१४ बैशाख २०८१, शुक्रबार

जनता निराश भए साम्राज्यवादले देशलाई गुलाम बनाउँछ : विप्लव

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाली जनतालाई निराश नहुन अपिल गरेका छन् । १ सय ३४ औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले नेपालका जनता निराश भए साम्राज्यवादले घेराबन्दी गरेर देशलाई नै गुलाम बनाउने खतरा भएको भन्दै जनतालाई निरास नहुन अपिल गरेका हुन् ।

‘नेपाली जनता आफ्नो स्वाभिमानमा कहिल्यै नझुकेको इतिहास छ । यहाँका युवाहरु स्वाभिमानी छन् । युवाहरु श्रममा जोडिन पर्छ । जुन देशका युवाहरुले श्रमसङ्ग चेतना जोड्न सक्दैन उसले दासत्व स्वीकार गर्नु पर्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘नेपालका जनता निराश भए भने साम्राज्यवादले घेराबन्दी गरेर देशलाई नै गुलाम बनाउने खतरा छ । हामी कहिल्यै पनि निराश हुनुहुँदैन । जनतालाई निराश बनाउनु हुँदैन ।”’

समाजमा वर्ग पैदा भएकै दिनबाट मजदुर र मालिकबिच संघर्ष चलिरहेको भन्दै उनले मे १ मालिकका विरुद्धको निर्णायक विद्रोह भएको बताए । ‘समाजमा वर्ग पैदा भएको दिनदेखि संघर्ष चलिरहेको छ । यो १९ औं सताब्दीमा आएर एकीकृत भएको हो । निर्णायक विद्रोहका रुपमा परिणत भएको हो ।’, उनले भने, ‘मे १ सिकागोको आन्दोलनको निरन्तरता हो, श्रमिकहरुलाई मालिक बनाउने दिवस पनि । यो हजारौं वर्षदेखिको संघर्षको सफलता हो ।’

श्रम गरेर पसिना बगाउनेहरुको विजय सुनिस्थित भएको भन्दै विप्लवले सबैलाई श्रममा जोडिएर पसिना बगाउन अपिल गरे । ‘श्रममा वैज्ञानिक चेतना र दृस्टिकोण जोड्न सकियो भने विजय सुनिस्चित छ ।’, उनले भने, ‘साम्राज्यवादका नाइकेहरुले आफ्नो देशमा मात्र होइन संसारका विभिन्न ठाउँमा आफ्नो कृतिम डमी खडा गरेर हाम्रो श्रमलाई दासत्वमा बदले । उनीहरुले हाम्रो सपनाको हत्या गरेर दास बनाउन चाहेका छन् । हामी श्रममा जोडिएर उनीहरुको दासत्वको अन्त्य गर्नुपर्छ । आत्मनिर्भर हुँदै विजयको झण्डा फहराउनुपर्छ ।’

दुलामा लुकेर बसेका प्रतिकियावादीहरुले नेपाली जनताका बिरुद्धमा धावा बोलिरहेको भन्दै हजारौं वर्षदेखि नेपाली जनताले कसैको पनि दासत्व स्वीकार नगरेको जिकिर गरे । ‘हजारौं वर्षदेखि प्रतिक्रियावादीहरु दास भएर बसेका छन् । तर नेपाली जनताले आजसम्म पनि दासत्व स्वीकार गरेका छैनन् ।’, उनले भने, ‘यो नेपाली जनताको कुरा मात्र होइन विश्वभरका श्रमिकहरुले पनि दासत्व स्वीकारेका छैनन् । दासत्वको विरुद्धमा निर्णायक विद्रोह गरेका छन् । त्यसको उदाहरण आजको दिन हो ।’

कम्युनिस्टहरुले विगतका सबै लडाईं जितेको बताउँदै विप्लवले भने, ‘हामीले सबै लडाइ तित्यौं तर सत्ताको मालिक हुन सकेनौं ।
महिला ,मजदुर सत्ताका मालिक बन्न चाहन्थे, युवा सत्ताका मालिक हुन चाहन्थे, सम्पूर्ण नेपाली जनता सत्ताका मालिक हुन चाहन्थे तर यहाँका दुलामा लुकेका ब्वासाहरुले चलखेल गरेर बन्न दिएनन् । अब हामीले ती ब्वासाहरुलाई दुलाबाट थुतेर हामी सत्ताका मालिक हुन्छौं । हामीलाई कसैले रोक्न सक्दैन । अब नेपालमा हाम्रै नेतृत्वमा निकट भविष्यमै नेपाली श्रमिक जनता सत्ताको मालिक हुनेछन ।’

नेपालमा कम्युनिस्ट असफल नभएको भन्दै कम्युनिस्टहरुकै नेतृत्वमा वैज्ञानिक समाजवाद जन्मिने जिकिर गरे । पार्टी एकताको सन्दर्भमा बोल्दै विप्लवले श्रमिक जनता पार्टीसँगको एकता समाजवादी आन्दोलनको लागि एकता भएको बताए । ‘यहाँ  रहेका मजदुर, किसान ,उत्पीडित वर्ग सिकाकाको बाटोमा लाम लाग्ने हिम्मत बढाउनको लागि आजको एकता हो । यो संख्याको कुरा होइन, यो सचेत बिद्रोहको सवाल हो । यो सारा जनताहरुलाई क्रान्तिको ज्वालामुखिमा एकाकार गर्न सडकबाघको नेतृत्व गर्ने झिल्को हो ।’

सहिद मित्रमणी आचार्यको सहादतले सारा पञ्चाएत डगमगाएको भन्दै उनले नेकपाको नेतृत्वमा विश्व साम्राज्यवाद र दलाल संसदीय व्यवस्था समेत डगमगाएको बताए । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबीच पार्टी एकता भएको हो । पार्टी एकता कार्याक्रममा महासचिव विप्लवले अध्यक्षता गरेका थिए भने कार्यक्रमको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका थिए ।

कार्यक्रममा  पर्सा जिल्ला पुर्व सेक्रेटरी शिरोमणी साप्कोटा (जनक )जिल्ला कमिटी सदस्य रमेश राउत र भक्तपुरबाट बालकृष्ण श्रेष्ठ  नेपाल कम्युनिस्ट  पार्टीमा समाहित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।