७ बैशाख २०८१, शुक्रबार

वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था: विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान राजनीतिक संकटको कारक संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्ग ब्यूरोले शनिबार आयोजना गरेको ’दलाल पुँजीवादी संसदीय व्यवस्थाको असफलता, राष्ट्रिय संकट र अग्रगामी निकास – बैज्ञानिक समाजवाद’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बिप्लव सीले सो ठोकुवा गरेका हुन् ।

महासचिव विप्लव सीले संसदीय व्यवस्थाकै कारण शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारका बिषयमा व्यापारीकरण भएको भन्दै लघुवित्त , वित्तीय संस्था र बैंकका कारण उद्योगी , ब्याबशायी लगायत आम सर्वसाधारण जनता प्रताडित बनेको बताए ।

मन्तव्यको क्रममा महासचिव विप्लवले पुरानो तरिकावाट मात्र क्रान्ति सभव नहुने बताउदै क्रान्ति सम्पन्न गर्न एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी सारेको बताए । उनले दलाल पुँजीवादले नयाँ विचार , नयाँ प्रविधि लिएर आएको उल्लेख गर्दै भने – ‘उनीहरु नयाँ तरिकाले आउँदा हामी पुरानो तरिकाले गएर हुँदैन । हामीले पनि नयाँ तरिकाबाट लड्न पर्छ । हामी पुरानो तरिकाले लड्यौं भने परिजित हुने निश्चित छ ।’

महासचिव विप्लव सीले देश र जनतामाथि खेलबाड गर्ने दलाल पुँजीवाद भएको बताउदै देश र जनताको मुक्तिको लागि बैज्ञानिक समाजवाद स्थापना गर्नु अनिबार्य भएको बताए।

महासचिव विप्लव सीले भने – ’ उद्योग खोल्छु भन्दा बाताबतण नबनाएर आफैलाइ आगो लगाएर आत्मादाह गर्नु पर्ने यो कस्तो ब्यबस्था हो  ?न्यायालय भ्रस्टाचारको अखडा हो भनेर प्रधान न्यायाधीश आफै भन्दै हिड्छन भने आम जनताले न्यायको परिकल्पना कसरी गर्न सक्छ ? सबैतिर भ्रस्टिकरण भएको छ यो ब्यबस्था जुन कोणबाट हेर्दा पनि असफल नै छ ।

’महासचिव विप्लव सीले अगाडी भने – ’ भुटानी शरणर्थी प्रकरणमा एकलाखको सङ्ख्यामा छन तर १÷१५० लाइ जोडेर त्यो पनि पुर्व माओवादीहरुलाइ जोडेर जनयुद्दको नेतृत्वमाथी हमला हुँदैछ यो नियोजित छ । यो सब हुनुको कारण यही असफल दलाल सम्सदीय ब्यबस्था हो । देशलाई नया तरिकाले सोच्नु पर्छ यो ब्यबस्थाको बिकल्प खोज्नु पर्छ भनेर सुझाब आउन थालेको छ, गाउँगाउँमा छलफल र बहस चल्न थालेको छ । हामीले सबै बामपन्थी कम्युनिस्ट , देशभक्तहरुलाई यो ब्यबस्थाको बिकल्पमा समाजवादी ब्यबस्थाबारे वहस गरौ , अगाडि बढौ भनेका छौ । यसो भएन भने हामी हाम्रो आफ्नै पहलमा यहाँका किसान, मजदुर ,बिध्यार्थी, बुद्दिजिबीलगायत सम्पुर्णलाई उठाएर समाजवादी क्रान्तिको ज्वारभाटा ल्याउछौ ।’

हामीलाई मन्त्री , कुर्सी कुनैपनी चिजको लोभ छैन । यसको मतलब जनताको सत्ताको नेतृत्व लिनै हुन्न भन्ने होइन। हामी पुरानो समाजव्यवस्था सङ्ग प्रतिस्प्रधा गर्न चाहन्छौ , नया सँस्कृती बनाउन चाहन्छौ । हरेक कुरामा बैज्ञानिक प्रयोग गर्न चाहन्छौ । हामी आफैमा आत्मानिर्भर बन्न चाहन्छौ। समाजवाद आयो भने रुखबाट पैसा झर्दैन हामीले मेहनत गर्नु पर्छ, आफ्नो श्रममा बाच्नु पर्छ , क्षामता अनुसारको काम र पारिश्रमिक पाउनुपर्छ ’महासचिव विप्लव सीले भने ।

अन्तरक्रिया कार्यक्रमा नेकपाका केन्द्रिय सदस्य बिकल्प सी ले कार्यपत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यपत्र माथि हरी रोका युवराज सङ्ग्रौला , शरदराज वन्त, हरी पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।