११ श्रावण २०८१, शनिबार

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा ४ जिल्लामा सम्मेलन सम्पन्न

0

काठमाडौँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चार वटा  जिल्लाका सम्मेलनहरु सम्पन्न भएका छन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरलाई उत्सवको रुपमा मनाउदै देशका विभिन्न जिल्लामा विविध कार्यक्रमको रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस  मनाएपनि तनहुँ, लमजुङ, मुस्ताङ, चितवन लगायतका जिल्लामा भने सम्मेलन गर्दै मजदुर दिवस मनाएको छ ।
सोमबार सम्पन्न सम्मेलनले मुस्ताङमा बिना सीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको छ । त्यस्तै लमजुङमा आकाश सीको अध्यक्षतामा १७ सदस्यीय, चितवनमा धर्म सीको अध्यक्षतामा २१ सदस्यीय र तनहुँ जिल्लामा सागर सीको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरेको छ ।
जिल्ला सम्मेलनलाई सफल पार्न केन्द्रीय कार्यालयबाट तनहुमा महासंघका केन्द्रिय अध्यक्ष श्याम सी आफै उपस्थित थिए भने मुस्ताङ जिल्ला सम्मेलनमा महासंघका केन्द्रीय सदस्य शिव सी  सहभागी भएका थिए । बाँकी जिल्लाहरुमा स्थानीय पार्टीको सहभागितामा सम्मेलन भएको बताइएको छ ।
मजदुर दिवसलाई उत्सवको रुपमा मनाउदै  केन्द्रीय स्तरमा पार्टीकै आयोजनामा अन्तर्राष्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमसहित मजदुर दिवस मनाएको काठमाडौँ स्थित केन्द्रीय सदस्य नारायण तोलाङ्गीले जानकारी दिएका छन् ।
तनहुँको जिल्ला सम्मेलनलाई सम्बोधनको क्रममा महासंघका अध्यक्ष श्याम सीले विगठित र विभाजित अवस्थामा रहेको मजदुर आन्दोलन १३४ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका दिनदेखि एकता र सँघर्षको प्रकृयाबाट अघि बढ्नुका साथै अबको मजदुर क्रान्ति विगतको बेलायतको मेसिन विरुद्धको लुडाइट आन्दोलन जस्तो नभई १८९० को सिकागो शहरको मजदुर आन्दोलनबाट थप प्रेणा लिदै मेसिन विरुद्ध नभई मेसिनलाई प्रयोग गरेर विज्ञान र प्रविधिको दुनियाँमा नयाँ शैलीको मजदुर क्रान्ति आवश्यक रहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।