१३ बैशाख २०८१, बिहीबार

मणिपुरमा एकसातादेखि भड्किएको जातीय हिंसामा ३० को मृत्यु

0

भारतीय राज्य मणिपुरमा भएको जातीय हिंसामा परेर कम्तीमा ३० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।गत साताको सुरुमा राज्यको मुख्य जातीय समुदायलाई अनुसूचित जनजाति (एसटी) वर्गमा समावेश गर्न लागेको कदमको विरोधमा आदिवासी समुदायहरूले निकालेको र्‍यालीपछि हिंसा भड्किएको हो।

आन्दोलनकारीहरूले घर, गाडी, गिर्जाघर र मन्दिरहरूमा हमला गरेका छन्। केही विवरणहरूमा मृत्युको सङ्ख्या ५४ पुगेको बताइएको छ भनेझण्डै १० हजार मानिसहरू विस्थापित भएको बताइएको छ।

कैयौँ जिल्लामा कर्फ्यु लगाइएको छ र इन्टरनेट काटिएको छ।
मुख्यमन्त्री एन. वीरेन सिंहले शनिवार राति राज्यको ‘शान्ति र व्यवस्था’को स्थितिमा सुधार भइरहेको भन्दै उनले भने, “कर्फ्यु आंशिक रूपमा हट्ने जानकारी दिन पाउँदा म खुसी छु।”

शनिवार राति नै मणिपुर सरकारका सुरक्षा अधिकारी कुलदीप सिंहले भने, “अनुच्छेद ३५५ (केन्द्रलाई कानुनी व्यवस्था कायम राख्न आपत्काल लागु गर्न अधिकार दिने व्यवस्था) राज्यमा लागु गरिएको छैन। केही तत्त्वहरूले भ्रम फैलाएका छन्, उनीहरूलाई कारबाही गरिनेछ ।”छिमेकी राज्यहरूले मणिपुरमा रहेका आफ्ना विद्यार्थीहरूलाई त्यहाँबाट बाहिर निकालेका छन्।पूर्वोत्तर राज्य मणिपुर म्यान्मारको सीमा नजिकै पर्छ।

राज्यमा कम्तीमा ५० प्रतिशतको सङ्ख्यामा रहेका मैतेई समुदायका सदस्यहरूले कैयौँ वर्षदेखि अनुसूचित जनजाति (एसटी) कोटीमा समावेश गर्न माग गर्दै आएका थिए।  

भारतमा जागीर, क्याम्पस भर्ना र सरकारका सबै तहमा उक्त वर्गमा पर्ने समुदायका लागि निश्चित कोटा छुट्याइएको छ। विगतदेखि नै ती समुदायलाई समान अवसरबाट वञ्चित गरिएको भन्दै त्यस्तो व्यवस्था गरिएको बताइने गरेको छ।  

नयाँ पहिचानले मैतेईहरूलाई वनको केही भूभागमा पहुँच सुनिश्चित गर्छ। साथै समानुपातिक हिसाबले सरकारी जागिर र शैक्षिक संस्थामा स्थान सुरक्षित गर्नेछ।अन्य आदिवासीहरू भने जङ्गलमा रहेका आफ्ना घरहरूमा नियन्त्रण नहुने भन्दै चिन्तित भएको बीबीसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।