हो ।

एजेन्सीका अनुसार सरकारी विज्ञप्तिमा अप्रिल महिनामा अर्जेन्टिनाले चिनियाँ आयातको करिब एक अर्ब डलर युआनमा भुक्तान गर्ने लक्ष्य राखेको छ । यो भुक्तानी पछि, करिब ७९ करोड डलर मासिक आयात पनि चीनलाई युआनमा गरिनेछ ।

चिनियाँ राजदूत जू शियाओलीसँग बैठकपछि अर्जेन्टिनाका अर्थमन्त्री सर्जियो मस्साले यो निर्णयको पछाडिको कारण डलरको अभावलाई हटाउनु भएको बताए ।

अर्जेन्टिनामा खडेरीका कारण कृषिजन्य वस्तुको निर्यातमा तीव्र गिरावट आएका कारण यसको डलर सञ्चिति कमजोर भएका बेला यो निर्णय गरिएको हो ।  

गत वर्ष नोभेम्बरमा, अर्जेन्टिनाले आफ्नो अन्तर्राष्ट्रिय सञ्चिति बढाउन चीनसँग ५ अर्ब डलर साटेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।