१४ बैशाख २०८१, शुक्रबार

रेमिटेन्सलाई मात्र ब्यापारघाटा पूर्तिको श्रोत मानिराखे केहि वर्षमै नेपालले ठूलो दुर्गति भोग्छ: हरि पाण्डे 

0

काभ्रे /राष्ट्रिय उद्धमी तथा पूर्वमन्त्री हरि पाण्डेले नेपालले ब्यापार घाटा परिपूर्ति गर्ने श्रोत रेमिटेन्सलाई मात्र मानिराखे केहि वर्षमै ठूलो दुर्दशा भोग्ने बताएका छन्। सनिबार नेकपा पूर्वी ताम्सालिङ ब्युरोद्वारा काभ्रेको धुलिखेलस्थित काठमाडौँ  युनिभर्सिटीको हलमा आयोजित पुँजीवादी संसदीय व्यवस्थाको असफलता,राष्ट्रिय संकट, अग्रगामी निकास र वैज्ञानिक समाजवाद बिषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।
पाण्डेले नेपालमा पर्यटन ब्यवसाय अर्गानिक मेडिसिन, जलविद्युतलाई ब्यबस्थित गरि परिचालन गर्न सके र यो वा त्यो बाहानामा पुजी पलाएन हुनबाट रोक्न सके निर्यातमुखी अर्थ प्रणाली निर्माण गर्न सके देशको समस्या बिस्तारै हल हुँदै जाने बताए।’

पाण्डेले तीन वर्षयता नेपालको ब्यापार घाटा १३ अर्व रहेको र आफ्नो उत्पादनले नपुगेर डेड खर्वको कृषिजन्य बस्तु आयात गरिएको प्रति चिन्ता ब्यक्त गरे।’ ‘उनले भने,’ अहिले यो मुलुकको ब्यापार घाटा अर्बौ अर्व छ। व्यापार घाटा पुर्ति गर्ने माध्याम रेमिटेन्स मात्र बनेको छ। निर्यातमुखी अर्थप्रणाली छैन।’ खाडीबाट भित्रिने रेमिटेन्सको मात्र भर छ। ८० प्रतिशत भन्दा बढी रेमिटेन्सको श्रोत खाडी मुलुक हुन्, त्यहापनी बिस्तारै कामदारको आबस्यकता कम हुँदै गएको छ। त्यसको आयु पनि एकदमै छोटो छ। जव विश्व बजारले इन्धन अर्को वैकल्पिक स्रोतबाट परिपूर्ति गर्न थाल्छ त्यसपछि त्यहाको इन्धन ब्यापार घट्छ। अहिले बन्दै गरेको भौतिक संरचना निर्माण कार्य सम्पन्न हुन्छ। त्यसपछि उनिहरुको आवस्यकता सकिन्छ, अनि बल बैस गुमाएर स्वदेश फर्किन्छन्। त्यतीखेर अशक्त भएर फर्किन्छन्। त्यतिखेर सम्म तिनीहरुको न परिवार हुन्छ न संस्कारी सन्तान हुन्छन् यो बिडम्बना हाम्रो देशको छ।’

उनले वर्तमान राष्ट्रिय संकटतिर संकेत गर्दै भने’, ‘देशमा आत्मानिर्भर अर्थप्रणाली भएन ,भएको जनशक्ति नेपालमा कुनै सम्भावना नदेखेर विदेशीन बाध्य भए, देशमा भएकापनि अल्छी भए। देशमा आर्थिक सङकट भयावह हुँदै गयो यसैको दुश्परिमणा अहिले देशले भोग्नु परिरहेको छ।’


राजनितिक अस्थिरताले हाम्रो राष्ट्र राष्ट्रियता ध्वस्त हुदै गएको छ । यस्तै अबस्था रहिरहने हो भने १०र१२ वर्षमा देश सामाजिक आर्थिक सास्कृतिक रुपमा टाट पल्टिने ठोकुवा समेत गरे। यसको समाधान गर्ने विकल्प सोचिएन भने नेपाल संसारकै असलफ राष्ट्र साबित हुने उनको तर्क थियो।’

यो समस्या त छदै छ तर यसको समाधान र विकल्प पनि छ। महासचिव विप्लवतर्फ इंगित गर्दै ‘पाण्डेले भने,’ एसको समाधान भनेको वैज्ञानिक समाजवाद हो। वैकल्पिक क्रान्तिकारी शक्तिका रुपमा उदाइरहेका पार्टी र सच्चा देश भक्त कम्युनिस्टहरुले इमानदारीताकासाथ नेतृत्व गर्ने हो भने समाधान पनि तपाइँ हमिसङ्गै छ। यो पुरा गर्नका लागि उत्पादनमुखी अर्थप्रणाली, इमान्दार र दुरगामी नेतृत्व चाहिन्छ त्यो हाम्रै अगाडि छ ‘उनले भने।

‘हामिले उत्पादन गरेको बस्तु निर्यात गर्न भने त्यति सहज छैन यसका लागी अबरोधक भारत छ किनभने भारतले नेपालको डाहा गर्छ ,बाहाना गर्छ ,आफ्नो उत्पादन मात्र पठाउन र आफ्नो ब्यापारिक बर्चस्व जमाउन चाहन्छ यस्तो भारतीय दादागिरीलाई पनि तोडेर अगि बढ्नुपर्नेमा उनको जोड रहेको थियो ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।