४ जेष्ठ २०८१, शुक्रबार

जनगुनासोका आधारमा वित्तीय संस्था र मिटरब्याजीलाई जनकारबाही गर्छौं : जागृती

0

­काठमाण्डौ| नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृती सी ले पिडितका जनगुनासोको आधारमा लघुवित्त वित्तिय संस्था र मिटरब्याजेहरुलाई जनकार्वाही गर्ने बताएका छन् ।

उनले नेपाल कम्यूनिष्ट पार्टी पस्चिम लुम्विनी व्यूरो द्वारा सन्चालित यूवा मार्च तथा जनभेटघाट अभियानको क्रममा प्यूठानका विभिन्न स्थानमा सम्पन्न कोणसभा लाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गरेका हुन् । नेता जागृति सी ले वैंकहरुको चर्को ब्याज, लघुवित्तको मनपरी र मिटर ब्याजेहरुको अवैध धन्दाका विरुद्ध पिडितहरु एकतावद्ध हुदैँ अब जनता आफै नवसामन्त मिटरब्याजे र नवसुदखोर लघुवित्त वित्तिय संस्थाहरुलाई गाउँगाउँ लखेट्न पनि अनुरोध गरे । उनले अव यि यस्ता सबैखाले समस्याहरुको समाधान एकिकृत जनक्रान्तिको बाटोबाट देशमा वैज्ञानिक समाजवाद स्थापना गरेमात्र समभव रहेकोले प्यूठानवासी जनसमुदायलाई एकिकृत जनक्रान्तिको अभियानमा लामवद्ध हुन आव्हान समेत गरेका थिए।

त्यस्तै युवा मार्च तथा जभेटघाट अभियानका कमाण्डर एवम् यूवा संगठन नेपाल पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सागर सी ले यो अभियानको क्रममा शहिद तथा वेपत्ता परिवार, जनयुद्धका घाइते तथा अपाँग योद्धा र अति विपन्न वर्गका बस्तिहरुमा गई श्रममा जोडिने र गाँउगाँउमा यूवा संगठन विस्तार गर्ने बताए ।

३४ औं ऐतिहाँसिक जनआन्दोलन दिवसको अवसर पारी चैत्र २४ गते देखी सन्चालन गरेको यूवा मार्च तथा जनभेटघाट अभियान व्यूरोको पुर्वी र पस्चिम कपिलवस्तु, दाङ्गदेउखुरी उपत्तेका मा समपन्न गरी वैशाख १४ गते देखी प्यूठान प्रवेश गरेको अभियान टोलीले सरुमारानी गाँउपालिकाको दरभान बजार, ढुंगेगढी बड्डाडा, माण्डवीको चकचके, नयँगाँउ, स्वर्गद्धारी नगरपालिका को भिँग्री, जलुके, किमिचौर, हुँदै आज प्यूठान नगरपालिका को क्वाडी, जुम्री बजार, बिजुवार शहिद मित्रमणी चोक र वाग्दुला चोक सम्म यूवा मार्चपास र नाराजुलुस सहित बजार परिक्रमा गर्दै कोणसभाहरु सम्पन्न भएको छ । त्यस्तै भोली आइतवार नौबहिनी गाँउपालिकाको लुङ्ग बाहनेमा यूवा मार्चपास तथा कोणसभा हुने यूवा संगठन नेपाल प्यूठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।