२०४६सालदेखि लगाताररुपमा संसदीय व्यवस्था यो देशमा प्रयोग भयो । १५ बर्ष अघि घोषणा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था पनि जनताको व्यवस्था बन्न सकिरहेको छैन । अहिले दलाल पुुँजीवादीहरुले शासन व्यवस्थामा हैकम चलाईरहेको अवस्था छ । त्यसयता हरेक क्षेत्रमा हरेक वर्ष ओरालो यात्रा छ । राष्ट्रिय स्वाधीनताको पूर्ण रक्षा गर्ने, नागरिकहरूको सुख, समृद्धिलाई सुनिश्चित गर्ने, आत्मनिर्भर (उत्पादनमुखी अर्थतन्त्र स्थापना गर्ने, सम्पूर्ण विभेद र भ्रष्टाचारको अन्त्य गरेर सुशासन स्थापना गर्ने, असली लोकतन्त्रको स्थापना गर्ने, पूर्वाधार विकास र समृद्धि यात्रा अगाडि बढाउने मुख्य अभिभारामा संसदीय व्यवस्था पूर्णत असफल सिद्ध भएको छ ।
किसान, महिला, मजदुर, श्रमिक समुदाय, उत्पीडित जाति, क्षेत्र र वर्गलगायतका जनसमुदायको अधिकार अपहरण हुन पुगेको छ । आर्थिक परनिर्भरता, दलालीकरण, माफियागिरीलाई वृद्धि गरेको छ । जनता चर्को मूल्यवृद्धि र बेरोजगारी एवं गरिबीको मारमा परिरहेका छन । नेपाल यतिबेला एउटा ऐतिहासिक संक्रमणको कालखण्डमा उभिएको छ । सबैतिर असन्तुष्टि, आबेग र आक्रोश पोखिएको छ । संकटमा नपरेको कुनै पनि व्यक्ति, क्षेत्र र संस्था छैन । संकटलाई मोचन गर्न देशमा नयाँ अग्रगामी निकासको जरुरी छ । त्यसको निम्ति नेपालका राजनीतिक शक्ति, नेतृत्व र बुद्धिजीवीहरुले यो संकटलाई कसरी समाधान गर्ने ? त्यसको अग्रगामी निकास के हो ? नेतृत्व कसले गर्ने ? देशलाई गुणात्मक परिवर्तन र रुपान्तरण तिर कसरी लैजाने ? गहन विमर्श गर्न जरुरी छ ।
राजनैतिक क्षेत्रको संकट
संसदीय व्यवस्थामा आएको संकटले संसदवादी राजनीति विचार शून्य अवस्थामा पुगेको छ । सिद्धान्तहीनता, विचारहिनता, पथ भ्रष्टता, दलालीकरण र भ्रष्टाचार दैनिकी जस्ता भएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबै क्षेत्रमा भागबन्डा, जोड–घटाउ, जालसाजी, षडयन्त्रको गठबंधन यसैमा मात्र सीमित भएको छ । कर्मचारीतन्त्र, उद्योगी, व्यवसायी, अदालत, सेना आदि सबै यसको सिकार भएका छन् । सरकार बनाउने, गिराउने, खरिद बिक्री गर्ने आदि सारा चर्तिकलाहरु प्रबृतिको रुपमा दोहोरिएका छन् । पद, कुर्सी, पैसा, गुट, उपगुटका स्वार्थहरुमा हानाथाप, आपसी भिडन्तहरुले जनतालाई वाक्क बनाएको छ । सत्ता र पदका निम्ति जे पनि गर्न तयार हुने देशको साधनस्रोत विदेशीहरुसँग मोलमोलाइ गर्ने जस्ता निकृष्ट र तुच्छ कामहरु भइरहेका छन् । यो संसदीय राजनीतिमा निष्ठा, इमान र नैतिकता भन्ने चिज बाँकी छैन । संसदीय पार्टी, नेता र व्यवस्थाप्रति जनताको मोह पुरै भङ्ग हुन पुगेको छ । समग्रमा संसदीय व्यवस्था चरम संकट पुगेको छ ।
आर्थिक क्षेत्रको संकट
विभिन्न जनसंघर्ष र जनआन्दोलन, जनयुद्ध र क्रान्तिले पूर्ण सफलता प्राप्त गर्न सकेन । त्याग, तपस्या र बलिदानले विजय प्राप्त गर्न सकेन । देशको अर्थतन्त्रको बागडोर भष्ट्रचारी नेतृत्व पंक्ति, उच्चपदस्थ कर्मचारी गण तथा गैर उत्पादक दलाल पुुँजीवादी व्यापारीहरुको कब्जामा पुगेको छ । मुट्ठीभर व्यक्तिहरु अरबपति बन्दै गएका छन् । उत्पादनमूलक उद्यमी व्यवसायीहरु टाट पल्टिएका छन् । नागरिकहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा, यातायात, सूचना, सञ्चार, सेवा र सुविधा जस्ता आधारभुत आवश्यकताहरु पुरा गर्न नसक्ने हालत बन्दैछ । जस्ता, चालु आर्थिक बर्षको आर्थिक बृद्धि दर २.१६ प्रतिशतमा सीमित हुने आंकलन गरिएको छ । जवकी एक बर्ष अघि बजेट प्रस्तुत गर्दै गर्दा ८ प्रतिशतले आर्थिक बृद्धि हुने प्रक्षेपण गरिएको थियो । राष्ट्रिय तथ्याङ्क विभागले हालै जनाए अनुसार नेपाली कूल गार्हस्थ उत्पादनको (जिडिपी) साइज असार मसान्त सम्ममा रु ५३ खर्व ८० अर्ब पुगेको जनाएकोछ । प्राप्त सुचना अनुसार कृषि, उद्योग, पर्यटन, निर्माण मात्र घटेका छैनन् होस सेल र रिटेल सेक्टर व्यापार पनि घटेका छन । पोहोर साल ७.४६ प्रतिशतले बृद्धि भएको उक्त सेक्टर यो बर्ष २.९६ प्रतिशतको बृद्धि दरमा ओर्लिएकोछ । यसरी ब्यापार घट्नुमा दुवै कारण प्रवल हुन सक्छन, पहिलो आम मानिसको क्रय शक्ति घट्नाले उपभोग कम गरेका छन् । दोश्रो भन्सार नतिरीकन सामग्री भित्रिने (अण्डर इन्भ्वासिङ) को मात्रा बढ्ने गरेकोछ । यस्तो कृयाकलाप भष्ट्राचार व्याप्त हुँदा हुने हो । सन् १९९७ देखि नै नेपाली अर्थतन्त्र क्रमिक रुपमा खस्कदै गएको थियो । तर सन् १९१९ देखि भने आर्थिक बृद्धि अवरुद्ध हुन पुगेको संकेत गरेको थियो । यतिवेला आएर मात्र नवउदारवादी अर्थशास्त्रीहरु पनि मन्दी ग्रस्त हुन पुगेको स्विकार गर्न पुगेकाछन ।
जल, जंगल, जमिन, जलस्रोत, जडिबुटी, प्राकृतिक साधन र स्रोतहरु सबैतिर मिलोमतोमो दोहन अर्थात भष्ट्राचार हुने गरेकोछ । भुुमण्डलीकृत उदारवादी पुुँजीवादले राष्ट्रिय उद्योगधन्दा र जनताको अर्थतन्त्र पूरै ध्वस्त बनाउदै लगेको छ । युवाहरु बिदेसिन बाध्य छन् । २० खर्ब भन्दा बढी वैदेशिक ऋण पुगेको छ । यो हिसावले हरेक नेपाली नागरिकको टाउकोमा ५३ हजार भन्दा बढी ऋण थोपरिएको छ । व्यापार घाटा चुलिदै गएको छ । मूल्यवृद्धि आकासिएको छ । युवा शक्ति र प्रतिभा पलायन भएका छन् । राज्यको ढुकुटी खाली हुने प्रकृयामा छ । खर्वौ रुपियाँ सटही गरेर विदेशमा साइफोनिङ गर्ने धन्दा रोकिएको छैन । खर्बौंको कर छली हुने गरेको छ र करछली गरिएको आयआर्जन करछुट भएका सि–सोर बेलायती टापुहरुमा (sea-soar island) बैकहरूमा थुपारिएको खुलासा हुने गरेकोछ । यस्तो डरलाग्दो भ्रष्टाचारमा देश डुबेको छ । केन्द्रदेखि स्थानीय तहसम्म भ्रष्टचार व्याप्त छ । धनी र गरिबबीचको खाडल दिन प्रतिदिन बढिरहेको छ । नवउदारवादी बजार अर्थतन्त्रले खडा गरेको उत्पादन सम्बन्धले सर्वसाधरण आमजनता बीचमा तीव्र अन्तरविरोध चुलिदै गएकोछ । यसरी नीतिगतरुपमा संरचनागत र संस्थागत परिवर्तन अर्थात आमूूल रुपान्तरण नगरिँदा देश असफल राष्ट्र हुदै छ । तर नीति निर्माताहरु र शासकहरुमा समस्याको समधान गर्ने क्षमता र मौका गुुमाइसकेको छ ।
सामाजिक क्षेत्रको संकट
राजनैतिक र आर्थिक क्षेत्रको नकारात्मक प्रभाव सामाजिक क्षेत्रमा चर्को रुपले परिरहेको छ । सामाजिक मेलमिलाप, सद्भाव, मूल्य र मान्यताहरु भताभुङ्ग भएका छन् । नागरिकहरूका आधारभूत आवश्यकताहरु र मौलिक अधिकार पुरा नहुदा अनेकौ प्रकारका विकृतिहरु आएका छन् । लागुऔषधको दुर्व्यसनी, मानवतस्करी, चोरी, डकैती, हिंसा, आत्महत्या, जातीय विभेद, छाडा अश्लिलता, यौनधन्दा र वेश्यावृति आदि वृद्धि हुँदै गएका छन् । युवाहरूको सिर्जनशीलता र देशभक्ति माथि ठूलो आक्रमण भइरहेको छ । विदेशीको दलाली र चाकरीमा झुम्ने रमाउने अत्यन्तै निच प्रवृत्ति हावी भइरहेको छ ।
सांस्कृतिक क्षेत्रको संकट
अत्यधिक चल पुँजीको प्रभाव, एनजिओहरुको चलखेल र उपभोक्तावादी संस्कृतिले छाडा तथा अश्लील प्रकारको संस्कृति वृद्धि भइरहेको छ । देशमै केही गर्नसक्ने आत्मविश्वासको कमी हुँदै गएको छ । श्रमको संस्कृति ध्वस्त बनाउँदै लगिएको छ भने मध्यम बर्गमा कर्म नगरी पैसा कमाउने लालची बृद्धि भएकोछ । वैदेशिक पलायनता अत्यधिक बढेको छ । नैतिक आचरणमा अत्यधिक गिरावट आएको छ । सभ्य समाजको मूल्य र मान्यताहरु भत्किएका छन् । उन्नत संस्कृतिमा प्रहार भइरहेको छ । आशा, विश्वास, शक्ति र आत्माविश्वासमा भइरहेको ह्लासले गर्दा रचनात्मक एवं सिर्जनशील संस्कृति अघि बढ्न सकेको छैन । देशलाई माया गर्ने, अध्ययन गर्ने, ज्ञान बृद्धि गर्ने, खराब कुराको प्रतिवाद गर्ने र संघर्षमा अघि बढ्ने जस्ता मूल्यहरु गिर्दै गएको छ । नेपाली हुनुमा गौरव गर्ने संस्कृतिमाथि प्रश्नहरु खडा गराउँदै लगिएको छ । अग्रगामी परिवर्तन र देशप्रतिको समर्पण, एकता, सहमति, सम्मान जस्ता संस्कृतिक मूल्य मान्यताहरुलाई जनताको आस्थासँग अविलम्ब जोड्न जरुरी छ र त्यसमा कडा परिश्रम गर्नुपर्ने भएको छ ।
मान्छेमा हुने असीमित शक्तिलाई दबाउने दलाल संस्कृति हाबी हुँदै गएको छ । यसमा राजनीतिक शक्ति, नेता र बुद्धिजीवीहरुले नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । के राम्रो हो, के सत्य हो, के झुट, के खराब हो, के घिनलाग्दो हो, के लाई प्रशंसा गर्ने, के कुरामा उत्साहित हुने, के कुराको विरोध गर्नुपर्छ, र नवप्रवर्तन र आविष्कारमा कसरी अघि बढ्नुपर्छ भन्ने बिषय पाठ्यक्रमका अंश बनाइनु आवश्यक भएको छ । । बालबालिका र युवाहरूमा कसरी राम्रो आचरणमा अघि बढाउने भनेर हामीले शहर र गाउँमा दैनिक जीवनका मापदण्डहरु प्रयोग गर्न जरुरी छ । विभिन्न उत्सव, समारोहहरुमा जनताका संस्कृतिहरू निरन्तर अघि बढाउनुपर्ने दायित्व आएको छ ।
बौद्धिक क्षेत्रको अवस्था
देशको महान रूपान्तरणको अभियानमा बौद्धिक क्षेत्रको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ । विभिन्न परिवर्तनका आन्दोलनहरुमा नेतृत्वदायी भूमिका खेल्दै आएका पनि हुन । तर नवउदारवादी संस्कृतिको भरमार बाढीपछि अधिकांश नेपाली बुद्धिजीवीहरु जसरी पनि कमाउने, छिटो कमाउने कुरा संस्कारका रुपमा हुर्कदै गएको देखिन्छ । अध्ययन र खोज तथा अनुसन्धान बेगर परियोजना पस्कने, तथ्य र तथ्याङ्कलाई आधार नबनाई हचुवाका भरमा योजना निर्माण गर्ने, केही प्रलोभनमा परेर बहुराष्ट्रिय निगमहरुको पक्षमा वकालत गर्ने जस्ता गलत प्रबृतिहरु उनीहरुमा पनि मौलाएको देखिन्छ । यस्ले गर्दा हाम्रा अधिकांश विश्वविद्यालय तथा शिक्षालयहरु संकटग्रस्त बनेकाछन् । बौद्धिक क्षेत्रमा पनि परिमार्जन आवश्यक छ । सही मानिसलाई सही ठाउमा प्रोत्साहित गर्ने संस्थागत परिपाटीको आवश्यकता देखिएकोछ ।
संकटलाई बुझ्ने दृष्टिकोणहरु
अहिलेको चौतर्फी संकटलाई बुझ्ने तीनवटा दृष्टिकोणहरु को बीचमा सार्वजनिकरु पमा बहसहरु भएको छ ।
पहिलो, कम्यूनिष्ट दृष्टिकोण दोस्रो, पुँजीवादी संसदवादी दृष्टिकोण तेस्रो, राजतन्त्रवादी दृष्टिकोण आदि ।
१) कम्युनिष्ट दृष्टिकोण
कम्युनिष्ट दृष्टिकोणले आजको संकटलाई दलाल पुँजीवादी अर्थराजनीतिक सम्बन्धका कारणले आएको ठान्दछ । नेपाल कम्युनिष्ट पार्टीको दृष्टिकोण अनुसार वैदेशिक हस्तक्षेप एवं अतिक्रमणको अन्त्य र दलाल पुँजीवादी सत्ताको आमूल रुपान्तरणले मात्र उपरोक्त संकटको समाधान हुने निष्कर्ष रहेको छ ।
नेपालमा तीन प्रकारको कम्युनिष्ट धारहहरू रहेको छ ।
मोहन बैद्य किरणले नेतृत्व गर्नुभएको क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको हो मूलतः अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति लाई बुझ्ने र सही निष्कर्ष बनाउने कुरामा नै पछि परेको छ । विकसित विश्व परिस्थितिलाई वस्तुगत ढङ्गले विश्लेषण गर्न र नेपालमा विकसित सामाजिक, आर्थिक र राजनीतिक अन्तरविरोधहरूलाई पहिचान गर्न चुकेको छ । उहाँहरुसँग भएको यान्त्रिकता र जडताले प्रधान अन्तरविरोध एवं प्रधान संघर्षको मोर्चामा अवस्तुवादी अन्तहरु रहेका छन् ।
दोस्रो, नामको कम्युनिष्ट पार्टी तर व्यवहारमा पुँजीवादी र रणनीतिमा संसदवादी धार छ । सरकार र सत्तामा पुग्नको निम्ति जे पनि गर्न तयार र आतुर पार्टीहरू भनेका एमाले र माकेहरु हुन् । ती पार्टीहरुको आर्थिक लोभ, व्यक्तिवादी चरम् महत्वकांक्षा र कुण्ठाले ग्रसित छन् । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर अनेकौं गठबन्धन गर्दै आएका छन् । तिनको दृष्टिकोणमा अहिलेको संकटको समाधान सत्ता र व्यवस्थालाई बदल्ने भन्दा पात्र, गुट, पार्टीलाई सरकारमा अदल(बदल गर्ने मै केन्द्रित छ । संसदीय व्यवस्थामा कार्यकारी राष्ट्रपति प्रणाली हुँदै समाजवाद सम्म जानुपर्ने तर्क गरे तापनि व्यवहारमा पद र कुर्सी भन्दा बाहिर निस्किन सकेका छैनन् । वैदेशिक हस्तक्षेपको प्रतिवाद र सामना गर्नुको सट्टा तिनकै चाकरी गरिरहेका छन् । तिनकै सामु प्रदर्शन गरेका छन् । यो दृष्टिकोण र व्यवहारले पनि समस्याको समाधान गर्न सक्दैन । किनभने झण्डै दुईतिहाइ नजिकको सरकार बने तापनि विदेशपरस्त नीति र व्यवहारका कारण परिणाम आउन सकेन । समस्या र संकट झन् बढ्दै गयो ।
तेस्रो धार भनेको नेपाल कम्युनिष्ट पार्टीको दृष्टिकोण हो । जसले एक्काइसौं शताब्दीमा विकसित भएको विश्व परिस्थिति र नेपाली समाजको वस्तुगत विश्लेषणका आधारमा संश्लेषित गरेको एकीकृत जनक्रान्तिको प्रयोग गरिरहेको छ । यो वैज्ञानिक अनुसन्धान र प्रयोगको धार हो । यो नै नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको सबलता, वर्गसंघर्ष, मारे मार मालेमाको रक्षा र प्रयोगको नयाँ उच्चता र केन्द्रीकरण हो ।
२) पुँजीवादी संसदवादी दृष्टिकोण
यो दृष्टिकोणमा मुख्यतः नेपाली कांग्रेस लगायतका अन्य दलहरु छन् । जसले अहिलेको सङ्कटलाई अत्यन्तै पूर्वाग्रही ढंगले विश्लेषण गर्नै गर्दछन् । साम्राज्यवाद परस्त यो धारले संकटको प्रमुख कारण भनेको व्यक्ति, प्रवृत्ति एवं सरकारलाई ठान्दछन् । देश हरेक दिन ओरालो लागिरहेको छ । संकट बढिरहेको छ । राष्ट्रिय अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भइरहेको बेलामा जनतामा अत्यन्तै नकारात्मक भ्रम उत्पन्न गराउने भ्रमपूर्ण प्रचार गर्दैछन् । यो मनोगतबादी दृष्टिकोण हो । जसले समस्याको सही पहिचान र समाधान दिंदैन । यो प्रवृत्ति अहिलेको सङ्कटलाई सत्ता र संसदीय व्यवस्थाको असफलता मान्न तयार छैन । तर व्यवहार र परिणामले प्रमाणित गरिसक्यो । जसलाई आमूल रुपान्तरण गर्न तयार देखिँदैन । यो यथास्थितिवादी दृष्टिकोण हो । पुँजीवादीहरूको र दलालहरूको शोषण र उत्पीडनलाई निरन्तरता दिने दृष्टिकोण हो । यसले संकटको समाधान गर्न सक्दैन । सत्ता रसस्वादनमा चुर्लुम्म डुबेको कारणले यसले केवल सरकारको दक्षता, व्यक्तिको नैतिक योग्यता, क्षमताको अभावका कारणले यस्तो समस्या आएको प्रचार गर्दछ । आजको समस्या भविष्यमा सम्बोधन हुँदै जाने भनेर टालटुले तर्कहरू गर्दछन् । केवल चुनावको चक्रपथ मार्फत दलाल संसदीय व्यवस्थालाई टिकाउन चाहन्छ । राजनीतिक प्रणाली र व्यवस्थाहरुमा पात्र विशेषको क्षमता र नैतिकता तथा इमान्दारिताले धेरै अर्थ राख्दछ तर मुख्य समस्या भनेको राजनैतिक प्रणालीको हुन्छ । जुन अहिले जनविरोधी राजनैतिक प्रणाली छ यसलाई नबदली जनअपेक्षा र परिवर्तनको सपना साकार हुन सक्दैन । राष्ट्रिय स्वाधिनता प्राप्त र रक्षा गर्न सक्दैन । विनाशकारी दलाल पुँजीवादी उत्पादन सम्बन्धलाई यसले भत्काउन चाहँदैन । यसले भन्ने गरेको निकास भनेको व्यक्ति, प्रवृत्ति फेरेर चुनाव देखि चुनाबसम्म मात्रै पुर्याउने हो । यसले पनि प्रस्ट पार्दछ कि यो दृष्टिकोण भनेको जनविरोधी दृष्टिकोण हो । अहिले फेरी अर्को नयाँ पार्टी थपिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी । जसको विचार छैन, सिद्धान्त छैन, कार्यक्रम छैन । पथभ्रष्ट संस्कृति र काण्डमा मुछिएकाहरूले समाजको अगुवाई गर्न सक्दैनन् । मात्र विदेशी उद्देश्य पूरा गर्न खडा गरिएका छन् । त्यसैले यिनीहरुबाट देश बन्ने आशा गर्नु भनेको हवाई कल्पना मात्रै हो ।
अन्य कतिपय साना तथा क्षेत्रीय पार्टीहरुले पनि केही प्रगतिशील मुद्दाहरुमा छलफल र बहस गरे तापनि त्यसले समग्र संकटको समाधान गर्न सक्दैन यद्यपि ती सोचाईहरु सकारात्मक छन् ।
३) राजतन्त्रवादी दृष्टिकोण
यो दृष्टिकोणले अहिलेको व्यवस्थाको असफलता र संकटलाई सम्म स्वीकार त गरेको छ तर संकटको कारण भनेको राजतन्त्रलाई अन्त्य गर्नु ठान्दछ । देशमा व्यापक अस्थिरता, अराजकता, गरिबी, बेरोजगारी, मूल्यवृद्धि आदि समस्याहरु यदि राजा भइदिएको भए हुँदैनथ्यो भन्ने प्रचार गरेको छ । जुन अत्यन्तै भ्रामक कुरा हो । यो दृष्टिकोण र धारले बर्तमान देशको संकटलाई समाधान गर्नेभन्दा पनि विगतमा सत्तामा मोज गरेको स्वर्गलाई फर्काउन चाहने सपना देख्नु मात्रै रहेको छ । यसले भन्ने गरेको निकास भनेको राजतन्त्रसहितको संसदवाद हो । यो दृष्टिकोण भनेको पश्चगामी दृष्टिकोण हो । अहिलेको संकटको निकास भनेको अग्रगामी दृष्टिकोणबाट मात्र सम्भव छ ।
संकटको निकास के हो ?
निःसन्देह रूपमा भन्ने हो भने अहिलेको संकटको वस्तुवादी, अग्रगामी एवम् प्रगतिशील सबै क्रान्तिकारी निकास भनेकै वैज्ञानिक समाजवाद हो । जसले अहिलेको दलाल पुँजीवादी संकटलाई समाधान गर्दछ । दलाल पुँजीवादी संसदीय व्यवस्थालाई आमूल रुपान्तरण गर्दछ । यसका प्रशस्त तथ्य, कारण र आधारहरू छन् ।
पहिलो, यो वैज्ञानिक दृष्टिकोण हो । हरेक प्राकृतिक वस्तुको जन्म र मृत्यु अनिवार्य हुन्छ । त्यसैगरी राजनैतिक प्रणालीहरु पनि यसको उदयसँगै मृत्यु हुन्छ । बाह्य कारणले भन्दा पनि त्यो वस्तु भित्रको पैदा हुने अन्तरविरोध र संघर्ष कारणले जन्मिने र मर्ने हुन्छ । पुरानोको विघटन हुन्छ र नयाँको उदय हुन्छ । आदिम साम्यवादी युग, ढुङ्गे युग, कृषि युग, दास युग, सामन्ती युग हुँदै पुँजीवादी युगमा समाज विकास भएको हो । सन्सार परिवर्तनशील छ । ऐतिहासिक भौतिकवादी दृष्टिकोणको आधारमा हेर्दा पुँजीवाद पनि एउटा युगको अस्थायी घटना हो यो अनन्त छैन । समाज विकासको वैज्ञानिक कोणबाट हेर्दा पुँजीवादको पनि अन्त्य हुन्छ । वैज्ञानिक समाजवादको जन्म अनिवार्य हुन्छ ।
दोस्रो, दलाल पूँजीवादी सत्ता संकटमा पुग्नु भनेको दलाल पुँजीवादी संसदीय ब्यबस्था भित्रै गम्भीर प्रकृतिका अन्तरविरोधहरू वृद्धि भएको हुनु हो । यसले अनिवार्य रुपमा यसलाई रुपान्तरण गर्छ । जसरी संसदीय व्यवस्थाले जनताप्रति शोषण, उत्पीडन, दमन गरेर केही मुठ्ठीभर दलालहरुले मात्र राज्यको स्रोत र साधनमाथि लुट मच्चाएर स्वर्ग आनन्द लिइरहेका छन् । बहुसंख्यक जनतालाई नर्क तिर धकेलिरहेका छन् । त्यसकारण बहुसंख्यक जनता यो सत्ता र व्यवस्थाको विरुद्धमा संघर्ष गरिरहेका छन् र एकदिन उसले बिजय प्राप्त गर्दछ, गर्नेछ ।
तेस्रो, भनेको वैज्ञानिक समाजवादले पुरानो राज्यसत्तालाई मुठ्ठीभर दलाल र शोषकहरूको हातबाट आम श्रमजीव वर्ग, देशभक्त एवम् प्रगतिशील बौद्धिक वर्ग र उत्पीडित क्रान्तिकारी शक्तिहरूको नेतृत्वमा पुर्याउँदछ । मजदुर, किसान, महिला, उत्पीडित वर्ग, क्षेत्र, जाति, श्रमिक समुदाय, देशभक्त, प्रगतिशील विज्ञ, बौद्धिक वर्ग, प्रगतिशील उद्यमी व्यावसायीहरूको समानुपातिक सहभागिता र नेतृत्व रहन्छ ।
चौथो, सबैखाले वैदेशिक हस्तक्षेप चलखेल र अतिक्रमणको अन्त्य गरेर स्वाधीन मुलुक स्थापना गर्नुपर्छ । कुनै पनि देश पुर्ण स्वाधीन नभएसम्म त्यसले प्रगति गर्न सक्दैन । त्यसकारण पूर्ण सार्वभौमसत्ताको रक्षा, राजनैतिक स्वतन्त्रताको पूर्ण प्रयोग, सम्पूर्ण विभेद, भ्रष्टाचार, मिटरव्याजीहरुको शोषण, दलालीकरणको पूर्ण अन्त्य र सुशासनको स्थापना हुन्छ ।
पाँचौं, सबैभन्दा जल्दोबल्दो समस्याका रुपमा रहेको भूमण्डलीकृत पुँजीवादी एकाधिकार र नवउदारवादी आर्थिक ढाँचाको अन्त्य गर्नैपर्छ । दलालहरूको लुटतन्त्र र सार्वजनिक सम्पत्ति दोहनलाई अन्त्य गर्नै पर्छ । अनि मात्र एकीकृत स्वामित्वमा आधारित उत्पादनमुखी राष्ट्रिय अर्थतन्त्रको निर्माण र विकास हुन्छ । जसले आत्मनिर्भर आर्थिक प्रणालीलाई व्यवस्थित गर्नको साथै आर्थिक सामाजिक न्यायसहितको पूर्वाधार विकास र समृद्धिको यात्रा अघि बढाउँछ ।
राज्यले नागरिकहरूको आधारभूत आवश्यकताको ग्यारेण्टी गर्दछ । वैज्ञानिक शिक्षा र सहज स्वास्थ्यको पहुँच सबैलाई ग्यारेन्टी गर्नुपर्छ
छैठौं, लोकतन्त्रको वास्तविक अर्थ र प्रयोग भनेको जनतालाई सर्वशक्तिमान बनाउनु हो । जनता इतिहासकार र रचनाकार हुन् उनीहरु सच्चा नायक हुन् सम्पूर्ण शक्तिका स्रोत हुन् । राज्यसत्तामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको एकीकृत प्रणाली स्थापना गर्दा त्यसमा जनताको प्रत्यक्ष निगरानी र नियन्त्रण हुनुपर्दछ । सकेसम्म सबैतिरको कार्यकारी प्रमुखमा जनताको प्रत्यक्ष मत प्रयोग हुने व्यवस्था गर्नु पर्दछ ।
सातौं, पुँजीवादी उपभोक्तावादवादी छाडा संस्कृतिहरुलाई अन्त्य गर्नुपर्छ लामो समयदेखि श्रमिक समुदायमाथि भइरहेको दमन र विभेद, महिलामाथिका हिंसाहरू अन्त्य गर्नुपर्छ । यो पृथ्वीमा सबै मानव जातिको समान अधिकार हुन्छ । क्षमता फरक(फरक हुन सक्दछ तर स्वतन्त्रता र विशेषतालाई सम्मान गर्नै पर्दछ । विभिन्न जनसंघर्ष र क्रान्तिमा जनताको त्याग, बलिदान र किर्तीमानीद्वारा स्थापित प्रगतिशील संस्कृतिहरु, नेपाली मौलिक सभ्यताका प्रगतिशील संस्कृतिहरुलाई संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । एकता, सद्भाव, सहिष्णुता, मेलमिलाप र रुपान्तरणमा आधारित सामाजिक मान्यतालाई प्रवर्द्धन गर्नुपर्छ ।
आठौं, एक्काइसौँ शताब्दीको बहुुध्रुुवीय विश्वका विशेषतामा प्रतिकूलताहरु बोच नयाँ प्रचुर अनुकूलताहरु देखा परेका छन् । निश्चित रुपमा ती अनुकूलतालाई राष्ट्रिय स्वाधीनता, परिवर्तन र क्रान्तिको हितमा प्रयोग गर्न सक्नुपर्दछ । देशभित्र पुरानो राज्यसत्ता लगातार कमजोर बन्दै गएको छ । निराशा र प्रश्नहरू छन् तर जनताले धेरै कुरा बुझिसकेका छन् । थुप्रै विशेषताहरुले राष्ट्रिय रुपमै नयाँ सम्भावनाहरु देखापरेको छ ।
नवौं, महान परिवर्तनलाई सुनिश्चित गर्ने आत्मगत पक्ष अत्यन्त सुदृढ र परिपक्क बन्दै गएको छ । देशभक्त राष्ट्रबादी एवं अदम्य साहस भएको दूरदर्शी नेताको आवश्यक पर्दछ । महान आदर्श र उच्च गुणहरुयुक्त नेतृत्वले मात्र युगिन अभिभारलाई पुरा गर्न सक्छ । सिंगो देशलाई एकताबद्ध गरेर परिवर्तनको मार्गमा डोर्याउन सक्छ । त्यसको निम्ति सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले परिपक्क नेता पाएको छ । त्याग, तपस्या, बलिदान, संकल्प, समर्पण र भिष्म प्रतिज्ञा गरेको नेपाल कम्युनिस्ट पार्टी छ । क्रान्तिकारीहरूको पङ्क्ति तयार छ । आम न्यायप्रेमी देशभक्त नेपालीहरूको साथ समर्थन र सहयोग रहेको छ ।
उपरोक्त सबै सम्भावना र विशेषताहरु नेपाली जनताका चाहनाहरु हुन् । आकांक्षाहरु हुन् र यो सुन्दर सपना पनि हो । यो सबै जनताको परिवर्तन र समाजवादको चाहना हो । जनसंघर्षका क्रममा नेपाली जनताले सशस्त्र विद्रोह, जनयुद्ध, एकीकृत जनक्रान्ति अथवा निर्वाचनमा समेत परिवर्तन र समाजवाद चाहेका हुन् । जनताको यही आकांक्षालाई भ्रममा पार्न भएपनि नेपालका सबै राजनीतिक दलहरूले समाजवादलाई आफ्नो कार्यक्रम बनाएको घोषणा गरेका छन् । कतिपयले पार्टीको नामै समाजवादी राखेका छन् भने कतिपयले विभिन्न फुर्का थपेर समाजवाद प्रचार गरेका छन् । तर जनतालाई धोका भएको कुरा बुझेका छन् थाहा पाइसकेका छन् । यो दलाल पुँजीवादी संसदीय व्यवस्था पार्टी र नेताहरुप्रति मोहभङ्ग भइसकेको छ ।
संकटको समाधान पात्र, प्रवृत्ति र सरकारहरु बदलेर मात्रै हुँदैन । चुनावदेखि चुनावसम्म ४४ वर्ष बित्यो जनतामा रहेको विभिन्न भ्रमहरु अब बाँकी छैन । बुझ्न बाँकी पनि छैन । सबैले भन्ने गरेका छन् अब यो तरिका र पद्धतिले देश चल्दैन र बन्दैन । देशले विकल्पको मागिरहेको छ । संकटको समाधान निर्विकल्प वैज्ञानिक समाजवाद हो । यसलाई कसरी स्थापना गर्न सकिन्छ भन्ने प्रश्न शीर्ष स्थानमा छ ।
अबको बाटो
देशको चौतर्फी संकटलाई परिवर्तन र रुपान्तरण बदल्ने दुईवटा मार्ग छन् । एउटा जनताको सशस्त्र विद्रोह
दोस्रो शान्तिपूर्ण जनमतको प्रयोग ।
यो कुरा सहि स्पष्ट छ कि संसारभर कुनैपनि युगबाट अर्को युगमा प्रवेश गर्दा अथवा कुनै देशमा प्रयोग भइरहेको व्यवस्था बदलेर नयाँ व्यवस्था स्थापना गर्दा अनिवार्य रुपमा हिंसा प्रयोग भएको छ । सामन्तवाद सँग भिडन्त गर्दा पुँजीवादले अन्तिममा हिंसा मच्चाएर वा बल प्रयोग गरेर मात्रै पुँजीवाद आएको हो । पुँजीवाद, दलाल पुँजीवादका विरुद्धमा वैज्ञानिक समाजवाद स्थापना गर्दा पनि यो नियम लागु हुन्छ । समाजमा वर्ग शोषण, उत्पीडन, दमन कायम रहँदासम्म शान्ति सम्भव हुनसक्दैन । तर कहिलेकाहीँ देशको विशिष्ट राजनीतिक परिस्थितिका बेला संकटबाट नयाँ निकास मागिरहेको बेला, सबै क्षेत्र, र तह र तप्काका जनताले अग्रगामी निकासका निम्ति सहमत भएको बेला शान्तिपूर्ण रुपान्तरणको बाटोलाई प्रयोग गर्न सकिन्छ । बाह्य तथा आन्तरिक विशिष्ट परिस्थितिको बेलामा यसको सम्भावना हुनेगर्दछ । यो भनेको देशैभरि परिवर्तन र अग्रगामी शक्तिहरूको विशाल एकतामा आधारित राष्ट्रिय शक्ति निर्माण र त्यसको संघर्ष र दबाबले सम्भव बनाउने कुरा हो । राजनैतिक जनमतसंग्रहको राजनीतिक कार्यनीति भनेको सिंगै देशको व्यवस्थालाई बदल्ने मुद्दा र विचारमा सबै जनताको सहमति लिन र उनीहरुलाई संलग्न गराउन को निम्ति प्रयोग गर्ने हो । यसका सकारात्मक परिणामहरू पनि छन् र यसको नकारात्मकतालाई नियन्त्रण गर्न विभिन्न विधिहरुको प्रयोग गर्न सकिन्छ तर राजनीतिक संघर्षमा लोकतन्त्रको सबैभन्दा उच्चतम प्रयोग भनेको जनतालाई आफ्नो व्यवस्था आफै चुन्न दिनु वा छान्न पाउनु हो । त्यो बाटो प्रयोग गर्ने अनुकुल स्थिति रहँदासम्म शान्तिपूर्ण ढङ्गबाट नै त्यो पहल अघि बढ्न सक्छ । सच्चा कम्युनिष्ट शक्ति, प्रगतिशील लोकतन्त्रबादी, देशभत्तm राष्ट्रबादी र प्रगतिशील बुद्धिजीवीहरु सबै एक ठाउँमा आएर अघि बढ्ने सम्भावना छ । आफ्नो लक्ष्य नछोडीकन अनुसन्धानबाट नयाँ कुरा जन्माउने हो, परिणामको निम्ति त्यसलाई प्रयोग गर्ने हो । परिवर्तन चाहने सबै अग्रगमनका पक्षधरले १ प्रतिशत सम्भावनालाई पनि छोड्नुहुँदैन । यदि यो बाटो रोकियो भने, जनमतद्वारा राज्यको रुपान्तरणको बाटो अवरुद्ध भयो भने त्यसपछि रहर होइन बाध्यतापूर्वक जनआन्दोलन, बलप्रयोग वा जनविद्रोहको आवश्यकतालाई कसैले पनि रोक्न सक्ने छैन । एकीकृत जनक्रान्ति शान्तिपूर्ण जनमतको उद्देश्यलाई पूरा गर्न लागू हुन्छ । यो संकटले निकास खोजिरहेको छ । संकटको अग्रगामी निकास वैज्ञानिक समाजवाद हो । अब परिवर्तनको प्रवाहलाई कसैलेपनि रोकेर रोकिने छैन ।
२०८० वैशाख २३ गते ।
प्रस्तोता
विकल्प सी ईन्चार्ज
नेपाल कम्युुनिस्ट, पुुर्वी ताम्सालिङ्ग व्युरो
काठमाण्डौं विश्वविद्यालय, धूलिखेल, काभ्रे ।