८ बैशाख २०८१, शनिबार

मार्क्सवाद र सामाजिक न्यायलाई सँगसँगै लैजान जरुरी छ: डा.शरद वन्त

0

काभ्रे – जनस्वास्थ्यविद डाक्टर शरदराज वन्तले मार्क्सवादसँगै सामाजिक न्याय र समानतालाई एकैसाथ लैजान सके मात्र समाजवाद आउने बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ ब्युरोद्वारा काभ्रेको धुलीखेलस्थित काठमाडौ युनिभर्सिटीमा आयोजित ‘दलाल पुँजीवादी संसदिय ब्यबस्थाको असफलता, राष्ट्रिय सङ्कट, अग्रगामी निकास – वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मार्क्सवादसँगै सामाजिक न्याय र समानतालाई एकैसाथ लान सके नेपालमा समाजवाद ल्याउन सकिने बताएका हुन् ।

अब यो विषय अस्पतालमा मात्र उठाएर नहुने भन्दै वन्तले राजनीतिक रुपमा यसको समाधान खोज्नुपर्ने बताए । उनले विश्वका आधा भन्दा बढी सम्पत्ती र सम्पदाहरु सिमित दलाल पुँजीपतिको कब्जामा गएको भन्दै स्वास्थ्य क्षेत्र पनि त्यसबाट प्रभावित भएको उनको भनाई थियो ।

६० प्रतिशत शैयाहरु निजी क्षेत्रको कब्जामा गएको भन्दै उनाले यी शैयामा उपचारभन्दा पनि बार्गेनिङ भइरहेको उनको भनाई थियो । ‘अबको क्रान्ति रोगका विरुद्धमा होइन । अबको संघर्ष जटिल किसिमका रोगहरुसँगै नभएर दलाल पुँजीवादसँग हुनुपर्छ ।’, उनले भने, ‘हामीले जस्तो सुकै रोगसँग पनि लड्न सक्ने क्षमता विकास गरिसकेका छौं । हाम्रो संघर्ष रोगको बहानामा दलालीकरण गर्नेहरुका विरुद्धमा हुन आवश्यक छ ।’

कोभिडको उदाहारण दिदै वन्तले भने, ‘हामीले राजा महाराजाहरुलाई मार्ने क्षयरोगलाई परास्त पायौं । अहिले भर्खर आएको कोभिडलाई पनि हामीले जितेका छौं । तर समृद्ध भनेका देशहरु पनि यसकै कारण सिथिल भए । लाखौं मानिसले ज्यान गुमाउन पर्यो । समाजवादी देशहरुमा कोभिडको प्रभाव शुन्य भयो । त्यही भएर अवको लडाई दलाल पुँजीवादका विरुद्धमा हुनपर्छ ।’

विश्वको आधा सम्पती सिमित पुँजीपतिको हातमा गएको भन्दै उनीहरुका कारण जनता मुक्त नभएको बताए । ‘पछिलो ५ वर्ष यताको तथ्याङ्क हेर्दा विश्वको सम्पत्ती १० जनाबाट ३० जनाको हातमा पुगेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालको आधा सम्पती १०/१५ जना ढनाड्यले कब्जामा छ ।’, उनले भने, ‘विश्वको उत्पादनले कुल जनसङ्ख्या भन्दा २५ अर्व मानिसलाई खुवाउन पुक्छ तर अझै पनि झण्डै २० प्रतिशत मानिसहरु भोकमरिको चपेटामा छन् । यो सब हुनुमा दलाल पुँजीवादको हात छ । अबको हाम्रो लडाइ त्यस्तो प्रणालीसँगको हो । जसले जनताहरुलाई भोकमरी रोगव्याधी र अभावको चपेटामा राखेको छ।’

अवको क्रान्तिले एकाधिकारको अन्त्य गर्नुपर्ने जरुरी रहेको भन्दै उनले भने, ‘समाजमा विभिन्न मतभेद रहेका छन्, त्यो मतभेद यो परनिर्भर उत्पादन प्रणालीले सिर्जना गरेको हो। यहाँ दलालहरुको एकाधिकार छ । यसले समाजवादमा पनि असर गर्ने देखिन्छ । नेतृत्वले यस विषयमा पनि सोचेर कदम चाल्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।