१२ बैशाख २०८१, बुधबार

नेता गणेशका बुवा भुमिनन्द ढकालको स्मृतिमा सहायता कोषको स्थापना

0

लम्की /  कैलालीको लम्कीचुहा नगरपालिका १ लम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई लक्षित गर्दै सहायता कोेष स्थापना  गरिएको छ । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य गणेश प्रसाद ढकालका स्वर्गिय बुवा भुमीनन्द ढकालको दोस्रो बार्षिक पूण्यतिथिका अवसरमा विद्यालयमा एक कार्यक्रमका विच उक्त कोषको स्थापना गरिएको हो । आज एक कार्यक्रमका विच विद्यालयमा ११ हजार १ सय ११ रुपैँया कोष स्थापना गर्नका लागि विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

 

 स्वर्गिय ढकालकी धर्मपत्नी श्री साबी ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथिमा लम्कीचुहा नरगपालिका वडा नम्बर १ का वडा सदस्य सिद्धराज तिमिल्सैना रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा सदस्य तिमिल्सैनाले यस्ता कार्यक्रमले गरिब असहायका लागि धर्म हुने भन्दै यस कार्यक्रमको सुरुवात गरेकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल लगाएत ढकाल परिवारलाई धन्यवाद दिनुभयो । 

 यस्तो किसिमको सकारात्मक काम गरेर उहाँहरुले राम्रो कार्यको थालनी गरेको भन्दै आफ्नो व्यक्तिगत तर्फबाट पूर्ण साथ रहने र वडा कार्यलयले पनि यसमा सहयोग गर्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै नेता  तथा स्वर्गिय भूमीनन्द ढकालका छोरा गणेश सीले विद्यालयमा सहायता कोष स्थापना गरेर गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा विद्यालयको व्यवस्थापन समितिको निर्णयबाट सहयोग गर्ने उद्देश्य रहेको बताउनुभयो । वार्षिक स्मृति दिवस, बिबाह, वर्तबन्ध, जन्मोत्सोव लगाएतका कार्यक्रममा तडक भडक र धेरै खर्च नगरी सबैलाई असहायका लागि केही रकम उक्त कोषमा जम्मा गरिदिन समेत उहाँले आग्रह गर्नुभयो ।

 
यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद जैसीले विद्यार्थीका लागि खडा भएको सहायता कोषले गरिब तथा असाहय विद्यार्थीका लागि ठूलो राहत हुने भन्दै यस्तो कार्यको थालनी गर्ने परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य थुमा पहराई, विद्यालय सल्लाहाकार समितिका सदस्य मिन बहादुर बटाला लगाएतकाले श्रद्धाञ्जली व्यक्त गर्दै सहयाता कोषबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई ठूलो सहयोग पुग्ने भन्दै आफुहरु सबैको साथ रहेको प्रतिवद्धता जनाउनुभएको थियो । 

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नविन देवकोटाले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।