१४ बैशाख २०८१, शुक्रबार

एकीकृत क्रान्ति मार्क्सवादको नयाँ प्रयोग र आयाम हो: प्रकाण्ड

0

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली मौलिकता र बिशेषतामा आधारित नयाँ प्रयोग र नयाँ आयाम भएको बताएका छन। १ सय ३४ औं अन्तरास्ट्रिय मजदुर दिवसको सन्दर्भमा काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले यस्तो बताएका हुन।

मन्तव्यको क्रममा प्रबक्ता प्रकाण्डले “एकीकृत क्रान्तिको कार्यदिशालाई नेपाली क्रान्तिको ठोष परिस्थितिमा प्रयोग गर्दै जादा एकातिर नयाँ संभावना र संकटहरु देखा परिरहेका छन त्यसको समाधान र जनताको मुक्तिको चाहाना जनतामा छ “उनले भने -अर्कोतिर साम्राज्यवाद र दलाल पुँजीवाद मुख्य खतराको रुपमा अगाडि आईरहेको छ ,यी सबै कुरालाई ध्यान दिएर नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता छ।त्यो ऐतिहासिक दायित्वको पछिल्लो कडी र पहलकदमी नै कम्युनिस्ट पार्टीहरु बिचको एकता र ध्रुवीकरण हो।”

सोमबार नेकपा र श्रमिक जनता पार्टीबिच भएको एकता कार्यक्रममा महासचिव विप्लवले अध्यक्षता गरेका थिए भने नेकपा स्थायी समिति सदस्य बिषम, अनिल सी, शिलु सी, भरत सी लगायतका नेताहरूको सहभागिता रहेको थियो । एकता घोषणा सभामा श्रमिक जनता पार्टीका जीवन्तले मन्तव्य व्यक्त गरेका थिए भने स्थायी समिति सदस्य सुशीलले स्वागत मन्तव्य व्यक्त गर्दै कम्युनिस्ट आन्दोलनका दुई प्रवृति: संसदवाद र बहिष्कारवाद विरुद्ध संघर्ष गर्दै एकीकृत क्रान्ति बिजय हुने धारणा राखेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।