६ बैशाख २०८१, बिहीबार

अमेरिकामा १६ वर्षयताकै उच्च ब्याजदर

0

एजेन्सी / अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले मुद्रास्फीति नियन्त्रणका लागि भन्दै लगातार १० औं पटक ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएको हो ।

योसँगै अमेरिकी फेडरल रिजर्भ बैंकले सन्दर्भ ब्याजदर न्यूनतम ५ देखि अधिकतम ५.२५ प्रतिशत बिन्दु कायम गरेको सञ्चार माध्यम सीएनबीसीले उल्लेख गरेको छ । यसअघि यस्तो ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म थियो ।

अमेरिकाको यो ब्याजदर १६ वर्ष (सन् २००७ अगस्ट) यताकै उच्च हो । १६ वर्षअघिको सन्दर्भ ब्याजदर पनि यहीं बिन्दुमा थियो । साथै बैंकले ब्याजदर वृद्धिको चक्र अन्तिम चरणमा रहेको पनि स्पष्ट पारेको छ । फेडरल ओपन मार्केट कमिटीले सन्दर्भ ब्याजदर बढाएसँगै अमेरिकामा अन्य सबै प्रकारका कर्जाको ब्याजदर स्वतः बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।