१२ बैशाख २०८१, बुधबार

अमेरिकाको चौधौँ ठूलो बैंक टाट पल्टियो

आर्थिक मन्दीको चिन्ता बढ्दै

0

अमेरिकाको चौधौँ ठूलो बैंक फस्ट रिपब्लिक बैंक टाट पल्टिएको छ । उक्त बैंकलाई अमेरिकी नियमनकारी निकाय फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोेरेसनले टाट पल्टिएको घोषणा गरेको हो ।अमेरिकाका सिलिकन भ्याली र सिग्नेचर बैंक टाट पल्टिएको दुई महिना नबित्दै अर्को ठूलो बैंकसमेत टाट पल्टिएको बताईइएको हो ।

बैंक बचाउने अनेकौँ प्रयास विफल बनेपछि संकटग्रस्त बैंकलाई जेपी मोर्गन चेस एन्ड कम्पनीले अधिग्रहण गरेको छ । मोर्गनले बैंकको १७३ अर्ब डलर ऋणको पोर्टफोलियो, ३० अर्ब डलरको बचतपत्रका साथै ९२ अर्ब डलरको बैंक डिपोजिट अधिग्रहण गरेको हो । डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसनका अनुसार जेपी मोर्गनले सुरक्षण नभएका र डिपोजिटसहितका सबै धनमाल अधिग्रहण गर्नेछ । 

फस्ट रिपब्लिक बैंक अमेरिकाको चौधौँ ठूलो बैंक हो । बैंकको सम्पत्ति दुई सय ३३ अर्ब अमेरिकी डलर छ । तर, यही बैंक असफल प्रमाणित भएको छ । यसअघि सन् २००८ मा लेहमन ब्रदर्स बैंक टाट पल्टिएको थियो  भने यसरी नै बैंकहरु टाट पल्टिँदै जादा आर्थिक संकट थप गहिरिदै जाने बिश्लेषण समेत भईरहेको छ।

रिपब्लिक बैंकको पतनले आर्थिक मन्दीको चिन्ता थप बढाउने देखिएको छ । अर्थशास्त्री एवं विश्लेषकले सिलिकन भ्याली बैंकको असफलताबाट सुरु भएको उथलपुथलले बैंक र लगानीकर्तालाई चिन्तित गराएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।